४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सरकारी जागिरसँगै कृषिबाट मनग्य आम्दानी

२५ श्रावण २०७६, शनिबार १२:००

साउन २५, सुर्खेत | वीरेन्द्रनगर–१० का सुशील केसी पेशाले सरकारी कर्मचारी हुनुहुन्छ । जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय सुर्खेतका लेखा अधिकृतका रुपमा कार्यरत उहाँले गाग्रेतालमा सुगारिका एकीकृत पशु तथा कृषि मत्स्य फार्म सञ्चालन गर्नुभएको छ । 

उहाँले दुई वर्षअघि फार्म सञ्चालनमा ल्याउनुभएको हो । “मेरो जागिरको शुरुआतै पशु सेवाबाट भएको हो, त्यतिबेला कृषकलाई हेँलाका दृष्टिले हेरिन्थ्यो, पछिल्लो समय कृषिलाई हेर्ने समाजको धारणा पनि बदलिएको छ”, उहाँले भन्नुभयो, “पुख्र्यौली जग्गा भएकाले एकीकृत कृषि फार्म सञ्चालन गर्ने योजना बनाएँ ।”

फार्ममा स्थानीय जातका कुखुरा, टर्की, जर्सी गाईपालनका साथै मौसमी/बेमौसमी तरकारी उत्पादन हुने गरेको छ । छ बिघासम्म फैलिएको फार्ममा एकलटमा ५०० हाराहारीमा कुखुरा उत्पादन हुन्छन् । पाँच जर्सी गाई छन् । “प्रदेश राजधानीमै भएकाले यहाँ उत्पादन हुने तरकारीलाई बजारको समस्या छैन्”, फार्म सञ्चालक केसीले भन्नुभयो, “विषादी प्रयोग गर्दिन, अग्र्यानिक उत्पादन भएकाले ग्राहकहरु फार्ममै आउँछन् ।”

एक/एक बिघा जमीनमा टिक जातको रुख रोप्नुका साथै नेपियर घाँसखेती गरिएको छ । “कर्णाली प्रदेशमै पहिलोपटक टिक जातको रुख रोपेको छु, १०–१२ वर्षमै रुख बिक्री गर्ने अवस्थामा पुग्न सक्छ,” उहाँले भन्नुभयो । फार्मले घाँस बेचेर राम्रो आम्दानी गरेको छ । यहाँ घाँसका बेर्ना किन्न टाढा–टाढाबाट कृषकहरु आउने गर्दछन् । 


माथिको तश्वीरमा: सुर्खेत वीरेन्द्रनगर–११ गाग्रेतालस्थित एकीकृत कृषि फर्ममा कुखुरालाई चारो दिँदै सञ्चालक सुशील केसी । नेपाल सरकारका लेखा अधिकृत केसीले दुई वर्षअघि ६ बिगाह जग्गामा फर्म सञ्चालन गर्नुभएको हो । तस्बीरः प्रकाश अधिकारी 

फार्ममा तीन जनाको परिवारले रोजगारी पाएका छन् । व्यावसायिक माछापालन र फार्ममै उत्पादित अग्र्यानिक कृषि उपजबाट रेष्टुरेन्ट सञ्चालन गर्ने तयारी छ । जागिरबाट बचेको समय फार्मलाई दिने गरेको उहाँ बताउनुहुन्छ । आफूलाई कृषि पेशामा आउन सरकारको कृषिमैत्री नीतिले प्रोत्साहन गरेको उहाँको भनाइ छ । 

तलबबाट भन्दा कृषि फार्मबाटै आफूले राम्रो आम्दानी लिन सफल भएको बताउनुभयो । “फार्म सञ्चालनमा ल्याएको दुई वर्षमात्रै भयो, यस अवधिमा आवश्यक पूर्वाधार बनाउनमै केन्द्रित हुनुपर्यो”, सञ्चालक केसीले भन्नुभयो, “अबको केही वर्षमै वार्षिक रु एक करोडभन्दा बढीको कारोबार हुने अपेक्षा गरेको छु ।” 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ एमाले अध्यक्षमा पुनःनिर्वाचित ओलीको यस्तो छ सङ्घर्षपूर्ण राजनीतिक यात्रा एमाले पदाधिकारी निर्वाचित एमाले अध्यक्षमा ओली विजयी मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव भारतद्वारा स्वतन्त्र व्यापार सम्झौतालाई तीव्रता तीन महिनामा १० प्रतिशतले राजस्व वृद्धि भएको छः अर्थमन्त्री खनाल सुनको मूल्य बढ्यो झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ एमाले महाधिवेशनः मतगणना सुरु सशस्त्र प्रहरी बल नेपाल नं २१ दक्षिणकाली गणलाई ललितपुर महानगर गौरव पुरस्कार राष्ट्रसङ्घ प्रणालीलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री कार्की प्रधानमन्त्रीसँग चिनियाँ राजदूतको शिष्टाचार भेट