बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि"/>
2026-10-17 05:26 AM
अछाम - ACM

दशबर्ष विदेश भोगेपछि स्वदेशमा कृषि कर्म

बुटवल । भनिन्छ–‘मिहिनेत गर्ने हो भने डलर आफ्नै देशमा आउँछ, परिश्रम गर्ने हो भने ढुङ्गामा पनि सुन फलाउन सकिन्छ ।’ यो यहि भनाईलाई चरितार्थ गर्दै रोल्पा जिल्लाको लिवाङ्ग–१ घर भई हाल रुपन्देहीको देवदह नगरपालिका –९ मा किसान थम बहादुर वलीले १ विघा जग्गा भाडामा लिएर व्यवसायी तरकारी खेती सुरु गरेका छन् ।

१० बर्ष सम्म भारतको हिमाञ्चल प्रदेशको सोलानमा रहेका दर्जनभन्दा बढि कृषि कर्ममा पसिना बगाएका किसान थम बहादुर वली आफ्नै स्वदेशको माटोमा पसिना बगाउन लागि परेका छन् । राप्ती अञ्चलको विकट जिल्ला रोल्पाको सदरमुकाम देखि ३ घण्डा पैदल दुरीमा रहेको आफ्नो छाडेर उनी रुपन्देही आए ।

एक जना साथीको सहयोगमा बुटवल आएका उनी यतै घरजाम गरेर अहिले व्यवसायी कृषि कर्ममा लागेका छन् । देवदह नगरपालिका–९ विशालनगरमा ‘देवदह कृषि फर्म’ स्थापना गरी स्वदेशमा नै राम्रो आम्दानी गरी विदेशको भुमिमा नजाने प्रतिज्ञ समेत गरेका छन् ।

३८ बर्षिय वली भन्छन्–‘अर्काको देशमा पसिना बगाए अव आफ्नै देशमा पसिना बगाएर केहीगर्ने अठोट लिएको छु ।’

जग्गा भाडामा लिए र तरकारी खेती, पशुपालन र च्याउ फर्म समेत स्थापना गरेका छन् । भारतमा केही समय डावर कम्पनीमा समेत काम गर्दथे । मासिक १५ हजार भारु रुपैयाँ आम्दानी गरेका उनी अहिले पनि उक्त कम्पनीले बेला बेलामा फोन गरेर बोलाउने गर्दछ । कुकको काम गर्दै आएका उनी भन्छन्–‘त्यहाँ गएर नोकर होईन म आफ्नै देशमा मालिक बन्न चाहान्छु, त्यहि भएर कृषि कर्म सुरु गरे ।’

बार्षिक ७० हजार रुपैयाँ जमिनको भाडा बुझाउदै आएका उनले पहिलो पटक टमाटर, काउली, बन्दा, खुर्सानी बन्दा खेती सुरु गरेका छन् । रवलीका ३ जना छोरी, एक छोरा र श्रीमती छिन । सबै जना कृषि कर्ममा लागेका छन् । ‘घर परिवारलाई चाहिने अर्गानिक तरकारी यहि नै उत्पादन गरेर खान पाएको छु, आफ्नो पौरखले उब्जाएको तरकारी घर परिवारले मिलेर खाँदा अर्कै आनन्द आउने रहेछ ।’–वली भन्छन् ।

घरमा कुखुरा, ४ वटा गाई समेत पाले उनले आगामी दिनमा व्यवसायीक रुपमा नै पशुपालन व्यवसवायलाई अबलम्बन गर्ने योजनामा रहेका छन् । तरकारी खेतीमा उनले करिव २ लाख रुपैयाँ लगानी गरेका छन् । च्याउ खेती समेत सुरु गरेका वलीले १ सय ७० वटा डल्ला समेत च्याउ राखेका छन् । च्याउमा मात्र ४२ हजार रुपैयाँ लगानी गरेका उनी १ लाख २० हजार आम्दानी हुने अपेक्षा लिएका छन् । जिल्ला कृषि विकास कार्यालयमा केही अनुदानको लागि समेत फर्म भरेका छन् तर अहिले सम्म अनुदान पाएका छैनन् । उनी भन्छन् –‘अनुदानको आसामा रहेको छु ।’

अवको केही बर्षमा प्याज र लसुन खेतीलाई व्यवसायीक रुपमा अगाडी बढाउने र बाख्रा र भैसी पालन समेत गर्ने सोँच लगाएका छन् । भारतमा अरुको खेतमा ठेक्कामा समेत काम गर्दै आएका उनले घरमा नै उत्पादन गरेको तरकारी उत्पादन गर्ने आफुपनि स्वच्छ उपभोग गर्ने अरुलाई पनि खुवाउने योजना रहेको छ । अहिले च्याउ खेती गरेका उनले केही समयमा अचार उत्पादनको लागि अभियान अगाडी बढाएका छन् ।

सिंचाहीको समस्या रहेको भन्दै उनले अहिले डिजेल नपाएको कारण थप समस्या भएको बताए । घोडाहा खोलाबाट पम्पबाट पानी तानेर सिंचाही गरेका उनले नेपाल अभिनास सामाजिक विकास संस्थाले केही सहयोग गरेको छ । – कृष्ण खनाल 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु