२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

जेटिएको जागिर छाडेर कुरिलो खेतीमा

२०७५, २१ पुष शनिबार १२:२५

पुस २१ बेझाड | बगनासकाली गाउँपालिका– ८ बराङ्दी बस्ने लुमकला घिमिरेले कृषि जेटिएको जागिर छाडेर व्यावसायिक कुरिलोखेती गर्दै हुनुहुन्छ । 

कुरिलो खेतीबाट राम्रो आम्दानी हुने भएपछि उहाँ यसतर्फ आकर्षित हुनुभएको हो । “पाँच वर्षसम्म किसान परियोजनामा कृषि जेटिएको रुपमा काम गरे, तलब राम्रै थियो तर जागिर बन्धन जस्तै भयो, अहिले आफैले स्वतन्त्रसँग व्यवसाय गरिरहेको छु” घिमिरेले भन्नुभयो । 

उहाँले किसान परियोजनामा आवद्ध हँुदा मासिक रु ५० हजार बराबर तलब बुझ्नुहुन्थ्यो । विगत पाँच वर्षअघि २५ बोटबाट कुरिलोखेती शुरु गर्नुभएकी घिमिरेले अहिले तीन रोपनी क्षेत्रफलमा आठ सय बोट कुरिलो लगाउनुभएको छ । 

कुरिलोबाट सोचेभन्दा बढी आम्दानी हुन थालेपछि दुई वर्षयता क्षेत्रफल विस्तार गरी व्यावसायिक तबरले खेती गरिरहनुभएको छ । “आफूसँग प्राविधिक ज्ञान सीपका साथै प्रशस्त जग्गा भएकाले जागिर नै गर्नुपर्छ भन्ने छैन, घरपरिवारसँगै बसेर कृषि व्यवसायबाट महीनामा लाखौं कमाउन सकिन्छ” उहाँ भन्नुहुन्छ । 

खेती गर्ने प्रविधिमा राम्रो ज्ञान र अनुभवले पनि उहाँलाई कुरिलो व्यवसाय गर्न सजिलो भएको छ । यसवर्ष कुरिलोबाट पाँच लाख बराबरको आम्दानी हुने उहाँ बताउनुहुन्छ । यहाँ उत्पादित कुरिलो प्रतिकिलो रु ४००मा पाल्पा सदरमुकाम तानसेन र बुटवल बजारमा धमाधम बिक्री भइरहेको छ । 

“कुरिलोको उत्पादन लिने समय नहँुदै पहिले नै माग हुन्छ, बजारमा कुरिलोको अत्यधिक माग छ तर जिल्लामा कुरिलो व्यवसाय गर्ने कृषक नहुँदा पु¥याउनै समस्या भइरहेकोले व्यावसाय बढाउने सोँचमा छु” घिमिरेले भन्नुभयो । 

यस व्यवसायमा उहाँका श्रीमान् जीवराज घिमिरेले पनि साथ दिँदै आउनुभएको छ । घिमिरेले कुरिलो खेतीसँगै मौरिपालन व्यवसाय पनि गरिरहनुभएको छ ।मानिसको स्वास्थ्यका लागि आवश्यक पर्ने दश तत्वमध्ये आठवटा तत्व कुरिलोबाट प्राप्त हुने हँुदा पनि बिक्रीका कुनै समस्या छैन । 

कुरिलो खेतीबाट कम लगानी र मेहनतमा कृषकले धेरै आम्दानी लिन सक्छन् । एक पटक लगाएपछि लामो समयसम्म उत्पादन लिन पाइने हुँदा कुरिलो व्यवसायबाट मनग्य आम्दानी गर्न सकिने कृषि प्राविधिक बताउँछन् । 

घिमिरेको व्यवसाय देखेर अहिले उक्त गााउँपालिकाका दश वटा समूहले पनि कुरिलो खेती शुरु गरेको कृषि शाखा प्रमुख सन्तोष जिसी बताउनुहुन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते