२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाउने व्यापारी थुनामा

२०७७, १३ मंसिर शनिबार १४:४२

मङ्सिर १३, परासी | दूषित खाद्यपदार्थ उत्पादन तथा बिक्री वितरण गरेको कसुरमा नवलपरासी (बर्दघाट सुस्तापश्चिम)का एक व्यापारी थुनामा परेका छन् । 

पहेँलो सुकेको केराउ (मटर)लाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरेको आरोपमा सदरमुकाम परासीस्थित ऋिद्धिसिद्धि मिष्ठान भण्डारका सञ्चालक विजयकुमार गुप्तालाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको हो ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाले गत वर्षको भदौ ३१ गते बजार अनुगमनको क्रममा पहेँलो केराउलाई कृत्रिम रङमा भिजाएर हरियो बनाई बिक्री गरिरहेको अवस्थामा फेला पारेपछि सञ्चालक गुप्ताविरुद्ध जिल्ला अदालत नवलपरासीमा दूषित खाद्य पदार्थ उत्पादन तथा बिक्री वितरण सम्बन्धी मुद्दा दायर गरेको थियो । 

जिल्ला न्यायाधीश चन्द्रकान्त पौडेलको एकल इजलासले प्रतिवादी गुप्तालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको र कारागार चलानसमेत गरिएको नवलपरासी जिल्ला अदालतका शाखा अधिकृत तीर्थराज शर्माले जानकारी दिनुभयो ।

कार्यालयका खाद्य निरीक्षक श्रवण ढुङ्गानाको प्रतिवेदनका आधारमा यही भदौ १५ गते दायर गरिएको मुद्दामा खाद्य ऐन २०२३ को दफा ३ विपरीत गरेको देखिएको भन्दै सोही ऐनको दफा ५ (१) बमोजिमको सजाय तथा दफा ४१ बमोजिमको क्षतिपूर्ति भराई पाउन माग गरिएको छ । उक्त कसुर प्रमाणित भएमा पाँच वर्षसम्म कैद र रु ५० हजार जरिवाना वा दुवै सजाय हुन सक्ने अदालतले जनाएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने