२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

असारको मध्य सम्म पानी नपर्दा , धान रोप्न समस्या

२०७६, १५ असार आईतवार ०५:४९

असार १५, बाजुरा | यतिबेला कृषक रोपाइँको चटारोमा व्यस्त छन् । तर, असारको मध्यभागमा आइसक्दा पनि पानी नपर्दा खेतीयोग्य जमीनमा पर्याप्त मात्रामा सिँचाइ सुविधा नभएपछि कृषकलाई खेतमा धान रोप्न अझै समस्या उत्पन्न भएको छ ।कृषकले अघिल्ला वर्षहरुमा असार १५ गतेभित्र जिल्लाका अधिकांश खेतीयोग्य जमीनमा धान रोपेर सक्ने गरेका थिए । तर यस वर्ष मौसमले साथ नदिएपछि रोपाइँ गर्न ढिलो भएको कृषक इन्द्रादत्त जोशीले बताउनुभयो ।

बाजुरालगायत देशैभरि जेठ र असारलाई मानो रोपेर मुरी उब्जाउने महीनाका रुपमा लिने गर्दछन् । यतिबेला जिल्लाका जुगाडा, मार्तडी, रजाली, आटिचौर, ब्रह्मतोला, बाह्रबीस, तोली, कैलाशमाडाँै, कोल्टी पाण्डुसेनलगायतका खेतीयोग्य जमीनमा धान रोप्ने गरेका छन् । कृषकले करीब ५० प्रतिशत स्थानीय जातको धानखेती गर्ने गरेका छन् भने ५० प्रतिशत उन्नतजातको धानखेती गर्ने गरेको कृषि ज्ञानकेन्द्र बाजुराको तथ्याङ्क छ ।

“गत वर्ष जेठको अन्तिम साताबाट रोपाइँ शुरु गर्ने गरेका थियौँ, यस वर्ष सिँचाइ सुविधा नहुँदा असारको पहिलो साताबाट रोपाइँ शुरु गरिएको बडीमालिका नगरपालिका–२ का कृषक प्रभते कार्कीले बताउनुभयो । यता केन्द्रका अनुसार पछिल्लो समयमा जलवायु परिवर्तनका कारण सुक्खा, खडेरी, त्यसैमा मलको अभाव, उन्नतजातको बीउबीजनको अपर्याप्तताका कारण कृषकले वर्षेनी सोचेजस्तो धान उत्पादन गर्न नसकेका हुन् ।

जिल्लामा सिँचाइ सुविधा पर्याप्त मात्रामा नभएपछि जिल्लाको कूल धानखेती हुने सात हजार २३० हेक्टरमध्ये दुई हजार १७० हेक्टर अर्थात् ३० प्रतिशत मात्र धान रोपाइँ सम्पन्न भएको केन्द्रका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले जानकारी दिनुभयो । पछिल्लो समयमा केन्द्र र स्थानीय तहका कृषि शाखाले जिल्लामा धानको उत्पादन तथा उत्पादकत्व वृद्धि गर्न कृषकलाई उन्नतजातको बीउ वितरण, विभिन्न तालीम तथा अन्य सामग्री सहयोग गर्दै आएको जैशीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने