२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

गाउँपालिकाकाअन्तर्गत पर्ने वडामा कोभिडविस्तार हुँदै कागती खेती

२१ जेष्ठ २०७८, शुक्रबार ०५:२०

दीपक बोहरा । जेठ २१, तुलसीपुर (रासस)। कुनै समय बाँझो जग्गा थियो, तर  अहिले हरियाली छ । सबैतिर कागतीका बोटैबोट देखिन्छन् । बोटैपिच्छे लटरम्म फलेका मुखै रसाउने कागती । त्यहीँ कागती अवलोकन गर्नेहरूको उत्तिकै भीड पनि । तुलसीपुर उपमहानगरपालिका–१९ विजौरीमा डेढ बिघा र घोराहीमा चार बिघा क्षेत्रफल जग्गा भाडामा लिएर दुई युवाले गरेको कागती खेती उदाहरणीय छ । ती स्थान अहिले कागती खेतीले परिचित बनेका छन् ।

घोराहीमा वार्षिक रु तीन हजार कठ्ठा र तुलसीपुरमा रु  दुई हजार ५०० जग्गा भाडामा लिएर रुकुम घर भई हाल दाङमा बसोबास गर्दै आएका विष्णु वली र रामचन्द्र खड्काले व्यावसायिक कागती खेती गर्नुभएको हो । धेरै युवा विदेश पलायन भएका छन् । तर नेपालमै पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने विश्वास दिलाएका छन् ।

उहाँहरूले सूर्य जैविक कृषि केन्द्र प्रालिमार्फत कागती खेती शुरु गरेको तीन वर्ष भयो । खेती शुरु गरेको डेढ वर्षदेखि आम्दानी लिन शुरु गरेका उहाँहरूले वार्षिक रु १५÷२० लाखको हाराहारीमा आम्दानी गर्ने गर्नुभएको छ  । “डेढ वर्षदेखि हामीले आम्दानी लिन शुरु गरेका हौँ”, वलीले भन्नुभयो “वार्षिक रु १५÷२० लाख आम्दानी हुने गरेको छ ।” कागतीको बजार माग पनि उच्च रहेकाले समयमै लगाानी उठाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार शुरुमा आफूहरूले रु ३० लाख लगानी गरेको भए पनि अहिलेसम्म करिब रु एक करोड लगानी भइसकेको छ ।

अहिले ‘पन्त १’ कागतीको खेती भइरहेको छ । कागती अचार, जुस, जामलगायतका लागि बढी माग हुने गरेको अर्का व्यवसायी खड्काले बताउनुभयो । “कागती बजारमा निकै माग छ, अहिले बजारको मागअनुसार पुर्याउन भ्याइनभ्याइ छ”, उहाँले भन्नुभयो, “बढी मात्रामा अचार, जुस, जामलगायतका लागि माग हुने गरेको छ ।”

सरकारले दाङमा कागती खेती विस्तार गर्ने भएपछि आफूहरू झनै खुशी भएको उहाँले बताउनुभयो । यसले व्यावसायिकरूपमा कागती खेती गरिरहेका  किसानलाई थप प्रोत्साहन गरेको उहाँको भनाइ छ । अहिले दाङका दुई स्थानमा आफूहरूले यो खेती गरेको भन्दै यसलाई विस्तार गरेर दैशभर खेती गर्ने वातावरण तयार गर्न थालिएको व्यवसायी वलीले बताउनुभयो । अहिले हामी दुई छौँ, हामीले देशैभर यो खेती विस्तार गर्ने योजना बनाएका छौँ”, उहाँले भन्नुभयो, “त्यसका लागि १०८ किसान थप गर्ने हाम्रो योजना छ ।” उहाँका अनुसार आफूले उत्पादन गरेको कागती देशभर पुर्याउने योजना छ ।

अहिले कागती फलाउने र बेच्ने कार्य मात्रै भएको भन्दै कागती प्रशोधन गर्ने र बजारीकरण गर्ने तयारी थालिएको उहाँको भनाइ छ । आफूहरूले बिरुवा पनि उत्पादन गरिरहेको भन्दै आउँदो वर्ष ५० हजार बिरुवा बेच्ने योजना बनाएको उहाँको भनाइ छ । एउटा बिरुवाको फुटकरमा रु २५० मा बिक्री गर्ने गरिएको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट