६ बैशाख २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अछाम - ACM

आज असार १५, दहि चिउरा खाने दिन

१४ असार २०७७, आईतवार २०:१६

असार १५, काठमाडौँ | आज असार १५- खेतमा धानको बिउ रोपेर धान दिवस मनाइँदैछ । साथै आज दहिचिउरा खाने दिन पनि हो । 

आज देशभर रोपाँई सहितका विभिन्न कार्यक्रम गरी राष्ट्रिय धान दिवस मनाइँदैछ । नेपालमा वि.सं. २०६२ साल यता असार १५ लाई राष्ट्रिय धान दिवसका रूपामा मनाउन थालिएको हो । भोकमरीबाट मुक्तिका लागि संयुक्त राष्ट्रसंघले समेत सन् १९६६ लाई धानबाली बर्षका रूपमा मनाएको थियो ।

धान दिवसका अवसरमा कृषि क्षेत्रसँग सम्वन्धित संघसंस्थाहरुले समेत खेतमा रोपाँई लगायतका कार्यक्रमहरु आयोजना गरि यो दिवस मनाउने गरेका छन् । तर यो पटक कोरोना संक्रमणको पहिले जस्तो यो दिनको उल्लास नहुने देखिएको छ ।  मानो रोपेर मुरी फलाउने अवसरका रुपमा देशभरी रोपाँई गरिंदैछ । कोरोना महामारीकै बीच अहिले खेतखेतमा रोपाँईको चटारो छ । आजको दिन खेतमा रोपाई छ भने खाजाको रुपमा दहीचिउराको प्रयोग हुन्छ साथै घरघरमा पनि दहि चिउरा खाने गर्छन्, त्यसो त आजको दिन सहरमै पनि दहीको अत्याधिक माग हुन्छ । 

रोपाँईमा असारको फल मानिने आँप, कटहर सहित दहि र चिउरा खाने चलन पनि छ । यसरी रोपाँईसँगै दहि चिउरा खाने चलन रहेकोले आजको दिनलाई दही चिउरा खाने दिन भनिएको हो । यसरी दहि चिउरा खाँदा शरीरलाई उर्जा प्राप्त हुन्छ । खेतिपातीको हिलोमैलोले शरीर थाक्ने हुँदा दही चिउराले शक्ति प्रदान गर्ने र बाँकी खेतीपाती पनि सजिलै सम्पन्न हुन्छ । दही चिउरा खाँदा गति परिने पनि विश्वास छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यालयका प्रधानाध्यापक मृत भेटिए बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन : आफ्नै गाउँ फर्किए, गाउँपालिकाद्एवारा एक लाख प्रदान दाङमा बस दुर्घटना हुँदा दुई जनाको मृत्यु एमाले हुलबाट निर्देशित हुने पार्टी होइन : अध्यक्ष ओली प्रधानमन्त्रीले १६ दिनदेखि आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिलाई छलफलमा बोलाए बिस्केट जात्राको अन्तिम दिन हात नभएको लिङ्गो ढालियो बारामा टिपर र कार ठोक्किँदा दुई जनाको मृत्यु तोकिएको समयभित्र दर्ता नहुने सामाजिक सञ्जालमाथि प्रतिबन्ध लाग्छ : पृथ्वीसुब्बा गुरुङ घनश्याम उपाध्यायले ३० वटा अतिरिक्त सचिव थप्दा वार्षिक ७ कारेड रुपैयाँ खर्च बढ्ने उल्लेख गरे गभर्नरमा डा. गुणाकर भट्टको योग्यता नपुग्ने भन्दै सर्वोच्चमा रिट दर्ता, आइतबार पेसी भारतमा सिकेको स्याउखेतीको सीपलाई मुस्ताङमा ब्यूँताउने जमर्को तातोपानी नाकाको निरीक्षणमा पुगिन् परराष्ट्रमन्त्री डा. आरजु राणा राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा स्थगित नभएको स्पष्ट पारे कानुन समितिको वार्षिक प्रतिवेदन पारित, संसद्को आगामी बैठकमा पेस गर्ने प्रचण्डले तिलौराकोट पुगेर सिद्धार्थ गौतम बुद्धको ऐतिहासिक घर रहेको प्राचीन स्थलको अवलोकन गरे सरकार परिवर्तनको हल्ला असत्य हो, ढुक्कले काम गर्नुस् : केपी शर्मा ओली राप्रपा महामन्त्री डा. धवलशम्शेर राणालाई उपचारका लागि छोड्ने तयारी विश्वप्रकाश शर्माको शिक्षकहरुलाई जस्तै निजामती कर्मचारीलाई पनि सडक आन्दोलन गर्न बाध्य नबनाउन आग्रह शिक्षकहरूको सडक आन्दोलनले गर्दा सर्वसाधारणलाई सास्ती नेपाल सरकारका मुख्य सचिव अर्यालले भावनामा बगेर निजामती ऐन बनाउन नहुने बताए