९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्र"/>

२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङका सहकारीकर्मीहरुद्वारा सहकारी क्षेत्रको कर सबैलाई समान गर्न माग

२०७६, २१ असार शनिबार ०८:३९

असार २१, बागलुङ | बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् ।

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । 

वित्तीय कारोबार गर्ने सबै सहकारीलाई आयकरमा समान व्यवस्था गनु पर्नेमा सहभागीहरुको जोड थियो । 

कार्यक्रममा सहकारी संघ संस्थाहरुमा कर सम्बन्धी व्यवस्था विषयमा करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले सहजीकरण गर्नु भएको थियो । उहाँले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुले २० प्रतिशत नै कर तिर्नु उहाँको भनाइ थियो । 


सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रशित तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नु पर्ने र आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । सहकारी क्षेत्रमा लगाइदै आएको आयकरलाई व्यवस्थित गर्नका लागि सबैका बीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु पर्नेमा जोड दिनु भयो । सबै सहकारीले राज्यले दिएको सेवा सुविधा पाउनुपर्छ, त्यसका लागि अभियानले समन्वय गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 


विभिन्न विषयका ५० भन्दा बढी सहकारी संघ संस्थाका २ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी सम्बन्धी कर लगायतका विषयमा सहभागीहरुले जिज्ञासा, सुझाव राखेका थिए । 

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी