२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै

२०७६, २७ आश्विन सोमबार ०७:२५

असोज २७, नवलपरासी | पश्चिम नवलपरासीमा व्यावसायिक घाँस खेती फस्टाउँदै गएको छ । यहाँका सामुदायिक वन क्षेत्रमा महिला समूहले व्यावसायिक रुपमा घाँस खेती गर्दै आएका छन् । 

पछिल्लो समय पशुपालन र दुग्ध व्यवसाय बढ्दै गएपछि पोसिलो घाँसको माग बढ्दो छ । घाँसको माग बढ्दै गएपछि यहाँका महिला तथा कृषकहरु घाँस खेतीमा आकर्षित भएका हुन् । उनीहरुले घाँस बिक्री गरेर राम्रो आम्दानी पनि गरिरहेका छन् । जिल्लाको सुनवल नगरपालिका–३ स्थित कीर्तिपुरका महिलाहरुले स्थानीय जनउदय सामुदायिक वन क्षेत्रभित्रको खाली जग्गामा सामूहिक घाँस खेती गरेर राम्रो आम्दानी गरिरहेका छन् । सशक्ति महिला समूहमा आबद्ध यहाँका चालीस महिलाले विगत दुई वर्षदेखि १५ बिघा क्षेत्रफलमा विभिन्न जातका घाँस खेती गरिरहेको समूहका अध्यक्ष होमकुमारी गुरुङले राससलाई बताउनुभयो । 

“घाँस खोज्न टाढाटाढा जङ्गलमा जानुपर्ने बाध्यता थियो, वन उपभोक्ता समूहका पदाधिकारीले हामीलाई बीउ उपलब्ध गराएर घाँस खेती गर्न प्रोत्साहन गर्नुभयो, अहिले हामीलाई घाँस लिन सजिलो भएको छ, घाँस बेचेर आम्दानी पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो । जनउदय सामुदायिक वन उपभोक्ता समूहले पाँच वर्षका लागि कबुलियतीमा महिलाहरुलाई उक्त क्षेत्र घाँस खेतीका लागि उपलब्ध गराएको हो । यहाँ बहुवर्षीय घाँससहित बकाइनो, स्टाइलो, नेपिएर, डाले लगायतका उन्नत र पोसिलो जातका घाँस खेती गर्ने गरिएको समूहका सचिव जुनी सेनले बताउनुभयो । व्यावसायिक रुपमा घाँस खेती गर्न थालेपछि पशुपालन गर्ने कृषकको सङ्ख्या पनि बढ्दै गएको छ । उहाँले भन्नुभयो, “विगतमा घाँसका लागि निकै दुःख थियो, अहिले धेरै सजिलो भएको छ, महिलालाई आयआर्जन पनि भइरहेको छ, हामीले समूहमा घाँस बेचेर आएको रकम जम्मा गरी दुई वर्षमा तीन लाख रुपैयाँ बचत पनि गर्न सफल भएका छौँ, समूहमा आवद्ध महिलाहरुलाई त्यँहीबाट ऋण पनि दिने गर्छौं ।”


पशु उन्नत जातको र धेरै उत्पादन दिने खालको भए पनि उपयुक्त पोषण तत्वको अभावमा  राम्रो उत्पादन लिन नसकिने भएकाले पशुका लागि घाँस निकै उपयोगी हुने पशु चिकित्सक बताउँछन् । आहाराबाट प्राप्त पौष्टिक तत्वहरुबाट नै पशुले उत्पादन गर्ने भएकाले पशुपालनमा सबैभन्दा ध्यान पु¥याउनुपर्ने कुरा पशु आहारा नै रहने र सबैभन्दा राम्रो पौष्टिक तत्व घाँस नै हुने पशु स्वास्थ्य प्राविधिक विमल ढकाल बताउनुहुन्छ । यहाँका महिलाले सामूहिक घाँस खेती गरेर वन संरक्षण, आम्दानी तथा रोजगारीको अवसर पाउनाका साथै महिलामा सशक्तिकरण पनि बढेको उहाँले बताउनुभयो । 

मानिसलाई जस्तै पशुलाई पनि पौष्टिक आहारा आवश्यक पर्ने र त्यसका लागि मुख्य स्रोत घाँस नै हो । उहाँले भन्नुभयो, “हाम्रो गाउँघरमा हरियो घाँसपातको अभावमा मङ्सिरदेखि चैतसम्म जस्तोसुकै बढी उत्पादन दिने पशु भए पनि बढी मात्रामा पराल खुवाउने चलन हुन्छ, जसबाट पशुले सन्तुलित आहारा खान पाएका हुँदैनन्, अन्ततः उत्पादनमा ह्रास आउनाका साथै पशु दुब्लाएर हाडछाला बाँकी रहने हुन्छ” 

हरियो घाँसमा प्रोटिन, खनिज, भिटामिन जस्ता पौष्टिक तत्व प्रशस्त मात्रामा पाइने गर्छ । पशुको पाचनप्रणाली व्यवस्थित गर्न पनि घाँस खेती आवश्यक रहेको उहाँ बताउनुहुन्छ । पौष्टिक तत्वको दृष्टिले नल, पराल ज्यादै निम्नस्तरको आहारा हो भने खेतबारी, जङ्गलबाट प्राप्त हुने घाँसपात पशुका लागि महत्वपूर्ण आहार हो । खाली रहेको जग्गामा घाँससँगै विभिन्न प्रजातिका बिरुवासमेत हुर्काइएका छन् । कम लगानीमा आम्दानी राम्रो हुने भएकाले यसतर्फ आकर्षण बढेको पशु स्वास्थ्य प्राविधिक ढकालले बताउनुभयो । व्यावसायिक पशुपालन, घाँसखेती, दुग्घ, मासु उत्पादनमा नवलपरासी नेपालकै अग्रणी जिल्लाको रुपमा चिनिन्छ । घाँस खेतीमा पनि आत्मनिर्भर बनेको नवलपरासीमा वार्षिक २५० मेट्रिक टन घाँस उत्पादन हुने गरेको छ । नवलपरासीमा बहुवर्षीय र मौसमी खालका घाँस उत्पादन हुने गर्दछ । नवलपरासीमा सामुदायिक वनमा साढे चार हजार हेक्टरमा र मौसमी घाँस खेती सात सय हेक्टरमा लगाउने गरिएको छ । दूध र मासुका लागि पशुपालनको क्षेत्र फराकिलो बन्दै गएपछि यहाँ व्यावसायिक घाँस खेती फस्टाएको कृषक बताउँछन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते