२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पोल्टी र्फममा अज्ञात रोगले कुखुरा मरे जिल्लामा औषधी अभाव (६ तश्वीर)

२०७६, ३१ बैशाख मंगलवार १०:२८

दान बहादुर बुढा | वैशाख ३१, मुगु | मुगु जिल्लाको एक मात्र नमुनाको रुपमा चल्दै आईरहेको कुखुराको पोल्टी र्फममा अज्ञात रोगले कुखुरा र कुखरराका चल्ला धम्माधम मर्न थालेका छन  भने छायानाथ रारा नगरपालिका पशु शाखा र पशु ज्ञान केन्द्र सम्पर्क कार्यालयमा समेत पशुपन्छी सम्बन्धी औषधी अभाव रहेको छ ।


बिगर्त ३ बर्ष यता साबिकको कर्णाली अञ्चलका नमुना व्यवसायको रुपमा चिनिदै आईरहेका मुगुको एक मात्र रत्नह्रायाचरी र्फममा न्यू हेमसार, अष्टलक, गिरीराज, साकिना स्थानिय लोक्कल जातका गरी ५ सय भन्दा बढी कुखुरा र चल्लाको ब्यावसाय गर्दै आईरहेका थिए | जस मध्य पछिल्लो एक साता यता अज्ञात रोगले २ हप्ते ४० कुखुरा ४ हप्ते ८० वटा र अन्य अमेरका गरी  १ सय ७० कुखुराका चल्ला मरिसकेका छन । अन्य बाकी रहेका कुखुराका चल्ला र मेशिनमा चल्ला उत्पादन गर्न लागी रहेका अण्ड अन्य गरी ५ लाख सम्म क्षेती हुने भएको छ । कुखुराका चल्ला र कुखुराहरु दिन प्रतिदिन २५ देखी ३० सम्म मर्ने गरेका छन । जरो आउने र्याल निकाल्ने, कराउने, खुट्टा बटारने, झोक्राउने, हरीयो छ्रेने लक्षण देखिएका छन् । 


जिल्लामा पशु ज्ञान केन्द्र छायानाथ पशु शाखामा कुनैपनि औषधि नभएको पशु बिज्ञ पशुचिकित्सक समेत नहुदा निकै गारो भएका छ । सरोकारवाला निकाय पशु ज्ञानकेन्द्र, जिल्ला प्रहरी, जिल्ला प्रशासन, नगरपालिका पशु शाखा मौन रहेको हुदा बाहिर जिल्लाबाट अबैध रुपमा बिभिन्न जातका नेपालगंन्ज, सुर्खेत, दाङ, बुटबल भारतबाट मुगु जिल्ला सदरमुकाम र जिल्लाका अन्य बस्तीहरुमा कुखुराका चल्ला र कुखुरा आउने हुँदा तराईमा फैलिएको बिभिन्न रोग समेत आउने भएको हुँदा हिजो-आज अज्ञात रोगले कुखुरा मर्दा ५ लाख सम्म घाटा हुने रत्न ह्रृ्याचरीका प्रोपराईटर रत्नसिंह मल्लले बताएका छन । 


पशु ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुको अनुसार मरेका कुखुराको लक्षेण हेर्दा सिआरडी रोग हुन सक्ने छ तर जिल्लामा रोग पहिचाहन गर्ने प्रयोगसाला नहुदा रोगको एकीन गर्न नसक्ने रोग पहिचाहनकै लागि सुर्खेत प्रयोगसालामा पठाउने तयारी भईसकेको अबैध रुपमा जिल्ला बाहीरबाट आउने कुखुरा र कुखुराका चल्लाहरुलाई रोकथाम गर्नको लागी सरोकारवाला निकाय संग बैठक बसी तत्काल छलफल गर्ने अघि बढ्र्ने पशु ज्ञान केन्द्र सम्पर्क कार्यालय मुगुका पशु चिकित्सक भिमचन्द्र बुढाले बताएका छन । हिजोआज रत्न ह्याचरी पोल्टी फर्मका कुखुरा मर्न थालेपछि पोल्टी फारम खालि हुन लागी रहेका छन भने मुगु जिल्लाका गाँउ-बस्ती बस्तीमा रहेका स्थानिय साकिना जातका कुखुरा समेत मर्न थालेपछी स्थानिय बासिले केहि दिनमै यो रोग स्थानीय सबैतिर फैलन सक्ने भन्दै बिरोध गरेका छन्   । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते