२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

कर्णालीमा पनि आइपुग्यो सलह

१७ असार २०७७, बुधबार १६:२६

असार १७, सुर्खेत | केही दिनअघि नेपालमा प्रवेश गरेको सलह किरा कर्णालीमा आइपुगेको छ । सल्यानका विभिन्न स्थान र सुर्खेतको लेकवेंशी नगरपालिका–३ दशरथपुरमा सलहको सानो समूहमा देखिएको कृषि अनुसन्धान केन्द्र (नार्क) दशरथपुरले जनाएको छ ।

नार्कका सूचना अधिकारी केशवराज पोखरेलले दशरथपुरमा सानो समूह देखिए पनि कर्णाली प्रदेशमा सलहको बथान प्रवेश गरिसकेको बताउनुभयो । “दशरथपुरमा सानो समूह देखिए पनि कर्णालीमा सलहको बथानै आइसकेको हुनसक्छ,” उहाँले भन्नुभयो, “अब सलह नियन्त्रणका लागि किसानले सजगता अपनाउने समय आइसक्यो ।” 

सुर्खेतमा सलह देखिएसँगै कर्णाली प्रदेशले उच्च सतर्कता अपनाउने तयारीमा जुटेको छ । सलहलाई धपाउने उपायको खोजी गर्दै १० वटै जिल्लास्थित कृषि विकास कार्यालय र कृषिसँग सम्बन्धित गैरसरकारी सङ्घसंस्थालाई निगरानी राख्न भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयले सलह नियन्त्रणमा कुनै बेग्लै योजना नबनाए पनि यसलाई धपाउन वा नियन्त्रण गर्न कृषिसँग सम्बन्धित सरकारी तथा निजी क्षेत्रसँग समन्वय भइरहेको जनाएको छ ।

मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ हरिप्रसाद पण्डितले सलहले खेतीबालीमा ठूलो क्षति पुर्याउन सक्ने हुँदा धानको बीउ छोप्न, ठूलो आवाज आउने गरी ड्रम बजाउन सकिने बताउनुभयो । “कर्णालीको सन्दर्भमा विषादी छर्कन सम्भव छैन्,” उहाँले भन्नुभयो, “सबैभन्दा उत्तम विकल्प नै ड्रम, थाली बजाउनु नै हो ।” ठूलो आवाज निकाल्दा सलहको बथान भाग्न सक्ने विज्ञहरुको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान