२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

मुगुमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दै

२० पुष २०७६, आईतवार ११:४५

दान बहादुर बुढा | पुस २०, मुगु | मुगुको छायाँनाथ रारा नगरपालीका वडा नं १४ बाम गाउँमा भेडा, बाख्रापालन व्यवसायमा युवाको आकर्षण बढ्दो क्रममा रहेको छ | आम्दानीको अन्य विकल्प नभएपछि युवाहरु भेडाबाख्रा पालनलाई मुख्य पेशाका रुपमा अङ्गालेका हुन् ।


यो व्यवसायमा लाग्न गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग रहेको छ भने किर्डाक नेपाल मुगुले आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत वेरोजागार युवाहरुलाई ऋण दिन थालको छ ।


बेरोजगारसंगै परिवार पाल्नकै लागी यहाँका अधिकांश युवा भारत जाने गरेका छन् भने केहि युवाले हिमाली कृषि सहकारी संस्था बाट ऋण  लिई भेडा, बाख्रा पालन व्यवसायमा लागेका छन् । छायाँनाथ रारा नगरपालीका १४ का  रगं बिर बढुवाल भन्नुहुन्छ ‘ मेरो ६ जनाको परिवार छ | आफ्नो आम्दानिको लागी भेडापालन व्यवसाय रोजे । यो व्यवसाय राम्रै भएको छ ।’


घुम्तीकोष मार्फत उनले सहकारीबाट घुम्ती कोष मार्फत ४० हजार रुपैयाँ ऋण लिएका थिए | पहिला भेडापालन व्यवसाय शुरु गरेकाबुढवालले पछी बाख्रा पालन गरेको बताए । उनले अहिले ५० वटा बाख्रा बनाएका छन् । बेरोजगार हुदाँ पैसाको अभाव थियो अहिले बाख्रापालन संगै खुद्धा पसलपनी गरेको बढुवालको भनाई छ ।

बाम गाउँमा यस्तै व्यवसाय गरेर आत्मनिर्भर बन्न खोज्ने धेरै युवाहरु छन् | छायाँनाथ रारा नगरपालीका १४ कै धर्मदत्त बढुवाले पनि घुम्ती कोष मार्फत भेडा पालन गरेक छन् । उनले पनि घुम्तीकोष मार्फत ४८ हजार क्रण लिइ  ब्याबसाय गरेको बताए ।

यो व्यवासाय अङ्गालेसँगै दैनिक घरखर्च चलाउन, छोराछोरीलाई कापि, कलम किन्न सहज भएको धर्मदत्त बताउँछन् | १४ वडामा घुम्तीकोष हिमाली कृषि सहकारी मार्फत ऋण लिई भेडा, बाख्रापालन, खुद्रा पसल, कुखुरापालन लगायत अन्य व्यवसाय गर्ने धेरै छन् |


घुम्तीकोष सञ्चालन भएसँगै वेरोजगार युवाको जीवन यापनमा परिर्वतन भएको किर्डाक नेपाल मुगुका संयोजक टेक बहादुर शाही बताउँछन् | उनका अनुसार आर्थिक अवस्था कमजोर भएका स्थानीयलाई आर्यआर्जन गर्न सहज होस् भन्ने उदेश्यले उक्त संस्थाले सहयोग गरेको हो ।

स्थानीय सहकारीहरुलाई घुम्तीकोष सहयोग गरी सहकारी मार्फत ऋण लिने व्यवस्था भएकाले आर्यआजानक गर्न ईच्छुक जो कोहिले पनि ऋण लिन सकिने शाहीको भनाई छ  | यता छायँनाथ रारा नगरपालीका वडा नं १२ शोभा गाउँको हातेमालो कृषि सहकारीलाई पनी गुर्डनेर्वश ईन्टरनेशनल नेपालको आर्थिक तथा किर्डाक नेपाल मुगुले आर्यआजन कार्यक्रम अन्तरगत घुम्ती कोष परिचालन मार्फत १२ लाख बराबरको अनुदान दिईएको छ |


वेरोजागार युवाहरुलाई शोभामापनी सहकारीमार्फत ऋण दिन थाले पछी बेरोजार युवाले ऋण लिई खुद्धा पसल, खरायो पालन लगायतका ब्याबसाय गरी जिविकोपार्जन गदै आएका हातेमालो कृषि सहकारी संस्थाले जनाएको छ ।

शोभा गाउँका वेरोजगार युवाहरुले खरायोपालन ,खुद्धा पसल लगायतका ब्याबसाय गदै आएका छन । शेभा गाउँका किशोर कुमार बुढाले पनी ४० हजार सहकारीमा ऋण लिई १० वटा खरायो बाट ब्याबसाय शुरु गरेको र आम्दानि पनी राम्रै भएको बुढाको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की