२०८२, ४ फाल्गुन सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

विदेश छाडेर गाई पाल्छन् युवा

२०७७, १४ कार्तिक शुक्रबार १०:३९

कात्तिक १४, बागलुङ | बागलुङ जिल्लाको जैमिनी नगरपालिका– १ कुश्मीशेराका गुरुदत्त आचार्य बिहान, बेलुका झोला बोकेर दगुरी रहेको देखिनुहुन्छ । ठूलो प्लाष्टिकको भाँडा झोलाभित्र हुन्छ, त्यो भाँडाभरिको दूध हातमा समाउँदा हात गल्ने भएकाले उहाँले झोलामा राखेर बोक्नुहुन्छ र झण्डै डेढ किलोमिटरको तल रहेको दुग्ध सङ्कलन केन्द्रमा पुग्नुहुन्छ । उहाँको घर केन्द्रदेखि उकालो लाग्दा डेढ किलोमिटरमा पुगिन्छ ।

बिहान ७ बजे र बेलुका ५ बजे दूध बोकेर सङ्कलन केन्द्र पुग्ने उहाँको दैनिकी हो । उहाँले जीवनको झण्डै आठ वर्ष मलेसियामा बिताउनुभयो । त्यहाँ तरकारी बारीको काम थियो । गाडीमा तरकारी राख्ने र झार्ने काम हुन्थ्यो । सानोतिनो कमाइ, लामो समयसम्म प्रगति नभएपछि उहाँ घर फर्किनुभयो । अहिले उहाँले गाउँमै गाई पाल्न थाल्नुभएको छ । गोठमा बाँधेका तीनवटा गाई र एउटा भैँसीले दिने दूधले आम्दानी राम्रै भएको छ । त्यसैले त उहाँ हरेक दिन दगुर्नुहुन्छ ।  

उहाँ मात्रै होइन उहाँको अघिपछि दूध बोकेर सङ्कलन केन्द्र पुग्नेको लस्कर हुन्छ । घरमा फुर्सदिला व्यक्ति भएका कसैले घरको काम गर्छन्, कोही दूध बोकेर सङ्कलन केन्द्र पुग्छन् भने घरमा थोरै जहान भएका विशेष गरी महिला स–साना बच्चालाई घरमै सुताएरै भए पनि आफ्ना घरको दूध सङ्कलन केन्द्र पु¥याउँछन् । कुश्मीशेरामा विदेशबाट फर्किएर गाईभैँसी पाल्न थालेका धेरै युवा छन् । गुरुदत्त आचार्य, दिनानाथ आचार्य, लक्षमण पौडेल, विकास पौडेल, चक्रपाणि शर्मालगायतका युवा उदाहरण मात्रै हुन् । 

यहाँका वैदेशिक रोजगारी गएका युवाका परिवारले पनि राम्रो दूध उत्पादन गर्छन् । उनीहरुको विदेशबाट आउने जत्तिकै कमाइ घरमा पनि छ । यहाँका विदेश गएर फर्किएका युवाको सक्रियतामा कुश्मीशेरामा दैनिक ७०० लिटर दूध उत्पादन हुन्छ । गाउँमै भएका शिक्षक, कर्मचारी, र केही कृषि तथा पशुका प्राविधिकको सक्रियताले उनीहरुलाई साथ दिएको छ । कुश्मीशेरामा दूधको उत्पादन गर्ने मात्रै दुई वटा सहकारी संस्था छन् । सबैजना त्यही सहकारीमा आवद्ध छन् । 

केही वर्ष पहिले स्थापना भएको पल्लोपाखा दुग्ध उत्पादक सहकारी संस्थाले नियमित दूधको सङ्कलन र बिक्री गर्दै आएको छ । जहाँ गाउँका अधिकांश किसानको शेयर छ । पछिल्लो एक वर्ष पहिले विदेशबाट फर्किएका युवाको धेरै सहभागिता रहेको जैमिनी दुग्ध उत्पादक सहकारी खुलेको छ । दुबै सहकारीले हरेक दिन ७०० लिटर दूध सङ्कलन गर्छन् ।

गाईभैँसी पालनमा लागेका युवालाई कसैसँग गफिएर बस्ने फुर्सद छैन् । दिनभर गोठमा रहेका गाईभैँसीको दानापानी र बिहान बेलुका दूध पु¥याउन पुग्नुपर्ने बाध्यता छ । उनीहरु त्यहीबाट आउने कमाइले सन्तुष्ट छन् । 

“विदेशमा हुँदा साहुले कहिले दिन्छ र घर पठाउने भने कुर्नु पर्दथ्यो, अहिले आफ्नो हिसाब आफैसँग छ”, किसान विकास पौडेल भन्नुहुन्छ, “दिनभर खुवाउने दाना र घाँसले २४ घण्टाको आम्दानीको हिसाब आउँछ ।” विदेशमा कमाएको भन्दा गाईपालेर कमाएको कमाइको माया लाग्छ रे उनीहरुलाई । “दुःख छ तर कमाइ हुँदा मनै आनन्दित हुन्छ, खर्च कटाउदा बचेको आफ्नै हो जस्तो लाग्छ”, किसान गुरुदत्त भन्नुहुन्छ, “घरमा जहानको साथ, बेला मौकाका पर्व र चिसो पानी, यही हो आनन्द, अव विदेशको नाम पनि लिन्न ।”

यहाँ उत्पादन भएको दूध पर्वतको सदरमुकाम कुश्मा बजार, बागलुङ बजारलगायतका ठाउँमा बिक्री हुन्छ । किसानले एक लिटर गाईको दूधको ५८ रुपैयाँ देखि ६५ रुपैयाँसम्म गुणस्तरको आधारमा पाउँछन् । सहकारीले भने बजारमा ८० देखि ९० रुपैयाँमा बिक्री गर्ने गरेको छ । 

“सहकारीमा खर्च कटाएर रहेको रकम पनि कहाँ जान्छ र हाम्रै हो, शेयर हामी किसानकै छ”, सहकारीका अध्यक्ष टीकाराम पौडेलले भन्नुभयो, “जम्मा भएको रकम वर्षदिनमा हिसाब गरेर दूध बिक्री गरेको आधारमा शेयर सदस्यलाई नै जान्छ ।” मेहनत गर्ने यहाँका युवाले महिनामा ४० देखि ८० हजार रुपैयाँसम्मको दूध बिक्री गर्ने गरेका छन् । घरखर्च कटाएर राम्रो आम्दानी दूधमा देखेपछि विदेशबाट फर्किएका युवा गाईभैँसी पालनमा आकर्षित भएको स्थानीय शिक्षक टेकनारायण आचार्य बताउनुहुन्छ । युवाहरुले गाईभँैसीपालनका अतिरित्त तरकारीखेती,  कुखुरापालन र केराखेती समेत गर्दै आएका छन् भने आधुनिक प्लाष्टिक घरमा तरकारी र गोलभेँडासमेत फलाएर बिक्री गर्छन् ।

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ