२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

घरमै पहिलोपटक कृषिमन्त्री पुगेपछि किसान दङ्ग

३० मंसिर २०७७, मंगलवार ०५:५७

मङ्सिर ३०, कर्णाली । भेरीगङ्गा नगरपालिका–५ सुर्खेतको गेरुवानी गाउँले सुगम हुँदा पनि दुर्गमको परिचय दिइरहेको छ । बबई नदीको किनारमा अवस्थित उक्त गाउँका नागरिकलाई आफ्नै वडा कार्यालय घण्टौँ समय लगाएर छिन्चु कालीदमार नजिक पुग्नुपर्दछ । त्यहाँ पुग्न उनीहरूले एउटा पहाड नाघ्नु पर्दछ ।

आउँदा जाँदा नभेटिने तर कामले जाऊँ भनेर मात्र पुग्न सकिने सल्यान जिल्लाको कालिमाटीसँग जोडिएको गेरुवानी गाउँमा पहिलोपटक सोमबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारीमन्त्री विमला केसी घरमै पुगेपछि त्यहाँका किसान खुशीले दङ्ग भएका थिए । मन्त्रीसँग उनीहरूले मौलिक भेटघाट गरेर आफ्ना कुरा भरपुररूपमा राखे । मन्त्रीसँग किसानले खुलेरै आफ्ना समस्या तथा गुनासा राखे । खासगरी नजिकको सरकार नगरपालिका र वडापालिकाबाट अपेक्षित सहयोग नपाएको उनीहरूको गुनासो थियो । 

कुखुरापालक किसान लीलाराम ओलीले कोभिड–१९ को अवधिमा ठूलो क्षति व्यहोर्नुपरेको पीडा पोख्नुभयो । “केही गरौँ भनेर सहकारी, सामुदायिक संस्था र व्यक्तिबाट ऋण लिएर रु ५० लाखको लागतमा लीला कृषि एन्ड पोल्ट्री फार्म निर्माण गरी चार हजार २०० लेस जातका कुखुरापालन व्यवसाय सञ्चालन गरेँ”, ओलीले भन्नुभयो, “रानीखेत रोग लागेर चैत महिनामै सबै कुखुरा मरे । रु ३३ लाख बरारबको क्षति हुँदा पनि कुनै सरकारले राहत सहयोग गरेनन् । सगरमाथा बीमा कम्पनीले भने रु सात लाख बीमा रकम भुक्तानी दिएको थियो ।” उहाँका अनुसार आएको रकम ब्याज तिर्नमै ठिक भएको छ । यसबाट केही गरौँ भन्ने ऊर्जा घटेको र निराशा जागेको उहाँले बताउनुभयो । आपत्विपद्मा सरकार साथमा नहुँदा किसानको जीवनमा बज्रपात हुने गरेको ओलीको भनाइ थियो । 

त्यस्तै किसान बलबहादुर नगालले बर्सेनि बबईमा बाढी आउँदा आफ्ना खेतबारी बगरमा परिणत हुने गरेको दुखेसो पोख्नुभयो । नगालले स्थानीय तथा प्रदेश सरकारलाई तटबन्धका जाली (ग्याबिन) सहयोगका लागि अनुरोध गर्नुभयो । त्यस्तै अर्का किसान देउराम ओलीले खानेपानी, सिँचाइको पनि त्यत्तिकै समस्या रहेको जनाउनुभयो । नागरिकका समस्यालाई नजिकबाट नियालेर सरकारले असल अभिभावकको काम गर्नुपर्ने उहाँको जिकिर थियो ।

कृषिमन्त्री केसीले कोरोनाको समयमा कुखुरा क्षति भएको जानकारी नभएको र तत्काल राहत दिन नसके पनि सहयोगको क्षेत्र खोजेर केही कार्यक्रम दिने विश्वास किसानलाई दिलाउनुभयो । “गेरुवानीमा बाख्रापालनको बढी सम्भावना छ”, मन्त्री केसीले भन्नुभयो, “कृषि सहकारी संस्था गठन गरेर अघि बढ्नुस्, सरकार सहकारीमार्फत सहयोग गर्न तयार छ ।”

त्यस्तै मन्त्री केसीले गेरुवानीको सरस्वती आधारभूत विद्यालयको समेत अनुगमन गर्नुभएको छ । उक्त विद्यालयमा शैक्षिक, भौतिक अवस्थाको अनुगमन गर्नुभएका मन्त्रीलाई विद्यालयका प्रधानाध्यापक कोचबहादुर खड्काले खानेपानी र विद्यालय भवनको टड्कारो आवश्यकता भएको देखाउँदै त्यसमा सहयोग गर्न आग्रह गर्नुभएको थियो । रासस 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान