४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कृषक मल नपाएर भारतीय बजार जान बाध्य

१ श्रावण २०७६, बुधबार १२:०५

साउन १, रुपन्देही | मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय बजार जान बाध्य भएका छन् । 

प्रदेश नं ५ को प्रदेशसभाको विशेष समयमा बोल्दै प्रदेशसभासदस्य भुवनेश्वर चौधरीले वर्षाको समयमा पनि मल र आधुनिक औजारबाट कृषक वञ्चित भएको बताउनुभयो । 

नेपालमा मल नपाएर भारतीय बजारमा कृषक मल लिन जाँदा भारतीय प्रहरीले दुःख दिने गरेको उल्लेख गर्दै प्रदेशसभाका सदस्य अष्टभुजा पाठकले रुपन्देहीको सम्मरीमाई गाउँपालिकामा जनताको तटबन्ध कार्यक्रममा टेण्डर भए पनि अहिलेसम्म काम नभएको आरोप लगाउनुभयो । 

उहाँले सरकार भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै सरकारले कृषकको समस्यालाई बेवास्ता गरेको बताउनुभयो । 

अर्का सदस्य दीपेश थारूले बर्दियाको केरवा गाउँपालिकामा जङ्गली हात्तीको आतङ्कले ३० घरमा क्षति पुगेको र १० घरपरिवार विस्थापित भएको उल्लेख गर्दै हुलाकी सडकमा पर्ने शक्तिघाट पुलको व्यवस्थापन नहुँदा त्रासको वातावरण सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सरकारी अड्डामा संस्थागत रुपमा भ्रष्टाचार भएको छ, यसको छानबिन गर्नुपर्छ ।”

अर्का सदस्य बसिउद्दिन खाँले रुपन्देहीको भैरहवामा रहेको ज्वेलर्स पसलमा लुटपाट भएको र जनताको जीउधनको सुरक्षा गर्ने दायित्व सरकारको भएको उल्लेख गर्दै ग्रामीण भेगमा सर्पदंश उपचार केन्द्र सञ्चालन गर्न माग गर्नुभयो । 

सदस्य इन्द्रप्रासद खरेलले अनुगमनमा जाँदा केही ठेकेदारले काम नै नगरेको देखिएको जानकारी दिँदै अनुदानको रकम दुरुपयोग भएकोमा चिन्ता व्यक्त गर्नुभयो । 

त्यस्तै प्रदेशसभा बैठकमा उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लीला गिरीले साझेदारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्राइभेट फर्म दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्नुभयो । 

सो विधेयकमाथि सैद्धान्तिक छलफल गर्दै प्रदेशसभाका सदस्य कृष्ण न्यौपानेले मुलुकको समृद्धि र आर्थिक उत्पादन वृद्धिका लागि विधेयक आवश्यक भएको बताउनुभयो । 

प्राइभेट फर्म दर्ता गर्ने सम्वन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको सैद्धान्तिक छलफलमा प्रदेशसभा सदस्य युवराज खनालले आर्थिक स्रोतको व्यवस्थापन गर्न विधेयक आएको धारणा व्यक्त गर्नुभयो । 

दुवै विधेयकमाथि भएको सैद्धान्तिक छलफलको जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री गिरीले कानूनको स्पष्ट अभाव भएका कारण व्यवसायीलाई पर्ने अप्ठ्यारा फुकाउन र करबाट फाइदा लिन निजी क्षेत्रलाई सहज होस् भनेर विधेयक आएको जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट