२०८२, १६ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

धमाधम उखु पेल्दै किसान

२०७७, २६ कार्तिक बुधबार ०५:२२

कात्तिक २६, महोत्तरी । महोत्तरीका उखु किसान दीपावली (तिहार) पर्वको मुखमा धमाधम उखु पेल्न लागेका छन् । दीपावली र लगत्तै आउने छठ पर्वमा मिठ्ठा (सक्खर) को माग निकै हुने बेला पारेर किसान उखु पेल्न जुटेका हुन् ।

अहिले घरमा पेलिएको उखुको सक्खर आम उपभोक्ताको रोजाइमा पर्ने भएपछि किसानको यस काममा व्यस्तता बढेको हो । जिल्लाको बर्दिबास, भङ्गाहा, गौशाला र औरहीसहित उखु खेती निकै गरिने नगरपालिका क्षेत्रका बस्ती÷बस्तीमा अहिले घरघरैजसो तुर्पिन (उखु पेल्ने उपकरण) चलिरहेका भेटिन्छन् ।

“अहिले चाडपर्वले मिठ्ठाको माग निकै छ, त्यसैले तत्काल नगद हात पर्ने हुँदा उखु पेल्न थालिएको हो”, भङ्गाहा–४ प्रेमनगरका किसान सुफल महतोले भन्नुभयो, “अन्य बित्दो खेतीको काम नभएको र चाडपर्व मनाउन तत्काल नगद पाइने हुँदा उखु पेल्न लागेका हौँ ।” चिनी मिल (उद्योग) को चलान कहिले खुल्ने टुङ्गो नहुने र भुक्तानी पनि समयमा नपाउने भएपछि उखु पेल्न थालिएको किसानको भनाइ छ । 

अहिले बर्दिवास नगरपालिकाका किसाननगर, मनहरिपुर, कृष्णपुर, फूलबारीटोल, बिजलपुरा, खजुरिया, पशुपतिनगर, हाथीलेट र प्रेमनगरसहितका बस्तीमा आम किसानलाई उखु पेल्ने चटारो देखिँदैछ । दीपावली मुखमै आइसकेको र पर्वअघि मिठ्ठा बजार पुर्याउन सके अपेक्षित मूल्य पाइने किसान बताउँछन् । भङ्गाहाको प्रेमनगर, रामनगर, टोकाटोल, राजपुर, भूचक्रपुर र सीतापुर धतीयाटोलका घरघरै पनि अहिले उखु पेल्ने तुर्पिन चलिरहेका छन् ।

यस्तै औरहीका बस्ती र एभरेष्ट सुगर ऐण्ड केमिकल इण्डष्ट्रिज रहेकै गौशाला नगरपालिकाको रामनगर बस्तीमा पनि आम किसान उखु पेल्न र रस पकाएर सक्खर बनाउन व्यस्त देखिएका छन् । गौशालामा उखु खेती निकै गरिने इटाटार, रजखोर, भरतपुरखोर, कालीपुर, बटुवा, लक्ष्मीनिंयाँ, पडरिया र कान्तिबजार बस्तीमा पनि उखु पेल्ने धमाधमले छोपेको देखिन्छ । दीपावली र छठलाई केन्द्रित गरी बनाइएको मिठ्ठा (सक्खर) राम्रो मूल्यमा बिक्ने हुनाले उखु पेल्ने अहिलेको मुख्य काम बनेको गौशालाको बटुवा बस्तीका किसान लक्ष्मीप्रसाद कुशवाहा बताउनुहुन्छ ।

केही वर्ष पहिलेसम्म १० हजार हेक्टरमाथि पुगेको उखु खेती पछिल्ला तीन वर्षयता क्रमशः घट्दै गएको छ । एकपटक लगाएपछि कम्तीमा दुई बाली लिन पाइने उखु खेती नगद आर्जनको राम्रो स्रोत भए पनि चिनी उद्योगहरुले भुक्तानीमा निकै झुलाउन थालेपछि घट्दै गएको उखु उत्पादक कृषक सङ्घ महोत्तरीका अध्यक्ष नरेशसिंह कुशवाहाले बताउनुभयो । यसपालि खुट्टी (दोस्रो वर्षको बाली) तीन हजार  हेक्टरको आसपास र मुडन (पहिलो वर्ष लिने उत्पादन) दुई हजार हेक्टरभन्दा तल झरेको कुशवाहाको भनाइ छ । 

“उखु खेती गर्न अग्रिम रकम नपाइने, उखु कटानको ठिक समयमा चलान नपाउने र मूल्य निर्धारण एवं भुक्तानीमा बर्सेनि लामो उल्झन हुन थालेपछि किसानको जाँगर मरेको छ”, अध्यक्ष कुशवाहा भन्नुहुन्छ, “यिनै कारणले किसान अन्य वैकल्पिक खेतीतिर लागेका र भएको उखु पनि आफैँ पेल्न थालेका हुन् ।”

जिल्लामा उखु खेतीका लागि उपयुक्त उर्वर माटो र वातावरण भए पनि यसका लागि राज्य र चिनी उद्योगहरुले किसानलाई उत्साहित बनाउन नसकेको आम किसानको गुनासो छ । किसानलाई उत्साहित बनाउने योजना बन्नसके जिल्लामा उखु खेती फस्टाउने प्रशस्त सम्भावना रहेको सङ्घको ठम्याइ छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला