३१ चैत्र २०८१, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्न दूधमा अनुदान

२१ असार २०७७, आईतवार ०१:३६

असार २१, रुकुमपश्चिम |  चालु आर्थिक वर्ष २०७६/७७ देखि दूध बिक्री गर्ने किसानलाई प्रोत्साहनस्वरुप अनुदान दिन शुरु गरेको रुकुमपश्चिमको मुसीकोट नगरपालिकाले आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने भएको छ । यो वर्षको कार्यक्रम सफल भएको निष्कर्षसहित नगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ मा पनि दूधमा अनुदान दिने कार्यक्रमलाई निरन्तरता दिने भएको हो ।

व्यक्तिगतरूपमा दूध उत्पादनमा लागेका किसानलाई लक्षित गरेर ल्याइएको यो कार्यक्रम चालु वर्षमा राम्रो भएकाले अर्को वर्षका लागि पनि यसलाई निरन्तरता दिन लागिएको नगरप्रमुख देवीलाल गौतमले जानकारी दिनुभयो । नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति, कार्यक्रममा दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिइएको उल्लेख छ । 

नगरपालिकाले यो वर्ष दूधमा प्रतिलिटर रु तीन अनुदान दिएको थियो । दूध उत्पादनलाई बढाउन प्रोत्साहनस्वरुप किसानलाई प्रतिलिटरमा अनुदान दिने कार्यक्रम नगरपालिकाले बनाएको थियो । रु एक लाख ६० हजार बजेटको व्यवस्थासहित बनाइएको यो कार्यक्रममा चाल आर्थिक वर्षमा एक लाख १५ हजार खर्च भएको नगर पुश सेवा शाखा प्रमुख सरस्वती सापकोटाले बताउनुभयो । 

उहाँका अनुसार यो वर्ष १८ दूध उत्पादक किसानले अनुदान प्राप्त गरेका छन् । अनुदान पाउनका लागि कम्तीमा ५०० लिटर दूध उत्पादन गरेको हुनुपर्ने प्रावधानअनुसार नगरभरका व्यक्तिगतरूपमा दूध उत्पादन गरिरहेका १८ किसानले कम्तीमा रु एक हजार ५०० देखि बढीमा रु २४ हजार ६०० सम्म अनुदान पाएको सापकोटाको भनाइ छ । 

अनुदानका लागि वर्षभरिमा कम्तीमा ५०० लिटर दूध उत्पादनका साथै नगरमा सूचीकृत डेरीमा दूध बिक्री गरेको हुनुपर्ने नियम तोकिएको थियो । आगामी वर्षसमेत यो कार्यक्रमले निरन्तरता पाउने भए पनि चालु वर्षकै अनुसार सञ्चालन गर्ने कि नयाँ विधिबाट सञ्चालन गर्ने भन्नेबारेमा यकिन भइसकेको छैन । 

आगामी वर्षका लागि नगरपालिकाबाट भैँसी प्रवद्र्धन कार्यक्रमका लागि रु २१ लाख ८० हजार विनियोजन भएको छ भने सङ्घीय सरकारबाट पनि यो शीर्षकमा यति नै मात्रामा बजेट आएको नगरपालिकाले जनाएको छ । दूधमा अनुदान कार्यक्रम यसै शीर्षकको बजेटबाट सञ्चालन हुने र बजेट विनियोजन हुन बाँकी रहेको नगर पशु सेवा शाखा प्रमुख सापकोटाले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इसेवाले नेपालभरका लागि दुई सय जना बजार प्रतिनिधिको माग गर्यो अनमोल केसीको मुख्य भूमिका रहेको फिल्म ‘जेरी अन टप’ को प्रदर्शन मिति तोकियो अवैध लागुऔषधसहित १७ जना पक्राउ प्रधानमन्त्री ओलीले तीन जिल्लाका सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गरे रवि लामिछानेको मुद्दा सर्वोच्‍च अदालतका न्यायाधीश टेकप्रसाद ढुंगानाको इजलासमा वीरगन्ज सर्वदलीय बैठक : विवाद समाधानका लागि ३ बुँदे प्रतिबद्धता भक्तपुरको बिस्केट जात्राको अवसरमा आज हात नभएको लिङ्गो उठाइयो लुम्बिनीमा चैत्र पूर्णिमा मेला पाँच दिनसम्म मनाइँदै वीरगन्ज महानगरपालिका क्षेत्रमा कर्फ्यु अवधि थपियो शिक्षकहरूले तत्काल शिक्षा ऐन जारी गर्न सरकारसँग माग गरे सहकारी पीडितको आन्दोलनले रत्नपार्क–सुन्धारा क्षेत्रको सवारी आवागमन अस्तव्यस्त टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा नयाँ सरकार बन्ने सम्भावना औंल्याए विपद्जन्य घटनामा एक वर्षमा ७४५ जनाको मृत्यु सुनको मूल्यमा नयाँ रेकर्ड यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य कर्णालीमा हरेक वर्ष बग्छन् करोडौँका काठ काठमाडौँ उपत्यकामा बिहानदेखि हल्का वर्षा नेपाली चलचित्र क्षेत्रका लागि २०८१ समग्रमा सुखद वर्ष नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा भुवनसिंह गुरुङ निर्वाचित