२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङका किसानलाई आलुको बीउ पाउनै कठिन

१४ श्रावण २०७६, मंगलवार ०४:४६

तारानाथ | आचार्य साउन १४, बागलुङ | बागलुङका किसानलाई हिउँदमा लगाउने स्थानीय जातको आलुको बीउ अभाव देखिएको छ । गत चैत–वैशाखमा परेको असिनापानीका कारण वर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बीउ अभाव भएको हो ।

विशेषगरी वर्षाको समयमा उत्पादन गरेर हिउँदे बीउ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताललगायतका क्षेत्रमा यस वर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ । उच्च पडाडी क्षेत्रमा लगाइने स्थानीय जातको आलुलाई हिउँदको समयमा किसानले समथर भू–भागमा लगाएर उत्पादन लिँदै आएका थिए । खेतबारीको काम सकेर हिउँदे जोहोमा लागेका किसान आलुको बीउ नपाएपछि चिन्तामा परेका छन् । 

“रोपाइँको मेसो सकियो अब गोड्ने बेला नहुञ्जेलसम्म आलुको बीउ खोजेर राखिन्थ्यो”,बागलुङको नारायणस्थानका किसान लालप्रसाद पौडेलले भन्नुभयोे, “अहिले त सधैँ लिन जाने ठाउँमा आलु नै फलेन भन्छन् ।”साउनमा ल्याएर भण्डारण गरेको आलु किसानले असोज, कात्तिकमा लगाउने गरेका थिए । यो वर्ष बीउ नपाएका कारण बाहिरबाट खरीद गरेर लगाउनुपर्ने अवस्था आएको किसान पौडेलले बताउनुभयो ।

बागलुङ नगरपालिका–१० भकुण्डेको आलु बलेवा, जैमिनी नगरपालिका र पर्वतको कुश्मा तथा फलेवास नगरपालिकासम्मका किसानले बीउको रुपमा प्रयोग गर्ने गरेका थिए । अहिले भकुण्डेमा आलुको उत्पादन शतप्रतिशतले घटेको किसान बताउँछन् । “पहिले–पहिले चार मुरी लगाएको ठाउँमा २० मुरी फल्थ्यो, कोही साटिन्थ्यो, कोही बेचिन्थ्यो”, भकुण्डेका आलु उत्पादक किसान चन्द्रवीर थापाले भन्नुभयोे, “अहिले त पाँच मुरी लगाएको ठाउँमा चार मुरी फलेको छ । आउनेलाई दिनु कि बीउ जोगाउनु ।” भकुण्डेको आलु विगतमा फल्ने जस्तो राम्रो पनि छैन, निकै साना दाना लागेको थापा बताउनुहुन्छ ।

 गत वर्ष झण्डै ४० हजार टन आलु उत्पादन भएको ताराखोलामा यस वर्ष बीउसमेत नउठेकाले बेँसीका किसानले बीउ पाउने छैनन् । ताराखोलामा प्रतिकिसानले हरेक वर्ष १५ देखि ९० क्विन्टलसम्म आलुको उत्पादन गर्दै आएका थिए । यो वर्ष भने चार-पाँच क्विन्टलसमेत नपुगेको किसानको गुनासो छ । आलुको बिरुवा हुर्किने बेलामा परेको असिनापानीले उत्पादन घटेको ताराखोला गाउँपालिका–५ करिमेलाकी नन्दी घर्तीले बताउनुभयो ।

आलुको बिरुवा हुर्किने बेलामा असिनापानी परेका कारण उत्पादनमा गिरावट आएको कृषि प्राविधिकहरु बताउँछन् । “बिरुवा मासियो भने जमीनमुनि आलु फल्दैन”, जैमिनी नगरपालिकाको कृषि शाखाका प्रमुख अर्जुनप्रसाद श्रेष्ठले भन्नुभयोे, “अहिले आलु राम्रो फलेको छैन, किचरा दाना हुनुको कारण असिनाले बिरुवा मास्नुनै हो ।” स्थानीय जातको आलुको स्वाद मिठो हुने भएकाले किसानले अन्नबालीसँग साटासाट गरेर आलुको बीउको जोहो गर्ने गरेका थिए ।

“धान, कोदो, मकैसँग साटिन्थ्यो, नभए पैसा लिएर बेचिन्थ्यो”, भकुण्डेका किसान थापा भन्नुहुन्छ, “अहिले त आफँैले लगाउने बीउ छैन, के बेच्नु, के साट्नु !” स्थानीय बजारमा हरेक वर्ष साउन लागेपछि नियमित प्रयोग गर्ने र बीउका लागि छुट्टाछुट्टै आलु गाउँबाट आउने गरेको भए पनि अहिले आलु नदेखिएको बागलुङ बजारका व्यवसायी नन्दप्रसाद घिमिरेले बताउनुभयो । स्थानीय आलु बागलुङमा पाथीको रु १५० देखि १७० सम्म बिक्री हुने गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा