२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रामपुरे किसान उन्नत जाततर्फ आकर्षित

२०७५, ४ फाल्गुन शनिबार ०८:००

फागुन ४, वेझाड | पाल्पा रामपुरका किसान बढी उत्पादन दिने उन्नत जातका बीउविजन र आधुनिक प्रविधि अपनाएर व्यावसायिक कृषितर्फ आकर्षित भएका छन् । परम्परागत बीउविजन र प्रविधिमा आधारित स्थानीय उत्पादनले बजारमा प्रतिस्पद्र्धा गर्न नसक्ने र लागतको तुलनामा बढी उत्पादन नहुने भएकोले किसानहरू कृषि कार्यालयबाट सिफारिश गरिएका उन्नत जातका तरकारी, अन्नबाली र फलफूल खेतीतर्फ आकर्षित हुँदै आएका हुन् । 

रामपुरकी अगुवा किसान सीता देवकोटा किसानलाई व्यावसायिक बन्नका लागि स्थानीय जातका तरकारी, अन्नबाली लगाएर आजको बजारमा प्रतिस्पर्धा गर्न कठिन भएकाले स्थानीय जातको साटो उन्नत बीउविजन र प्रविधितर्फ लाग्नुपरेको बताउनुहुन्छ । 

“मैले स्थानीय र उन्नत दुवै जातका तरकारी खेतीको अनुभव गरेकीे छु, व्यावसायिक हुनका लागि उन्नत जात नै रोज्नुपर्ने बाध्यता छ” उहाँ भन्नुुहुन्छ, “किसानको मेहनत र लगानीका तुलनामा स्थानीय जातको बीउबाट राम्रो उत्पादन लिन कठिन पर्छ ।” 

रामपुर–७ मलेङ्गकीे गीता भट्टराई पनि उन्नत जातकै तरकारी खेतीतर्फ आकर्षित हुनुभएको छ । उहाँको अनुभवमा उन्नत जातका तरकारी लगाएपछि छोटो समयमा धेरै उत्पादन लिन सकिएको र कृषिमै आत्मनिर्भर बन्नका लागि उन्नत जातका तरकारी नै लगाउनुपर्ने हुन्छ । 

“ स्थानीय उत्पादन त घरको गर्जो टार्नकै लागि मात्र सिमित हुनुपर्ने अवस्था छ,” भट्टराई भन्नुहुन्छ । 

रामपुर–६ प्याक्लुककीे उमा भट्टराईले उन्नत जातका तरकारी बाली लगाउन शुरु गरेपछि प्रशस्त आम्दानी हुन थालेको छ । विगतमा स्थानीय जातका बीउ लगाउँदा घरमा खानकै लागि मात्र ठिक्क हुने गरेकामा अहिले उन्नत जातका बिउ लगाउन थालेपछि तरकारी खेतीबाट आम्दानी गरेर आत्मनिर्भर भएको उहाँको भनाइ छ । 

भटृराईले पाँच रोपनी जमीनमा मौसमी तथा बेमौसमी तरकारी लगाउँदै आउनुभएको छ । “स्थानीय जातको तरकारी उत्पादन कम, उन्नत जातको तुलनामा महङ्गो पर्ने, ग्राहकले सस्तो तथा उन्नत जातकै तरकारी बढी मन पराउने गर्छन्” उहाँ भन्नुुहुन्छ । 

स्थानीय भगवती देवकोटाले उन्नत जातको धान लगाएर वर्षमा झण्डै एक लाख बराबरको धान बिक्री गर्दै आउनुभएको छ । “उन्नत जातका धान लगाउन थालेपछि स्थानीयको तुलनामा दोब्बर उत्पादन भएको छ र आम्दानी पनि सोही अनुपातमा बढ्दै गएको छ” उहाँ भन्नुुहुन्छ । 

कृषि ज्ञानकेन्द्रका अर्थविज्ञ ज्ञानकुमार यादवले थोरै जग्गामा तरकारी, अन्नबाली, फलफुल खेती गरेर प्रशस्त आम्दानी लिन पाइने भएकाले अचेल पाल्पामा उन्नत जातका उत्पादनतर्फ किसानको आकर्षण बढेको बताउनुहुन्छ । किसानले ज्ञानकेन्द्रको सिफारिशमा उन्नत जातका बीऊबीजन प्रयोग गर्दै आइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने