२६ पुष २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

रातो हुनुपर्नेमा कफी कालो भोः किसान चिन्तित

१७ फाल्गुन २०७६, शनिबार ०५:०२

फागुन १७, पाल्पा | पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७, सुकदमारमा कफीमा तुसारोले दाना खस्न थालेपछि किसान चिन्तित भएका छन् । यहाँका किसानको प्रमुख आम्दानीको स्रोत व्यावसायिक कफी खेती हो । कफी पाक्दा रातो हुनुपर्नेमा कालो हुँदैै बोटबाट झर्न थालेपछि किसान चिन्तित बनेका हुन् ।

स्थानीयवासी मुगीसरा लम्तरीले तुसारोका कारण यस वर्ष कफी नटिपिएको र टिप्न नपाउँदै झर्दा आम्दानी हुन नसकेको बताउनुभयो । कफी खेती गरी घर खर्च चलाउने यहाँका किसानले यसपालिका उत्पादित कफीबाट मनग्ये आम्दानी लिन नसकेका हुन् । 

उहाँले कफीबाट गत वर्षमा दश १५ हजारभन्दा बढी आम्दानी गरेको र यसपटक आम्दानी लिन असफल भएको गुनासो पोख्नुभयो । स्थानीयवासीले कफीमा तुषारोका कारण रोग लागे भनेपनि प्राविधिकरुपमा कुन रोग लागेको पहिचान हुन सकेको छैन । सुकदमारका कफी खेती गर्ने किसानलाई प्राविधिक ज्ञानको अभाव छ । अहिले रोग लागेपछि त्यसको रोकथाम चुनौती देखिएको छ ।

कफीका देखिएको रोगको पहिचान गरी उन्मूलन गर्न नसकेकोे लम्तरीले बताउनुभयो । कम लगानीमा प्रशस्त आम्दानी हुँदा पाल्पाका किसान कफी खेतीतर्फ आकर्षित हुँदै आएका थिए तर, स्थानीयवासीले प्रशस्त आम्दानी गर्न कफी लगाए पनि यसमा रोगले आक्रमण गरेपछि किसान चिन्तित बन्नुपरेको स्थानीयवासी लिलाबहादुर बरालले बताउनुभयो । 

जिल्लामा गत आर्थिक वर्ष २०७५/०७६ मा २५ ट्रन कफी उत्पादन भएको थियो । जिल्लाको तानसेन नगरपालिका, रैनादेवी, बगनासकाली गाउँपालिका व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । जिल्ला कफी सङ्घका अनुसार कफी व्यावसायिक वार्षिक रु २५ हजारदेखि तीन लाखसम्म आम्दानी हुँदै आएको छ ।

गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले प्रधानमन्त्री कृषि कार्यक्रमअन्तर्गत यस गाउँपालिकामा एक करोडको कार्यक्रम रहेको जानकारी दिनुभयो । उहाँले गाउँपालिका क्षेत्रबाट वार्षिक रु एक करोडभन्दा बढी कफी जिल्ला बाहिर निकासी हुने बताउनुभयो ।

बाँदरले अन्न बालीमा क्षति गर्न थालेपछि यहाँका किसानले व्यावसायिक रुपमा कफी र दालचिनी उत्पादन गर्दै आएका थिए । व्यावसायिक रुपमा उत्पादित कफी खेतीमा समेत रोग लागेपछि किसान चिन्तित बनेका हुन् । कफी स्थानीयस्तरमा सङ्कलन गरी रुपन्देही जिल्लामा निर्यात हुन्छ । जिल्लामा उत्पादित कफी काठमाडौँ हुँदै विदेशमा समेत निर्यात हुन्छ ।

गत वर्ष राम्रो आम्दानी हुँदै आएको यस वर्ष कफी खेती राम्रो उत्पादन भए पनि फलबाट आम्दानी लिने वातावरण नभएको जनाइएको छ । जिल्लाको पश्चिम क्षेत्रको रैनादेवी छहरा गाउँपालिकाको सत्यवती, जुठापौवा, बल्ढेगढी, सुकदमार, चिदीपानी, काउले, गहतेमा व्यावसायिक रुपमा कफी खेती हुँदै आएको छ । पछिल्लो समय रोगका कारण किसान चिन्तित छन् । स्थानीय तहमा कफी सङ्कलन केन्द्र स्थापना गरी व्यावसायिक बनाउन सकेको अवस्था कफी खेतीबाट युवाले प्रशस्त आम्दानी गर्न सक्ने व्यवसायीको दाबी छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचनका लागि कर्णालीमा नौ हजार सात सयभन्दा बढी ‘म्यादी’ प्रहरीको माग आयल निगम प्रतिस्पर्धी बन्नुपर्नेमा मन्त्री सिन्हाको जोड निर्वाचनमैत्री वातावरण बनाउनमा अध्यक्ष ओलीको जोड ‘बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ’ ग्रिनल्याण्डसँग अमेरिकाले ‘सजिलो’ वा ‘कडा’ तरिका प्रयोग गर्नेछ : राष्ट्रपति ट्रम्प कठिन परिस्थितिमा पनि प्रहरी सुरक्षामा प्रतिबद्ध छः प्रहरी महानिरीक्षक कार्की चार खानी मजदुरको निस्सासिएर मृत्यु एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक सुरु निर्वाचन सुरक्षामा कुनै ‘कम्प्रोमाइज’ हुँदैन, ढुक्क भएर निर्वाचनमा भाग लिनुहोस्ः सशस्त्र प्रहरी प्रवक्ता थापा इयू र भारत व्यापार सम्झौताको नजिक विशेष महाधिवेशन पक्षधरको आजको कार्यक्रम स्थगन नेपाल पत्रकार महासङ्घका पूर्वसभापति दाहालको निधन कम्पनीको कागजात दुरूपयोग गर्ने उप्रेती पक्राउ यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर निर्वाचनमा सामाजिक सञ्जालबाट प्रवाह हुनसक्ने नकारात्मक सन्देशलाई रोकिने बारुदी सुरुङ तथा विस्फोटक पदार्थका विषयमा सरोकारवालासँग छलफल प्रधानमन्त्रीसँग निर्वाचन आयुक्तहरूको भेट : निर्वाचन आचारसंहिता माघ ३ गतेदेखि लागू हुने भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा कांग्रेसका झण्डाले सिँगारिए उपत्यकाका सडक दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला