पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबा"/>
२८ पुष २०८२, सोमबार
ओखलढुङ्गा - OKL

रेडियोमा समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगे

७ भाद्र २०७३, मंगलवार १४:२५

पूर्णप्रसाद न्यौपाने | भदौ ७, ओखलढुंगा | पशुरोगको प्रकोप फैलीएको क्षेत्रमा पशु प्राविधिक पुगेका छन् । ओखलढुंगाको खिजीकातीमा अज्ञात रोगकाकारण पशुवस्तु धमाधम मरिरहेको भएपनि कृषकहरुले कुनै निकायबाट प्राविधिकसेवा नपाएको विषयमा रेडियोबाट समाचार प्रशारण भएपछि पशु प्राविधिक प्रभावित क्षेत्रमा पुगेका छन् ।

जिल्लामा सञ्चालीत सहयात्री सामुदायिक रेडियोबाट भाद्र ४ गते समाचार प्रशारण भएपछि पशुसेवा केन्द्र खिजीफलाटेबाट  सेवाकेन्द्र प्रमुख लोकेन्द्र फुयाल ६ गते प्रभावित क्षेत्र खिजीकाती पुग्नु भएको हो ।‘सामान्य गुनासो आएको बाहेक प्रकोप फैलीएको विषयमा जानकारी नभएकाले नै त्यहाँ गएर सेवा दिन नसकेको हो’सेवाकेन्द्र प्रमुख फुयालले भन्नुभयो ‘पत्रकार साथीहरुले जानकारी दिनुभयो, रेडियोमा समाचार सार्वजनिक भयो म तत्काल गाँउमा पुगेर सेवा दिएँ ।’उहाँका अनुसार खिजीकातीमा भ्यागुते,खोरेत र अन्य मौषमी रोगको प्रकोप पशुवस्तुमा फैलीएको पाईएको छ ।

पशुसेवा केन्द्रका प्रमुख फुयालले घरघरमा पुगेर सेवा दिएपछि स्थानिय कृषकहरु खुसी भएका छन् । पेट एकाएक फुल्ने,शरीर सुन्नीने,केहि समयपछि मुखबाट फिज आउने,ज्वरो देखापर्ने,र त्यसको केहि समय भित्र पशु मर्ने समस्या बढ्दै गएसँगै करिब महिना दिन देखि फैलिएको अज्ञात रोगका कारण गाँउका  दर्जनौ पशु वस्तु मरिसकेका छन् । यो समय पशुवस्तुका लागि पनि विभिन्न रोगको जोखिमको समय भएकाले स्यारसुसारमा विषेश ध्यान दिन जिल्ला पशु सेवा कार्यालयले किसानलाई आग्रह गरेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विशेष महाधिवेशन मङ्गलबारसम्म लम्बिने राष्ट्रपतिद्वारा राष्ट्रियसभाको अधिवेशन आह्वान महामन्त्री शर्माको प्रस्तावः ‘पार्टीको विधान, कार्यशैली र कार्यक्रमलाई समयानुकूल बनाऔँ’ पाकिस्तान–अफगानिस्तान सीमा बन्द हुँदा अरबौंको घाटा, व्यापार र अर्थतन्त्रमा ठुलो झट्का त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द प्रधानमन्त्री कार्कीसमक्ष इजरायली राजदूतको शिष्टाचार भेटवार्ता ग्रोकमाथि मलेसिया–इन्डोनेसियाको प्रतिबन्ध कांग्रेसलाई युवापुस्ताले विश्वास गर्नसक्ने बनाउने महामन्त्री थापाको प्रस्ताव नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मुस्ताङमा ४८ घण्टादेखि विद्युत् सेवा अवरुद्ध महामन्त्री थापाद्वारा समसामयिक राजनीतिक प्रस्ताव पेस अमेरिकाले ग्रिनल्यान्डलाई ‘कुनै न कुनै तरिकाले’ लिनेछ : ट्रम्प इरान तनाव चर्किँदै, मृतक सङ्ख्या ५४४ पार्टीलाई विभाजन होइन, एकताबद्ध गरेर लैजान आवश्यक छ : नेता डा कोइराला कांग्रेस विशेष महाधिवेशन कार्यविधि पारित कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र सुरु जिप दुर्घटना हुँदा तीनको मृत्यु कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सुनचाँदीको मूल्य बढ्यो अल्पायुमै अस्ताए प्रशान्त…