२८ पुष २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

सूर्योदयमा बन्ने भयो ‘टी टेस्टिङ सेन्टर’

८ कार्तिक २०७६, शुक्रबार ०२:४९

कात्तिक ८, इलाम | चिया उद्यमी र किसानको मागलाई ध्यानमा राख्दै यहाँस्थित सूर्योदय नगरपालिकामा ‘टी टेस्टिङ सेन्टर’ बन्ने भएको छ । सूर्योदय नगरपालिका–७ को कन्याम चिया बगानमा ‘टी सेन्टर’ निर्माण हुने भएको हो । 

यसअघि प्रदेश नं १ सरकारले निर्माण गर्नका लागि रकम विनियोजन गरेको भए पनि सूर्योदय नगरपालिकाले समेत साझेदारीमा सेन्टर निर्माणका लागि रकम विनियोजन गर्ने भएको छ । चिया परीक्षण केन्द्र स्थापना गर्नका लागि चालू आर्थिक वर्षमै खर्च गर्नेगरी प्रदेश सरकारबाट रु पाँच करोड विनियोजन भएको छ ।

उक्त बजेटको २० प्रतिशतले हुन आउने रकम अर्थात् एक करोड रुपैयाँ सूर्योदय नगरपालिकाले खर्च गर्ने र साझेदारीमा चिया परीक्षण केन्द्र खोल्ने गरी निर्णय भएको हो । नगरपालिकाले तयार गरेको डिजाइन इस्टिमेटमा अनुसन्धान केन्द्र भवनको अनुमानित निर्माण रकम २६ करोडभन्दा बढी छ । देशकै सबैभन्दा बढी अर्थोडक्स चिया उत्पादन हुने सूर्योदय नगरपालिकामा अनुसन्धान केन्द्र स्थापना गरिएपछि चियाको बजार प्रवद्र्धन गर्न सकिने बताइएको छ । सूर्योदय नगरपालिकाभित्र ६३ वटाभन्दा बढी सानाठूला चिया प्रशोधन उद्योगहरु रहेका छन् । त्यसैले यस नगरपालिकालाई अर्थोडक्स चियाको राजधानीका रूपमा मानिदै आएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…