९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्र"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्र"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङका सहकारीकर्मीहरुद्वारा सहकारी क्षेत्रको कर सबैलाई समान गर्न माग

२१ असार २०७६, शनिबार ०८:३९

असार २१, बागलुङ | बागलुङका सहकारीकर्मीहरुले सहकारी क्षेत्रमा लगाइने आयकर सबै खालका सहकारीहरुमा समान रुपमा लगाउन माग गरेका छन् ।

९७ औं अन्तर्राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङले आयोजना गरेको कर सम्बन्धी सचेतना कार्यक्रमका सहभागीहरुले यस्तो बताएका हुन् । 

वित्तीय कारोबार गर्ने सबै सहकारीलाई आयकरमा समान व्यवस्था गनु पर्नेमा सहभागीहरुको जोड थियो । 

कार्यक्रममा सहकारी संघ संस्थाहरुमा कर सम्बन्धी व्यवस्था विषयमा करदाता सेवा कार्यालय बागलुङका प्रमुख हेमराज सुवेदीले सहजीकरण गर्नु भएको थियो । उहाँले वित्तीय कारोबार गर्ने सहकारी भनेको बचत तथा ऋण सहकारी मात्रै भएकाले बहुउद्देश्यीय सहकारीहरुले २० प्रतिशत नै कर तिर्नु उहाँको भनाइ थियो । 


सहकारी सम्बन्धी करको व्यवस्थामा वित्तीय कारोबार गर्ने सहकारीलाई नगरपालिकामा ५ प्रशित तथा उपमहानगरपालिका र महानगरपालिकामा १० प्रतिशत आयकर लाग्ने व्यवस्था छ । 

कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक रामबहादुर जिसीले विषयगत सहकारीहरुले आफ्नो विषयको मुख्य कारोबार अनिवार्य गर्नु पर्ने र आयकरको सम्बन्धमा सबै सहकारीहरुलाई समान खालको व्यवस्था हुनु पर्नेमा जोड दिनु भयो । सहकारी क्षेत्रमा लगाइदै आएको आयकरलाई व्यवस्थित गर्नका लागि सबैका बीच समन्वय र सहकार्य आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेफ्स्कुनका सञ्चालक चण्डीप्रसाद शर्माले सहकारी अभियानलाई सबै सहकारीमा समान भनिए पनि कानुनी रुपमा समान नदेखिएको भन्दै समान कर कायम गर्नु पर्नेमा जोड दिनु भयो । सबै सहकारीले राज्यले दिएको सेवा सुविधा पाउनुपर्छ, त्यसका लागि अभियानले समन्वय गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 


विभिन्न विषयका ५० भन्दा बढी सहकारी संघ संस्थाका २ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा सहकारी सम्बन्धी कर लगायतका विषयमा सहभागीहरुले जिज्ञासा, सुझाव राखेका थिए । 

कार्यक्रम जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष दिपक गौतमको अध्यक्षता, उपाध्यक्ष अशोक गोविन्द राजभण्डारीको स्वागत र सचिव तेजेन्द्रबहादुर थापाको सञ्चालनमा सम्पन्न भएको थियो । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य