२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

आकासियो सुनसरीमा तरकारीको मूल्य

१ कार्तिक २०७६, शुक्रबार ०७:२९

कात्तिक १, सुनसरी | सुनसरी सदरमुकाम इनरुवासहित आसपासका क्षेत्रमा तरकारीको मूल्य आकासिएको छ । सुनसरी सदरमुकाम इनरुवा, लौकही देवानगञ्ज, हरिनगर, हरिपुर, भोक्राहा नरसिंहलगायतका क्षेत्रमा तरकारीको मूल्य आकासिएको हो ।

तिहार छठ भाइटीकालगायतका हिन्दूको महान् पर्व नजिकिएसँगै तरकारीको मूल्य आकासिएको स्थानीय उपभोक्ता डुमरलाल मेहताले बताउनुभयो । सुनसरी तरकारीका लागि उर्बर भूमि भएको र यहाँका तरकारी उत्पादन बाहिर पनि जाने गरेको भए पनि यहाँकै उपभोक्ता महँगो मूल्य तिरेर तरकारी खान बाध्य भएको स्थानीय उपभोक्ता चुना निरौलाले बताउनुभयो । 


यहाँ अहिले काउली, रायो साग, भाण्टा, बोडी, रामतोरियाँ, परबल, टमाटर लगायतका तरकारीको मूल्य बढेको उपभोक्ताको भनाइ छ । पहिले प्रतिकिलो रु ३० मा पाउने तरकारी अहिले प्रतिकिलो रु ८० देखि १०० मा पाउने गरेको उपभोक्ता शर्मिला देवले बताउनुभयो ।

अहिले बजारमा काउली प्रतिकिलो रु १०० देखि १३० सम्म, टमाटर रु १००, परवल प्रतिकिलो रु १०० देखि १५०, बोडी प्रतिकिलो रु १०० देखि १२० सम्ममा बिक्री भइरहेको उपभोक्ता चन्दन मेहताले बताउनुभयो । तरकारीको मूल्य आकासिएपछि उपभोक्ता मारमा परेको गुनासो गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य