२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा नेपालकै पहिलो जैविक रिसोर्ट सञ्चालन गरिदै

२०७५, ४ पुष बुधबार ०९:५६

जमुना गजमेर | पुस ४, विदुर (रासस) | कृषि र पर्यटनको विकास र प्रवद्र्धन गर्ने उद्देश्यले नुवाकोटमा नेपालकै पहिलो एग्रो टुरिजममा आधारित जैविक रिसोर्ट सञ्चालन गरिने भएको छ । नुवाकोटको बेल्कोटगडी नगरपालिका–८ जिलिङको फेदीमा ड्रिम ल्याण्ड रिसोर्ट एण्ड प्राङ्गारिक फार्म हाउस रु २५ करोडको लगानीमा सञ्चालनको तयारी हुन लागेको हो । 

स्थानीय नेपाली परम्परा, संस्कृति, लोप हुन लागेका पुर्खौली वस्तु र पर्यटन प्रवद्र्धमा धार्मिक महत्वको जर्गेना र विकास गर्ने उद्देश्यका साथ यस रिसोर्ट सञ्चानमा ल्याउन लागिएको रिसोर्टका अध्यक्ष विष्णुप्रसाद नेपालले बताउनुभयो । त्यसका लागि पाँच करोडको जग्गा खरीद गर्नुका साथै रु १५ करोडको पूर्वाधार निर्माणमा लगानी गरिने उहाँले बताउनुभयो । 

“पर्यटनलाई लक्षित गरेर हामीले सम्भवतः नेपालमै पहिलो जैविक रिसोर्ट सञ्चालन गर्न लागेका हौँ”, अध्यक्ष नेपालले पर्यटन र मानव स्वास्थ्य तथा मानिसको जीवनशैलीमा यसको महत्व दर्शाउँदै भन्नुभयो, “समयको विकासक्रम सँगसँगै हरेक भान्सा र खाद्य परिकारमा जैविक मिश्रणले मानव स्वास्थ्यमा निम्त्याइरहेको हानिलाई पनि न्यूनीकरण गर्न यो रिसोर्ट एक अध्ययन केन्द्र बन्न सक्छ ।” उहाँका अनुसार यो एग्रो टुरिजम (कृषि पर्यटन) का रुपमा विकास गरिने दीर्घकालीन लक्ष्य रहेको छ । 

यसबाहेक केरुङ नाका जोड्ने सडक मार्गसँगै अवस्थित छ भने धार्मिक महत्वको हिसाबले प्रसिद्ध देवीघाटको जालपा क्षेत्र, मानसरोवर र गोसाइँकुण्ड जाने धार्मिक पर्यटकको रुटमा समेत यो देवीघाटमा बन्ने रिसोर्ट भएकाले धार्मिक पर्यटनको प्रवद्र्धनमा सघाउ पुग्ने उपेक्षा गरिएको छ । हाल निर्माणाधीन मध्यपहाडी लोकमार्गसमेतले यसलाई समेटेको छ । 

यस प्रकृतिको रिसोर्टका लागि पहिलो ठूलो लगानीमा आउन लागेको यस रिसोर्टमा सबै प्रकारको सेवा–सुविधा सम्पन्न रहने उहाँले बताउनुभयो । रिसोर्टमा आउने पाहुनाको लागि खाने परिकारदेखि लिएर हरेक सामान जैविक हुने नेपालले बताउनुभयो । 

अध्यक्ष नेपाल भन्नुहुन्छ, “हाम्रो रिसोर्टको मुख्य विशेषता भनेको पुराना लोप भएका पुर्खाको चिनोलाई रिसोर्टमा राखिनेछ खानेकुरा सबै जैविक नै हुनेछ ।” यसबाहेक यहाँ आएका हरेक पर्यटक तथा पाहुनाले यहाँ पालिएका गाईभैँसीको दूध, कुखुरालगायत रिसोर्टमै उत्पादित तरकारी र फलफूल आफ्नो चाहना र रुचिअनुसार खान पाउनेछन् । “ती सबै विषदीरहित जैविक हुनेछ”, नेपालले भन्नुभयो । 

रिसोर्टलाई चाहिने तरकारी सबै यही फार्म हाउसभित्रै उत्पादन गरिनुका साथै त्रिशूलीको प्रसिद्ध बदाम, मासको दाल, मुरली मकै, भटमास, मौसमअनुसार मकै र कोदोको ढिडो, गहुँको पीठोको रोटी, मस्याङ, जुनेलो, लहरीको दाल, घैयाको चामलको भातलगायतका खानेकुरा समेत राखिएको छ । 

यी सबै जैविक सामानले राख्दा विदेशी पाहुनाले नेपाली पुर्खाको सामान यस्ता राम्रा हुँदा रहेछन् भनेर थाहा पाउनेछन् । नुवाकोटको पहिचान जोगाउने र अर्कोतर्फ लोकल र जैविक खाने कुराले स्वास्थ्यका लागि फाइदा पनि हुने, व्यापार व्यावसायमा पनि राम्रो आम्दानी हुने भएकाले योजनासहित रिसोर्टको काम अघि बढाएको सञ्चालकले बताएका छन् । 

ड्रिम ल्याण्ड रिर्सोड एण्ड जैविक फार्म हाउसमा गाउँघरमा हुने पुराना संस्कृति झल्किने सामान जस्तैः ढिकी, जाँतो, ओखल, खल, हँसिया, करौँती, हलोजुवा, कोदाली, कुट्टोलगायतका मौलिक कृषि औजार तथा सामान हेर्नका लागि राखिने रिसोर्टका सचिव नुरप्रसाद दाहाल बताउनुहुन्छ । 

“अहिलेको पुस्तालाई पुराना परम्परा र संस्कृतिको विषयमा केही थाहा नभएको हुनाले नै यी सामान राख्न लागिएको हो”, मौलिक संस्कृति र गरिमालाई झल्काउने सामग्रीका कारण पनि पर्यटनको प्रवद्र्धनमा मद्दत पुग्ने बताउँदै सचिव दाहालले भन्नुभयो, “नयाँ विशेषतासहितको रिसोर्टले गर्दा विदेशीको मोह यसप्रति बढोस् र स्वदेशीले पनि पुराना पुर्खौली वस्तुको विषयमा जानकार रहिरहुन् भन्ने हाम्रो पहिलो प्राथमिकता पनि हो ।” 

दाहालका अनुसार ४२ रोपनीमा सञ्चालन हुन लागिएको रिसोर्टमा आफ्नै फार्म हाउसभित्रै स्वदेशी तथा विदेशी पर्यटकलाई दूधको लागि गाईहरु पाल्ने योजना छ । स्थानीयस्तरमा उत्पादन हुने दूध, मोही, दही रिर्सोटमा आउने ग्राहकलाई खुवाइने छ । त्रिशूलीको लोकल माछा त्यहीँ रिसोर्टमै पाल्ने, बाख्रा पाल्ने, स्थानीय प्रजातिका कुखुरा पाल्ने योजनासमेत रहेको रिसोर्टले जनाएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला