४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाउने व्यापारी थुनामा

१३ मंसिर २०७७, शनिबार १४:४२

मङ्सिर १३, परासी | दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का एक व्यापारी थुनामा परेका छन् । 

पहेँलो सुकेको केराउ (मटर)लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि सञ्चालक गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण सम्बन्धी मुद्दा दायर गरेको थियो । 

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले प्रतिवादी गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलानसमेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनका आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिएको भन्दै सोही ऐनको दफा ५ (१) बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ स्पा र होटलहरूबाट आठ बालिकाको उद्धार, पाँच जना पक्राउ रास्वपाबाट समानुपातिक तर्फ ३५३ जनाले दिए उम्मेदवारी, १२ र १३ गते प्रारम्भिक निर्वाचन एमाले महासचिवमा पुनःनिर्वाचित पोखरेलको राजनीतिक यात्रा केपी शर्मा ओलीले लिए शपथ रास्वपाद्वारा समन्वय कार्यदल गठन रवि लामिछानेलाई धरौटीमा रिहा गर्न उच्च अदालतको आदेश नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध छ, सञ्चारमन्त्री खरेल निर्वाचन महोत्सव बन्दैछः सञ्चारमन्त्री पाकिस्तानबाट १६७ जना अफगान कैदी स्वदेश फिर्ता अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १९ जना पक्राउ