२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कार्यपालिका सदस्य विकको लगानी कृषिमा

२ मंसिर २०७५, आईतवार ०८:११

माधव बेल्वासे | मङ्सिर २, कपिलवस्तु (चन्द्रौटा) | कपिलवस्तुको शिवराज नगरपालिका कार्यपालिका सदस्य नहकुल विकले कृषि क्षेत्रमा लगानी गरेका छन । देशमै केहि गर्ने मोहले लामो समय सम्म वैदेशिक रोजगारी वाट नेपाल आएका विक शिवराज नगरपालिका वडा न २ मा वसेर कृषि पेशा गरिरहेको छन । विक कार्य पालिकाको बैठक बाहेक अन्य समयमा दिन भर जसो आफनै खेतबारीमा व्यस्त भेटिन्छन ।

समृद्ध नेपालका लागि कृषि भन्ने मुल नारालाई आत्मसाथ गर्दै कार्यपालिका सदस्य रहेका भएका वि.क. अहिले ४ विगाहा खेत भाडा लिएर कृषि गर्दै आएका छ । कृषि बाट नै राष्ट समृद्ध बन्न सक्छ भन्ने मुल नारालाई आत्म साथ गर्दै उनले कृषि पेशालाई अगालेका छन । 

 जीवनका केहि बर्ष बैदेशिक रोजगारीमा विताएका उनी २०७४ मा भएको स्थानिय तहको निर्वाचन पछि  कार्यपालिका सदस्यमा निर्वाचित भए । “ कार्यपालिकाको बैठकमा सहभागि पनि हुन्छु जनताको चाहाना अनुसार काम पनि गर्छु र आफ्नै श्रम र मिहिनेतले कृषि पेशा अगालेको छु “ उने भने । 

अर्गानिक कृषि फार्मको नाममा संचालित कृषि फार्ममा अहिले सिजन अनुसार तरकारीहरु लगाइएको छ । ४ विगाहा जग्गामा २ वटा पोखरी पनि छन । जग्गा भाडामा लिएर उनले आफै पोखरी खनाएका हुन । पहिलो बर्ष भएर पोखरीमा पानी अडिन्छ अडिदैन भन्ने जाँच मात्रै गरेको विकले बताए । आफुले भाडामा लिएको जग्गा सबैमा पहिले केराबारी मात्रै भएकोले केराका बोटहरु नष्ट गर्न र खेती योग्य जमिन बनाउन मात्रै लाखौं खर्च भएको उनले सुनाए । 

केरा खेती भएको जग्गा भएकाले माटोमा उत्पादन क्षमता कम भएकोले सोचे जस्तो उत्पादन यस बर्ष हुन सकेको छैन । माटोको उत्पादन वृद्धि गर्न आफैले अर्गानिक कम्पोष्ट मल बनाउन सुरु गरेको  उनले बताए ।  सरकारले कषिमा धेरै लगानी गरेको भए पनि कृषि पेशा गर्न आवश्यक पर्ने आधुनिक औजार भारतबाट मगाउनु पर्ने बाध्यता रहेको उनले सुनाए । 


प्रदेश सरकारले कृषिबाट समृद्धिको अभियान अन्तर्गत कृषि गर्न चहाने तर जग्गा जमिन नभएकाहरुका लागि जग्गा भाडामा लिएर कृषि पेशा गर्नेको जग्गा भाडा तिरिदिने व्यवस्था  गरेको छ । बैदेशिक रोजगारमा भौतारीने युवाहरुलाई कृषि पेशामा आर्कषित गराउन सकिने हो भने देशले कृषिबाट नै समृद्धि पथमा लम्कीने विक ले बताए । 

कृषि उत्पादनले भने जस्तो बजार नपाउदाँ भने किसानहरु मर्कामा पर्ने गरेको गुनासो समेत उनले व्यक्त गरे । गत बर्ष आफ्नो बारी भरी काक्रा फलेको भए पनि उचित मुल्य नपाएर खेतबारीमा नै कुहाउनु परेको तितो अनुभव उनले सुनाए । “भारतिय बजार नजिक भएको र तरकारी जन्य बस्तुहरु भारतबाट नेपाली बजार आयात हुदाँ यहिको कृषि उपजहरुले सहि मुल्य नपाउदाँ  कृषकहरुमा नैराश्यता आउछ, नेपाली उत्पादन भन्दा आधा सस्तोमा भारतीय कृषि उपज बजार आए पछि हाम्रो उत्पादनले बजार पाउँदैन र खेतबारीमा सडाउनु पर्छ ” कार्यपालिका सदस्य विकले भने ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य