2026-09-26 09:11 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

भारतीय तरकारी र फलफुलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछी हट्यो

असार २०, काठमाडौं । भारतबाट आयात हुने ताजा तरकारीको विषादी परीक्षण नगर्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गरेको छ । सरकारले भारतबाट आउने ताजा तरकारीको विषादी परीक्षण गर्ने भन्दै जेठ १० गते आफैले गरेको निर्णयबाट पछाडी हटेको हो ।  

सरकारी उक्त निर्णयबाट पछी हटेलगत्तै भारतबाट नेपाल आयात हुने तरकारी तथा फलफुलको बिषादी परिक्षण कार्य स्थगन हुने भएको छ । सरकार आफ्नै निर्णयबाट पछाडी हटेपछि आम नागरिकहरुले सामाजिक संजालमा आलोचना गरेका छन् । पूर्वतयारी नगरी बिषादी परिक्षणको निर्णय गरेर अहिले तयारी नपुगेको भन्दै आफ्नै निर्णय उल्ट्याएको भन्दै सरकारको आलोचना भएको हो ।  

गत जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले भारतलगायत तेस्रो मुलुकबाट आउने तरकारी र फलफूल परीक्षण गर्ने निर्णय गरेको थियो । सोही निर्णयका आधारमा असार २ गतेदेखि भारतबाट नेपाल आउने तरकारी र फलफूलको विषादी परीक्षण सुरु भएको थियो । बिहिबार बिभिन्न संचार माध्यममा भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण नगर्न भारतको दबाब भन्ने शिर्षकमा समाचारहरु आएका थिए ।

भारतले नेपालको सीमा नाकामा सुरु गरिएको तरकारी र फलफूलको विषादी परीक्षण नगर्न सरकारलाई आग्रह गरेको समाचारमा उल्लेख थियो । समाचार अनुसार नेपालस्थित भारतीय दूतावासले नेपाल स्थित उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र लेख्दै नेपालको सीमा नाकामा आइपुगेका आफ्ना देशको कृषिजन्य उत्पादन बोकेका सवारी साधन नरोक्न आग्रह गरेको थियो । गत असार १४ गते दूतावासले मन्त्रालयलाई पठाएको पत्रमा भारतीय पक्षले प्लान्ट क्वारेन्टाइन सूचना प्रणाली एवं अन्तर्राष्ट्रिय वनस्पती सुरक्षा महासन्धीअनुसार सीमा नाकामा भारतीय तरकारी र फलफूल बोकेका सवारी साधन रोक्न नमिल्ने भन्दै पत्र पठाएको थियो ।

भारतीयको दवाबपछि आफ्नै निर्णयबाट पछी हटेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले प्राविधिक तयारी नपुगेको जानकारी मन्त्रिपरिषद्लाई गराएको थियो । मन्त्रिपरिषद्को बैठकले यही सुझावको आधारमा निर्णय फिर्ता लिएको बुझिएको छ । मन्त्रालयले आधुनिक प्रयोगशाला नभएकाले तत्काल परीक्षण कठिन भएको कारण देखाउदै आफ्नै निर्णय फिर्ता लिएको बुझिएको छ  । 

मन्त्रालयको निर्णयसँगै पुरानै प्रक्रियाबाट भारतबाट आयात हुने तरकारी/फलफुल नेपाल भित्रने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेस महाधिवेशनले पार्टीको भविष्यको दिशा तय गर्नेछ : शशांक कोइराला निरन्तर वर्षाले रामघाटमा सेती नदी थुनियो, नदीतटीय बासिन्दालाई सतर्क रहन आग्रह विदेशमा रहेका नेपालीको मतदानबारे निर्वाचन आयोगले अघि बढायो छलफल रुकुम पश्चिममा खोलाले बगाउँदा ५८ वर्षीया महिलाको मृत्यु स्वदेश फर्किए प्रधानमन्त्री बालेन्द्र शाह कांग्रेस महाधिवेशन : अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन जारी बल्खुमा एक युवकमाथि खुकुरी प्रहार गर्ने चार जना पक्राउ साउदीमाथि हुथीको आक्रमण तीव्र कृष्णभीरको पहिरो पन्छाइयो, नागढुंगा–मुग्लिन सडकमा सवारी सञ्चालन सप्तकोसीमा पानीको बहाव घट्दै, कोसी ब्यारेजमा ३९ ढोका खुला नारायणीमा बाढीको उच्च जोखिम: जलस्तर ८.७ मिटर पुग्यो भोटेकोसी बाढीपछि ५ हजार २८५ जना सम्पर्कविहीन, १ हजार ४५१ जनाको शव भेटियो कोशी ब्यारेजमा खतराको तह पार, ५६ मध्ये ४३ ढोका खोलिए प्रधानमन्त्री बालेन्द्र शाह आज स्वदेश फर्किँदै पहिरोले राजमार्ग अवरुद्ध, ११ सडकखण्डमा यातायात प्रभावित मौसम पूर्वानुमान महाशाखाद्वारा विशेष चेतावनी, आज र भोलि उच्च सतर्कता अपनाउन आग्रह वर्षाका कारण फोहोर व्यवस्थापन प्रभावित, केही समय फोहोर बाहिर ननिकाल्न महानगरको आग्रह कांग्रेस अधिवेशनमा विराटनगरमा दुई पक्षबीच कुटाकुट टिभी चलाउने क्रममा करेन्ट लागेर १० वर्षीय बालकको मृत्यु, बचाउन खोज्दा चार घाइते कान्ति लोकपथको पहिरो हटाइयो, सावधानीपूर्वक यात्रा गर्न आग्रह