२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

नवलपरासीमा कुखुरा वितरण

२०७५, १५ चैत्र शुक्रबार १०:१९

रबिन्द्र यादव | चैत १५, नवलपरासी पश्चिम | आमा र नवजात शिशूको स्वास्थ्यमा सुधार ल्याउनका लागि नवलपरासी पश्चिमको प्रतापपुर गाउँपालिकामा गर्भवती र सुत्केरीलाई बिहीबार कुखुरा वितरण सुरु गरिएको छ । 

गर्भवती तथा स्तनपान गराइरहेका महिला र दुई वर्षभन्दा कम उमेरका बालबालिकाको पोषणमा सुधार ल्याउन कुखुरा वितरण गरिएको पशु शाखा कि प्रमुख चन्द्रमाया फुजाँलले बताइन् । गाउँपालिकाको बहु क्षेत्रिय पोषण योजना अन्तर्गत ४ वडामा कुखुरा वितरण गरिएको शाखाका विजय खनालले बताए । 

अति विपन्न, गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई कुखुरा वितरण अभियान सुरु गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिनु भएको छ । उक्त गाउँपालिकाको वडा नम्बर ३, ४, ५ र ७ मा गर्भवती र सुत्केरी गरी एक सय साठी घरमा कुखुरा वितरण गरेको हो । 

 सुत्केरी, गर्भवती र २ वर्ष मुनिका वालवालिकाको पोषणमा सुधार ल्याउनका लागि अण्डा खुवाउन कुखुराको चल्ला वितरण गरिएको फुजाँलले बताइन । कार्यक्रम अन्तर्गत ६ महिनासम्म बच्चालाई आमाको दूधमात्र खुवाउने ६ महिनापछि अन्न, सागपात, पशुजन्य खानेकुरा र गेडागुडी पनि खुवाउनुपर्ने जस्ता पोषणका बारेमा समेत जानकारी गराइएको छ । 

गर्भवती तथा एक हजार दिनभित्रका सुत्केरी आमालाई प्रतिपरिवार गिरिराज जातको कुखुरा वितरण गरिएको हो । वितरण गरिएका कुखुराले तीन महिनाभित्रमा अण्डा उत्पादन दिने बताइएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते