२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असारको मध्य सम्म पानी नपर्दा , धान रोप्न समस्या

१५ असार २०७६, आईतवार ०५:४९

असार १५, बाजुरा | यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर सक्ने गरेका थिए । तर यस वर्ष मौसमले साथ नदिएपछि रोपाइँ गर्न ढिलो भएको कृषक इन्द्रादत्त जोशीले बताउनुभयो ।

बाजुरालगायत देशैभरि जेठ र असारलाई मानो रोपेर मुरी उब्जाउने महीनाका रुपमा लिने गर्दछन् । यतिबेला जिल्लाका जुगाडा, मार्तडी, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रबीस, तोली, कैलाशमाडाँै, कोल्टी पाण्डुसेनलगायतका खेतीयोग्य जमीनमा धान रोप्ने गरेका छन् । कृषकले करीब ५० प्रतिशत स्थानीय जातको धानखेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नतजातको धानखेती गर्ने गरेको कृषि ज्ञानकेन्द्र बाजुराको तथ्याङ्क छ ।

“गत वर्ष जेठको अन्तिम साताबाट रोपाइँ शुरु गर्ने गरेका थियौँ, यस वर्ष सिँचाइ सुविधा नहुँदा असारको पहिलो साताबाट रोपाइँ शुरु गरिएको बडीमालिका नगरपालिका–२ का कृषक प्रभते कार्कीले बताउनुभयो । यता केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुक्खा, खडेरी, त्यसैमा मलको अभाव, उन्नतजातको बीउबीजनको अपर्याप्तताका कारण कृषकले वर्षेनी सोचेजस्तो धान उत्पादन गर्न नसकेका हुन् ।

जिल्लामा सिँचाइ सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कूल धानखेती हुने सात हजार २३० हेक्टरमध्ये दुई हजार १७० हेक्टर अर्थात् ३० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो । पछिल्लो समयमा केन्द्र र स्थानीय तहका कृषि शाखाले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकलाई उन्नतजातको बीउ वितरण, विभिन्न तालीम तथा अन्य सामग्री सहयोग गर्दै आएको जैशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य