२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सल्यानमा कुन मुल्यमा तरकारि खरिद गर्छन् ब्यापारिले ?

२५ श्रावण २०७६, शनिबार १०:०५

शंकर के सी | साउन २५, सल्यान । हप्ताको दूई दिन लाग्ने सल्यान कपुरकोटको तरकारि बजारमा किसानहरु शुक्रबार आफुले उत्पादन गरेको कृषिजन्य उत्पादन विक्रि गरेका छन् । देशकै दोश्रो ठूलो तरकारि बजारको रुपमा परिचीत कपुरकोटको तरकारि बजारमा किसानहरुले शुक्रबार टमाटर प्रतिकिलो ४५ देखि ५० रुपैयाँमा विक्रि गरेका छन् 

कृषि उपज बजार संचालक समितीले संचालन गरेको तरकारि बजारमा किसानले बन्दागोभी ३५ देखि ४०, फुल गोभी ३० देखि ४५, घीउ सिमि ३५ देखि ४५ रुपैयाँ प्रतिकिलोमा विक्रि गरेको बजार केन्द्रका एक कर्मचारि विष्णु प्रसाद गौतमले जानकारि दिए । उनका अनुसार शुक्रबारको तरकारि बजारमा किसानहरुले भेडे खुर्सानी ६० देखि ६५, काँक्रा २५ देखि ३५, हरियो खुर्सानी २५ देखि ४०, डल्लो खुर्सानी ७५ देखि ८० मा विक्रि भएको छ । यस्तै मुला प्रतिकिलो २० देखि ३०, अदुवा ११० देखि १२५, नासपति २५ देखि २ मा विक्रि भएको बजार केन्द्रले जनाएको छ ।

कपुरकोटमा हप्ताको मंगलबार र शुक्रबार तरकारि बजार लाग्ने गर्दछ भने अन्य दिनमा पनि कपुरकोट गाउँपालिकाका ६ वटै वडामा रहेका तरकारि संकलन केन्द्रमा पनि किसानहरुले आफ्नो उत्पादन विक्रि गर्नेगर्दछन् ।

गत वर्षको तुलनामा यस वर्ष किसानहरुले तरकारिको राम्रो मुल्य पाएको बताइन्छ । स्थानीय सरकारले कृषि जन्य वस्तु निकासि गर्दा विगतमा लाग्दै आएको कर यस वर्षदेखि हटाएको छ । यसले ब्यापारिहरुलाइ फाइदा पुगेको छ । यद्यपि कर हटे पनि त्यसको प्रत्यक्ष फाइदाको अनुभुती गर्न नपाएको किसानहरुको गुनासो छ । यहाँको तरकारी देशका प्रमुख शहर बजारहरु बुटवल, धनगडी, पोखरा, नेपालगञ्ज, कोहलपुर, घोराही, तुलसिपुर लगाएतका ठाउँमा जाने गर्दछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान