४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आठ बढी प्रजातिका जडीबुटी सङ्कलन

६ पुष २०७५, शुक्रबार ०७:५४

 पुस ६, बाजुरा  (रासस) |  बाजुराका मार्तडीमा विभिन्न नौ स्थानीय तहमा रहेका सामुदायिक र राष्ट्रिय वनबाट जडीबुटी व्यवसायीले जडीबुटी सङ्कलन गर्न पूर्जी पाएका छन् । 

जडीबुटी सङ्कलनका लागि जिल्लाका हिमाली गाउँपालिका, खप्तड छेडेदह गाउँपालिका, गौमूल गाउँपालिका बूढीनन्दा नगरपालिका, त्रिवेणी नगरपालिका र बडीमालिका नगरपालिकाका वनहरुबाट जडीबुटी सङ्कलन गर्नका लागि ४६ जना जडीबुटी व्यवसायीले अनुमतिपत्र लिएको डिभिजन वन कार्यालय बाजुराले जनाएको छ । 

जिल्लाका हिमाली गाउँपालिकाको साविकको बिच्छ्या र रुगिन, गौमुल गाउँपालिकाको दहकोट, बूढीनन्दाको कोल्टी, पाण्डुसैन, बडीमालिका नगरपालिका र त्रिवेणी नगरपालिकाको केही भागमा विभिन्न आठ बढी प्रजातिका जडीबुटी सङ्कलनका लागि व्यवसायीले सङ्कलन पूर्जी लिएको डिभिजन कार्यालय बाजुराले बताएको छ । 

जिल्लाका सामुदायिक र राष्ट्रिय वनबाट मङ्सिर र पुस महिनामा चिराइतो, पाषणभेद, कटुकी प्रजातिका जडीबुटी सङ्कलन गर्न व्यवसायीहरु कार्य क्षेत्रमा गएको बताइएको छ । 

यसैगरी टिमुर, रिठा, सुगन्धवाल सङ्कलन गर्ने कार्य भइरहेको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भीमप्रसाद कँडेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार जिल्लाका दर्ता भएका ४६ जडीबुटी व्यवसायीले डिभिजन वन कार्यालयबाट जडीबुटी सङ्कलन अनुमति लिएर सामुदायिक वन र राष्ट्रिय वनमा सङ्कलन गर्न थालेको बताउनुभयो । 

पछिल्लो समयमा जिल्लामा पाँचऔँले, जटामसी र सेतक चिनी प्रजातिका जडीबुटी सङ्कलनमा रोक लगाइएको डिभिजन प्रमुख कँडेलको भनाइ छ । यी प्रजातिका जडीबुटी सङ्कलन गरेको पाइएका वन ऐनअनुसार कानूनी कारवाही गरिने डिभिजन प्रमुख कँडेलले राससलाई बताउनुभयो । 

जिल्लामा सङ्कलन गरिने विभिन्न प्रजातिका जडीबुटीबाट हरेक वर्षमा रु आठ लाखदेखि २२ लाखसम्म राजस्व सङ्कलन हुने गरेको बताइएको छ । फरकफरक प्रजातिका जडीबुटीबाट प्रतिकेजी रु १३ देखि रु २५ हजारमा बिक्री हुने गरेको पाइएको छ । 

जडीबुटीको जातका आधारमा बिक्री हँुदै आएको जिल्ला जडीबुटी व्यवसायी सङ्घ बाजुराले जनाएको छ । नौ स्थानीय तहमध्ये गौमुल गाउँपालिकाले पाँच वर्षसम्म कुनै पनि प्रजातिका जडीबुटी सङ्कलन गर्न प्रतिबन्ध गरेको छ । जडीबुटी व्यवसायीले मनोमानीरुपमा निकाल्ने गरेकाले गाउँपालिकाले जडीबुटी सङ्कलनमा रोक लगाएको गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बताउनुभएको छ । 

जिल्लामा विभिन्न मौसममा विभिन्न प्रजातिका जडीबुटी सङ्कलन हुँदा जडीबुटीको बीउसमेत नपाइने अवस्था रहेको पाइएको छ । व्यवसायीले जडीबुटी सङ्कलन गर्दा जडीबुटीको बीउसमेत सङ्कलन गर्न थालेकाले आउँदा वर्षदेखि जडीबुटी पाउन कठिन हुने स्थानीयले बताएका छन् । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा