काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासु"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासु"/>
2026-10-18 12:09 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

नेपालमा अण्डा र मासुमा आत्मनिर्भरताको नजिक

काठमाडौँ, ३१ जेठ । नेपाल अन्डा तथा मासुमा आत्मनिर्भर उन्मुख रहेको तथ्याङ्कले देखाएको छ । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक बद्रीकुमार कार्कीले ‘नेपाल व्यावसायिक कुखुरापालन सर्वेक्षण २०७१/७२’ प्रतिवेदन प्रस्तुत गर्दै आगामी एक वर्षभित्र अन्डामा, दुई वर्षमा मासुमा र तीन वर्षमा दूधमा आत्मनिर्भर बन्ने सरकारको लक्ष्य पूरा हुने क्रममा रहेको विभागले नतिजा सार्वजनिकीकरण गर्दै जानकारी दिएको छ । 

प्रतिवेदनअनुसार नेपालमा छ करोड आठ लाख २७ हजार कुखुरा व्यावसायिक रुपमा पालिन्छ । त्यसबाट वार्षिक ११ करोड ४० लाख ५८ हजार केजी उत्पादन हुने गरेको छ । कुल उत्पादनको ११ करोड ६ लाख ३० हजार केजी मासु ब्रोइलर कुखुराबाट उत्पादन हुने गर्छ । यसैगरी वार्षिक प्रतिव्यक्ति ४.१ केजी मासु उपभोग हुने गरेको छ ।

यस्तै वार्षिक एक अर्ब २० करोड २१ लाख ६६ हजार अन्डा उत्पादन हुने र प्रतिव्यक्तिको भागमा वर्षमा ४४ अन्डा पर्ने गरेको छ । पोल्ट्री व्यवसायबाट सो आवमा रु ३३ अर्ब ७२ करोड ४० लाख २३ हजारको आम्दानी भएको देखिएको छ ।

उक्त प्रतिवेदनमा २०३१ देखि २०७१ सालसम्मको १०÷१० वर्षभित्र सञ्चालित पोल्ट्री फार्मको सङ्ख्या उल्लेख गरिएको छ । जसमा २०६१ देखि २०७० सम्म सबैभन्दा बढी १९ हजार ८६४ वटा फार्म सञ्चालन गरिएको देखिएको छ ।

व्यावसायिक रुपमा सबैभन्दा बढी कुखुरा, अन्डा उत्पादन गर्ने पाँच जिल्लामध्ये पहिलोमा चितवन परेको छ भने दोस्रो, तेस्रो, चौथो र पाँचौँमा क्रमशः मकवानपुर, नवलपरासी, दाङ र भक्तपुर रहेका छन् । चितवनले कुल उत्पादनको ६८ प्रतिशत उत्पादन गर्ने गरेको छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य डा विजयबहादुर कुँवरले नेपालको अर्थतन्त्रमा पोल्ट्री व्यवसायले ठूलो योगदान पु¥याएको बताउँदै यो व्यवसायलाई नाफामूलक र मर्यादित बनाउनुपर्नेमा जोड दिएका थिए । पशुपक्षी विकास मन्त्रालयका सहसचिव श्यामप्रसाद पौडेलले पोल्ट्रीसम्बन्धी यकिन तथ्याङ्कका अभावमा अहिलेसम्म ठोस योजना तर्जुमा गर्न नसकेको बताउँदै यो तथ्याङ्कले आगामी दिनमा यस क्षेत्रमा सुधार गरी आयातलाई प्रतिस्थापन गर्ने र आन्तरिक मागलाई पूरा गर्नतिर लाग्नुपर्नेमा जोड दिएका थिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु