२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बजार नपाउँदा नेपाली चिनी गोदाममा थन्कियो

२०७६, १९ बैशाख बिहीबार ०३:१९

पुरुषोत्तम सुवेदी | वैशाख १९, नवलपरासी (रासस) | नेपाली चिनीले बजार नपाएपछि पश्चिम नवलपरासीका चिनी उद्योगमा उत्पादनमा भएको करोडाँै मूल्य बराबरको चिनी गोदाममा थन्किएको छ । अघिल्लो वर्ष साल्ट ट्रेडिङले विदेशबाट भित्र्याएको चिनी अझै बजारमा रहेको र नेपाली उद्योगबाट उत्पादित चिनीले विदेशबाट आयात भएको चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी बिक्री नभएको उद्योगको भनाइ छ । 

पश्चिम नवलपरासीको प्रतापपुरमा रहेको इन्दिरा चिनी उद्योगमा अहिले करीब ४२ हजार बोरा (२१ हजार क्विन्टल) चिनी बिक्री नभएर गोदाममा थन्किएको उद्योगका बिक्री शाखा प्रमुख दुर्गाप्रसाद चतुर्वेदी बताउनुहुन्छ ।

अहिलेको अवस्थामा नेपाली चिनी उद्योगले विदेशबाट भित्रिएको चिनीसँग बजार भाउमा प्रतिस्पर्धा गर्न नसक्नु र वर्तमान चिनीको मूल्यअनुसार बिक्री गर्न उद्योग पक्षलाई निकै चुनौती देखिएको उद्योगको तर्क छ । 

वर्तमान मूल्यलाई बढाएर सरकारले चिनीको मुल्य प्रतिकेजी भ्याटसहित रु ७८ कायम गरे मात्र नेपाली उद्योगमा उत्पादित चिनीले बजार पाउनसक्ने अवस्था रहने चतुर्वेदीको भनाइ छ  । हाल चिनीको बजार मूल्य प्रतिकेजी रु ६८ देखि रु ७० रहेको उद्योगले बताएको छ । सरकारले जसरी उखुको मूल्य निर्धारण गरेको छ सोहीअनुसार उद्योगको लागतको आधारमा चिनीको मूल्य निर्धारण गर्नुपर्ने उहाँले बताउनुभयो ।

उखु पूर्ण गुणस्तरीय नहुँदा चिनी उद्योगमा उखुबाट निस्कने चिनीको मात्रा कम हुनु, नेपाली उद्योगमा उत्पादित चिनीको लागत बढी रकम पर्न जाँदा सहजैरुपमा विदेशी चिनीसँग प्रतिस्पर्धा गर्न नसक्दा उत्पादित चिनी अहिले बिक्री नभएर थन्किएको हो । 

यसैगरी पश्चिम नवलपरासीको कुडियास्थित बाग्मती चिनी उद्योगमा पनि अहिले करीब ५२ हजार क्विन्टल तयार गरिएको चिनी बिक्री नभएर थन्किएको अवस्था रहेको उद्योगले जनाएको छ । 

साल्ट ट्रेडिङले अघिल्लो वर्ष विदेशबाट मगाएको चिनी अझै बजारमा बिक्री गरिरहेको छ  । यस्तो अवस्थामा नेपाली उद्योगमा उत्पादन भएको चिनी महँगो पर्न गई हालको अवस्थामा नेपाली चिनीले बजार पाउन नसकेको उद्योगका उखु महाप्रबन्धक गोपाल सापकोटा बताउनुहुन्छ । 

यस उद्योगमा पनि अहिले तयारी अवस्थामा रहेको धेरै चिनी बिक्री भएको छैन । नेपाल सरकारको उखु उत्पादनसम्बन्धी प्रभावकारी योजना नहुँदा उखु किसान र उद्योग दुवै मर्कामा पर्दै आएको उद्योगको तर्क छ । सापकोटाले नेपाललाई चिनीको क्षेत्रमा आत्मनिर्भर बनाउन सक्ने अवस्था रहेको बताउनुभयो । उहाँले यसका लागि सरकारले उखु उत्पादनसम्बन्धी प्रभावकारी नीति ल्याएर किसान र उद्योगलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । 

पश्चिम नवलपरासीमा इन्दिरा, बाग्मती, लुम्बिनी र मोहिनी गरी चार ठूला चिनी उद्योग रहेका छन् । यसमध्ये यस वर्ष इन्दिरा र बाग्मती चिनी उद्योग मात्र अहिलेसम्म सञ्चालनमा रहेका छन् । मोहिनी चिनी उद्योग वर्षौंदेखि सञ्चालन हुनसकेको छैन भने लुम्बिनी चिनी उद्योग पनि यस वर्ष केही समय सञ्चालनमा आएर पुनः बन्द रहेको अवस्था छ । यसअनुसार लुम्बिनी चिनी उद्योगमा पनि केही चिनी उत्पादन भएर थन्किएको बताइएको छ । 

तीस देखि ३५ लाख क्विन्टल उखु उत्पादन हुँदै आएको पश्चिम नवलपरासीमा यस वर्ष करीब १८ देखि २२ लाख क्विन्टल मात्र उखु उत्पादन भएको अनुमान गरिएको छ । ढिलो गरी चिनी उद्योग सञ्चालनमा आएका कारण र जिल्लामा रहेका सबै चिनी उद्योग समयमै सञ्चालनमा नआउँदा किसानको केही उखु क्रसिङ हुन नसक्दा खेतमा रहने निश्चित छ । पश्चिम नवलपरासीमा करीब दश हजार घरपरिवार उखु खेतीमा निर्भर छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा