२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

ललितपुर महानगरपालिकाले ल्यायो ‘बीउ एटिएम’ सञ्चालनमा

२०७६, २६ श्रावण आईतवार ११:५१

साउन २६, काठमाडौँ  | ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ पनि सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तरगत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी सो एटिएम सञ्चालनमा ल्याएको हो ।

आईतबार ललितपुरमा एक कार्यक्रमका बीच कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव युवकध्वज जिसीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले सो प्रविधिको पनि उद्घाटन गरेका हुन् । उनले सहरी कृषकहरुको उत्पादनमा बढावा दिने उद्देश्यका साथ उन्नत बीउ विजन वितरणका लागि बीउ एटिएमको पनि व्यवस्था गरिएको स्पष्ट पारे ।

त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटिएममा गरिएको छ ।

ललितपुर महानगरपालिकाले ‘पानी एटिएम’ पनि सञ्चालन गरिसकेको छ । मेयर महर्जनले सहरी क्षेत्रको उचित व्यवस्थापनका लागि ‘साईकल लेन’ को व्यवस्था गर्ने कामलाई पनि अघि बढाइएको जानकारी दिए ।

कार्यक्रममा बोल्दै कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव जिसीले प्रदेश र स्थानीय सरकारसँग मिलेर कृषि उत्पादनमा बढावा दिन नयाँ–नयाँ प्रविधिको विकास गर्न सरकार तयार रहेको बताए । उनले कृषिमा निर्भर मुलुकलाई अघि बढाउन कृषि क्षेत्रको विकासमा तीनवटै तहबीच मिलेर काम गर्नुपर्नेमा पनि जोड दिए ।

ललितपुर महानगरपालिकाले नौं लाख लगानीमा स्थापना गरेको सो मेशिनको सेवा सबै वडामा सञ्चालनमा ल्याउने तयारी पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने