२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

अलैँचीमा नयाँ कीराको प्रकोप, पूरै बगान सुक्दै

२९ बैशाख २०७७, सोमबार ०६:२७

वैशाख २९, काठमाडौँ | पाँचथरको याङवरक गाउँपालिकामा नयाँ प्रकारको किराले अलैँची नष्ट गर्न थालेको छ । नयाँ किराको प्रकोपले अलैँची सखाप हुँदै गएपछि यहाँका कृषक चिन्तित बनेका छन् । अघिल्लो वर्ष केही स्थानमा देखिएको सेतो किराले यस वर्ष अलैँचीको सबै पात खाएपछि अलैँचीका बगान सुक्न थालेका हुन् ।

गत वर्ष केही बोटमा देखिएको यो प्रकोपले यस वर्ष गाउँपालिका–२ फलैंचामा प्रकोपको रूप लिएको छ । अलैँचीको पातमुनि बसेर पात खाने किरा रातको समय बढी सक्रिय हुन्छ । फागुनदेखि उक्त किराको प्रकोप शुरु हुन्छ । गत वर्ष नियमित वर्षा हुने समयसम्म किराको सामान्य प्रकोप रहेकामा यस वर्ष अलैँची बाली नै सखाप पार्दै लगेको याङवरक–२ का अलैँची कृषक प्रेमराज योङहाङले बताउनुभयो । 

उक्त किराको प्रकोपले स्थानीयवासी चिन्तित बनेका छन् । आफ्नो करिब २०० रोपनी क्षेत्रफलमा लगाइएको अलैँचीको बगान सुकेर गएको कृषक समीर बेघाको भनाइ छ । प्रकोप शुरु भएको केही दिनमै सयौँ रोपनी क्षेत्रफलमा फैलिएको अलैँची बगान सुकेर गएको अर्का कृषक भीम केरुङले बताउनुभयो ।

यो किराले शुरुमा अलैँचीको पात खान्छ । किराले पातपछि डाँठ र फूलसमेत खाएपछि यहाँका अलैँची धमाधम मर्न थालेका छन् । अलैँचीमा लागेको यो प्रकोप एक प्रकारको पुतलीको लार्भाबाट फैलिएको हो । पुतलीको फुलबाट बढेकोे लार्भा किराको रूपमा परिवर्तन भएपछि त्यसले अलैँचीको पात र अन्य भाग खाने गरेको पाइएको कृषि ज्ञान केन्द्र पाँचथरका प्रमुख सागर विष्टले वताउनुभयो । यो समस्या गत वर्ष पाँचथरको फिदिम नगरपालिका–८ मा समेत फाट्टफुट्ट देखिएको उहाँको भनाइ छ ।

उक्त किराको प्रकोप बढ्दै गए केही महिनामै आफ्नो वडाका सबै अलैँची बगान सखाप हुने याङवरक गाउँपालिका–२ का वडाध्यक्ष देउकुमार योङहाङले बताउनुभयो । नयाँ किराको प्रकोपले अलैँचीमा महामारीको रूप लिन नदिन आफूहरुले पहल थालेको वडाध्यक्ष योङहाङको भनाइ छ । किराको प्रकोपले अलैँची बगान सुक्दा हालसम्म एकै वर्षमा करिब रु ५० लाख बराबरको आम्दानी गर्ने अलैँची बगान सखाप भएको वडाध्यक्ष योङहाङले वताउनुभयो । 

अलैँचीमा नयाँ प्रकोप देखिएपछि कृषि ज्ञान केन्द्र पाँचथर र याङवरक गाउँपालिकाको प्राविधिक टोलीले स्थलगत निरीक्षण, रोग पहिचान र विषादी छर्ने काम थालेको छ । यो समस्याबाट अलैँचीलाई जोगाउन गाउँपालिका र कृषि ज्ञान केन्द्रबाट आसपासको क्षेत्रमा विषादी छर्न तथा प्रकोप फैलनबाट बचाउन प्राविधिक टोली खटाइएको ज्ञान केन्द्रका प्रमुख विष्टले जानकारी दिनुभयो । किराको प्रकोप हालसम्म करिब १५ सय रोपनी अलैँची बगानमा फैलिएकाले नियन्त्रण गर्न सकिने प्राविधिकले बताएका छन् । 

जिल्लाका अन्य क्षेत्रमा अलैँचीमा विभिन्न रोगले उत्पादनमा ह्रास आए पनि फलैँचामा यस्तो समस्या देखिएको थिएन । “अन्न फल्ने बारीमा अलैँची रोपियो तर यसपालि किराले पूरै बगान सखाप पा¥यो”, स्थानीय कृषक धनकुमार बेघाले भन्नुभयो । पाँचथरमा दुई हजार ९२० हेक्टर क्षेत्रफलमा अलैँची बगान रहेको कृषि ज्ञान केन्द्रको तथ्याङ्क छ । यहाँ अलैँचीको उत्पादन बढाउन एक स्थानीय तहमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, एक स्थानमा अलैँची ब्लक विकास कार्यक्रम र पाँच स्थानमा अलैँची पकेट क्षेत्रका कार्यक्रम कार्यान्वयनको चरणमा रहेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान