२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बडिमालिकाबाट स्वास्थ्य र कृषिमा प्राथमिकता

२०७७, ९ असार मंगलवार ०३:४४

असार ९, बाजुरा | बडिमालिका नगरपालिकाले आगामी वर्षका लागि रु ३७ करोडको वार्षिक बजेट ल्याएको छ ।  नगरपालिकाको सातौंँ नगरसभाबाट आर्थिक वर्ष २०७७/७८ का लागि नगरपालिकाले  स्वास्थ्य र  कृषिलाई बढी तथा त्यसपछि शिक्षा र रोजगारीलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।

नगरसभामा उपप्रमुख कविता विष्टले  चालुतर्फ रु १७ करोड १५ लाख ४८ हजार र पूँजीगततर्फ रु २० करोड ७७ लाख ६८ हजारको बजेट सोमबार प्रस्तुत गर्नुभयो । 

शोधभर्ना गर्ने गरी आन्तरिक आम्दानीबाट रु ३७ लाख ९० हजार पाँच सय र संघीय सरकार समानीकरण अनुदानबाट रु १० करोड ८१ लाख बराबर पाउने गरी बजेट सोमबार सार्वजनिक गरिएको नगर प्रमुख पदम बडुवालले बताउनुभयो । 

सामाजिक र पूर्वाधार विकास, आर्थिक उन्नति तथा  संस्थागत सुदृढीकरणमार्फत सभ्य समाज र आर्थिक रुपमा समृद्ध नगर निर्माण गर्दै जानेलगायत कार्यक्रमलाई प्राथमिकता दिएर बजेट विनियोजन गरिएको उपप्रमुख  विष्टले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने