२९ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

बागलुङमा बर्खे आलु कुहियो

७ भाद्र २०७८, सोमबार ०७:१६

भदौ ७, बलेवा (रासस)। बर्खे आलु कुहिन थालेपछि बागलुङका किसान चिन्तामा छन् । राम्रो उत्पादन हुने भए पनि फलेको आलु बजार नपु¥याउँदै कुहिन थालेकाले उनीहरूमा चिन्ता बढेको हो ।ताराखोला, भकुण्डे, जैमिनीको दमेक, काठेखोला गाउँपालिकाको धम्जा,लगायत स्थानका आलु औसतभन्दा धेरै कुहिनाका साथै ढोरपाटन, निसीखोला र अन्य उच्च पहाडमा फलेको आलुमा समेत असर पर्न थालेको कृषि ज्ञान केन्द्रले जनाएको छ । 

 यहाँका अधिकांश किसानको मुख्य खेती नै आलु हो । शीतभण्डार नहुँदा बर्खे बालीमा क्षति व्यहोर्नु परेको जैमिनी नगरपालिका–३ उपल्लो दमेकका किसान वेद छन्त्यालले बताउनुभयो । “प्रत्येक घरले कम्तीमा ३० मुरी आलु उब्जाउ गर्छन्, यो वर्ष त्रिलोचन सापकोेटाले ८० मुरी उत्पादन गर्नुभयोे”, उहाँले भन्नुभयो, “आलु उत्पादन राम्रो भए पनि व्यवस्थित शीतभण्डार नहुँदा कुहिन थालेको छ ।” झण्डै १० टन आलु कुहिएपछि खाडल खनेर गाडिएको छ ।

यस वर्ष भकुण्डेको आलु धेरै कुहिएको छ । त्यहाँका किसानले  अन्नसँग आलु सटही गर्छन् भने  केहीले आलु बिक्री गरेर अन्न भित्र्याउछन् । “यस वर्ष आलु धेरै नै कुहियो”, किसान यामबहादुर थापाले भन्नुभयो, “हाम्रो त मुख्य पेशा नै यै हो, आलु बिग्रिए छाक टर्दैन ।” 

वर्षा धेरै भएकाले आलुमा क्षति व्यहोर्नु परेको केन्द्रका प्रमुख भानुभक्त भट्टराईले बताउनुभयो । “पहिलो कुरा ड्याङ बनाएर किसानले आलु लगाउँदैनन्, समथर जमिनमा लगाएको आलुमा पानी धेरै हुन्छ र कुहिन्छ”, उहाँले भन्नुभयोे, “वर्षा धेरै हुँदा पानी तर्काउनुपर्ने हो, किसानलाई सबै ज्ञान दिलाउन सकिएको छैन् ।” फसल लगाएपछि भण्डारणमा त्रुटि हुँदा पनि आलु कुहिने हुन्छ । 

उहाँले भन्नुभयो, “छायाँपर्ने ठाउँमा राम्रोसँग सुकाएर मात्रै आलुको भण्डार गर्दा क्षति हुने सम्भावना कम हुन्छ ।  अघिल्लो वर्ष डढुवा रोग लागेको आलुको बीउ लगाए   कुहिन्छ भन्ने कुराको  ख्याल किसानले नगरेकाले जिल्लाभर यस्तै समस्या देखिको छ ।” 

आलुबालीमा भएको क्षतिका सम्बन्धमा जैमिनी नगरपालिकाको कृषि शाखाले चासो देखाएको छ । “शीत भण्डारकै कारण आलु कुहिएको हो भन्न सकिन्न, प्राविधिक त्रुटि होलान्”, कृषि प्राविधिक रविन्द्र शर्माले भन्नुभयो, “पकेट क्षेत्रमा शीतभण्डार निर्माणका लागि प्रस्ताव गरेका छौँ, स्वीकृत भएमा अर्को वर्ष शीतभण्डार बन्छ ।” सङ्घ, प्रदेश र पालिकाको साझेदारीमा शीतभण्डार निर्माण गर्ने गरी प्रस्ताव तयार भएको उहाँको भनाइ थियो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली