२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

सिरहा र सप्तरीमा धान उत्पादनमा वृद्धि

२०७७, १५ मंसिर सोमबार ०५:११

मङ्सिर १५, लहान । सिरहा र सप्तरीमा यस वर्ष धान उत्पादनमा वृद्धि भएको छ । समयमा वर्षा भएको, मौसम अनुकूल भएको र रोग किराको प्रकोप कम भएकाले यस वर्ष धान उत्पादनमा वृद्धि भएको हो । यस वर्ष सिरहामा ५४ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ६२ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्र सिरहाका निमित्त प्रमुख किसुनदेव यादवले जानकारी दिनुभयो । 

यस्तै सप्तरीमा ६३ हजार हेक्टर क्षेत्रफलमा प्रतिहेक्टर तीन मेट्रिक टनका दरले एक लाख ८९ हजार मेट्रिक टन धान उत्पादन भएको निमित्त प्रमुख यादवले बताउनुभयो । गत वर्ष प्रतिहेक्टर दुई दशमलव ४५ मेट्रिकका दरले धान उत्पादन भएको थियो । 

यस वर्ष मौसम अनुकूल भएको, रोगकिराको प्रकोप कम भएको र समयमै पर्याप्त वर्षा भएकाले धान उत्पादन बढेको उहाँको भनाइ छ । सिरहामा सोना मन्सुरी, कान्छी, राधा १२, सावित्री, रामधान, मन्सुली, हर्दिनाथ, तरहरा–१, सुगा–३ स्थानीय वास्मतीलगायतको धान व्यापकरूपमा लगाउने गरिएको छ । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित