२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अदुवामा चार गुणा मूल्यवृद्धि, कृषक हर्षित

२०७६, २८ भाद्र शनिबार ०३:३२

भदौ २८, पाँचथर | गत वर्षको तुलनामा यस वर्ष उचित मूल्य पाएपछि पाँचथरका अदुवा कृषक खुशी भएका छन् । गत वर्ष प्रति मन अदुवाको मूल्य रु एक हजारदेखि पन्ध्र सयको हाराहारीमा भएकोमा यस वर्ष बढेर रु ६ हजार पुगेको छ । 

उत्पादनमा कमी तथा भारत निर्यात गर्न सहज भएकाले झण्डै चार गुणा मूल्य वृद्धि भएपछि किसान उत्साहित बनेका हुन् । अघिल्लो वर्ष निकासीमा भारतले अवरोध गरेपछि उत्पादित अदुवा निर्यात गर्न निकै समस्या भएको थियो । लगानी नउठेको भन्दै व्यावसायिक खेती गरिरहेका अधिकांश कृषकले यो वर्ष अदुवाखेती गरेका थिएनन् ।

अदुवाको उत्पादनमा ५० प्रतिशतले कमी आएपछि मूल्य भने चार गुणाले बढेको हो । उत्पादन कम हुनु र भारत निकासीमा सहज हुनुले अदुवाको भाउ राम्रो आएको अदुवा व्यापारी ढकेन्द्र भट्टराईको भनाइ छ । फागुन, चैत महीनामा रोपिएको अदुवा अहिले फलिसकेको छ । पहिले रोपिएको अदुवा झिकेर पुनः प्रयोग गर्न सकिने भएकाले यसबाट खासै नोक्सानी बेहोर्नु नपर्ने कृषकको भनाइ छ ।

गाउँका स्थानीय व्यापारीले अदुवा किनेर जिल्लाका ठूला व्यापारीलाई दिने गरेका छन् । पाँचथर मिक्लाजुङ–२ का कृषक भक्त चुहानले भन्नुभयो, “विगतका वर्षमा अदुवाको भाउ नआएपछि कमै कृषकले मात्रै अदुवा रोपेका थिए, तर उत्पादन भएको हुँदा र भारत निकासीमा सहज भएकााले होला गत वर्षभन्दा चार गुणा बढी भाउ आयो, अत्यन्तै हर्षित छौँ ।”

विगत वर्षदेखि नै पाँचथरको अदुवा भारतीय बजारमा निकासी हुँदै आएको छ । अदुवाबाट मसला, सुठो, सेन्ट, जाम, क्यान्डी, स्याम्पुलगायत बनाउन सकिन्छ । प्रदेश नम्बर १ का १४ जिल्लामध्ये पाँचथर, इलाम, तेह्रथुम, ताप्लेजुङ, धनकुटामा व्यावसायिक अदुवाखेती हुने गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते