२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गोदावरी खोला सरसफाई अभियानको १७ औं हप्तामा धान रोपेर उल्लास

२०७६, १५ असार आईतवार ०७:२६

असार १५, ललितपुर । गोदावरी क्षेत्रका महिला एवं बालबालिकाको पहलमा गोदावरी खोला क्षेत्र सरसफाई अभियान फाल्गुन २७ गते बाट सुरु भई १७ आंै हप्तासम्म आई पुग्दा आज खोला सरसफाई गर्नुका साथै धान दिवसको अवसरमा धान रोपेर असार १५ मनाइएको छ । कार्यक्रममा प्रतिनिधि सभाका सदस्य मा.नवराज सिलवाल को उपस्थितीमा विभिन्न क्षेत्रका समाजसेबी तथा अभियन्ता धिरेन्द्र साही, चित्र सुनुवार, शेखर क्षेत्री, रन्जिता श्रेष्ठ खत्री, मन्जु भट्टराई, तारा खडका तथा त्यस क्षेत्रका बालबालिका को उल्लेख्य उपस्थिती रहेको थियो । 


कार्यक्रमा प्रतिनिधिसभा सदस्य मा.नवराज सिलवालले सरसफाई अभियानमा आफु र आफ्नो क्षेत्रबाट गर्नुपर्ने हरेक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै यो सरसफाई अभियानलाई निरन्तरता दिन आग्रह गर्नु भएको छ ।

गोदावरी खोला लाई १ वर्ष भित्र स्वच्छ खोला बनाउने लक्ष रहेको अभियन्ता चित्र सुनुवारले जानकारी दिनुभयो । हाम्रो लक्ष भनेको गोदावरी खोलालाई प्रदुषण मुक्क्त, सुरक्षीत र सफा राख्नु हो, जसले गर्दा वातावरण सन्तुलित हुनुका साथै जनजीवन पनि स्वस्थ रहन्छ–अर्की अभियन्ता रन्जिता श्रेष्ठ खत्रीले बताउनुभयो । यस सरसफाई अभियानमा फोहोर व्यवस्थापनको काम नेप्को नेपालले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते