२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नुवाकोटमा कृषिउपज सङ्कलन केन्द्र स्थापना

१० पुष २०७५, मंगलवार ०५:४६

पुस १०, बेत्रावती | नुवाकोटको शिवपुरी गाउँपालिका–५ शेराबगरमा गाउँपालिकास्तरीय कृषिउपज सङ्कलन केन्द्र सञ्चालनमा आएको छ । 

शिवपुरी गाउँपालिकाको रु ३३ लाख ६२ हजार अनुदान सहयोग, संयुक्त राष्ट्रसङ्घ विकास कार्यक्रम (युएनडिपी)को रु नौ लाख ६८ हजार तथा स्थानीय किसानको रु एक लाख ८६ हजार लगानीमा कृषि सामग्री सङ्कलनका लागी पक्की भवन निर्माण गरिएको हो । भवनको प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङले उद्घाटन गर्नुभयो । “मुलुकलाई समृद्ध बनाउन कृषि क्षेत्रको विकासमा लगानी बढाउनुपर्छ,” उहाँले भन्नुभयो । ‘स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम’मार्फत शिवपुरी गाउँपालिकालाई समावेश गरी कृषि चक्रपथ निर्माणका लागि रु ३० लाख बजेट तर्जुमा गरी कृषिको विकास गर्न आफू सक्रिय भएर लागेको उहाँले बताउनुभयो । 

प्रदेश नं ३ का उपसभामुख राधिका तामाङले नुवाकोटको विकासका लागि कृषि र पर्यटन महत्वपूर्ण भएकाले कृषि पर्यटनमार्फत विकासका लागि सङ्कलन केन्द्रको स्थापनाले सहयोग पुग्ने बताउनुभयो । शिवपुरी गाउँपालिकाका अध्यक्ष रामकृष्ण थापाले सङ्कलन केन्द्रका लागि आवश्यकताअनुसारको अनुदान सहयोग पु¥याएको र अबका दिनमा किसानले उत्पादन गरेका तरकारीलाई खेतबारीदेखि केन्द्रसम्म र केन्द्रदेखि बजारसम्म पु¥याउन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तरकारी जोनमार्फत सवारी साधनको व्यवस्था गर्न लागेको जानकारी दिनुभयो । केन्द्रको स्थापनापछि शिवपुरी गाउँपालिकाका ६६० परिवार लाभान्वित भएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य