रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर"/>
२० मंसिर २०८२, शुक्रबार
कृषि गतिबिधी

नवलपरासीका किसान केराखेतीमा आकर्षित

२२ भाद्र २०७३, बुधबार ०२:३३

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर्षित भएका छन् । उखुको राजधानीको रुपमा परिचित नवलपरासी हाल केराखेती गर्ने किसानको संख्या दिन प्रति दिन बढदै गइरहेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा मात्र केराखेती हुँदै आएकोमा हाल जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा समेत व्यवसायीक रुपमा केराखेती सुरु भएको छ । 

यसपाली हावाहुरीका कारण केराखेतीमा केही नोक्सानी पुगेको पक्लिहवा-५ का कृषक अनवर अन्सारीले बताउनुभयो । अन्सारीले २५ विगहा केराखेती गर्नु भएको छ । नवलपरासीमा सिचाइको सुविधा नहुदा किसानहरु बढि समस्या झेल्नु परेको छ । 

केराखेतीमा चाहिने मल खाद्य, किटनासक औषधी, बीउ लगायत भारत बाट ल्याउदा झन समस्या थप्दै गइरहेको अन्सारीले बताउनु भयो, समयमा बीउ मल औषधी न पाउदा उत्पादन घटने गरेको देखिन्छ । 

नेपाल मै केरा सम्बन्धि सबै समाग्री उपलब्ध भए केरा खेती गर्ने किसानहरुको लागि सहज सुलभ हुन्थ्यो होला । नवलपरासीमा उखु खेती छाडेर किसानहरूले केराखेती गर्न आर्षित भएका हुन । उखु मिलले किसानलाई समयमा भुक्तानी नदिए पछि उखु खेती छाडेर केराखेती गर्नु परेको केरा नगदी बिक्री भएको भन्दै पाच विगहा केरा लगाउनु भएको गुठी परसौनी-५ घर भएका आशिक अन्सारीले बताउनु भएको छ । 

नवलपरासीको नवलपुर क्षेत्र बाहेक जिल्लाको गुठी परसौनी, पक्लिहवा, नर्सही, कुडिया, प्रतापपुर, रुपवलिया, गुठी सुर्यपुरा, बैदौली, सोमनी, ठुलो खरेटवा, भुजहवा लगायतका गाउँ विकास समितिहरुमा पाच सय भन्दा बढि विगहा केराखेती लगाइएको जिल्ला कृषि कार्यालय नवलपरासीले जनाएको छ । 

केरा तयार भए पछि व्यवपारी स्वम आफ्नो साधन स्रोत सहित आएर खेत बाटै किनेर लैजाने गरेको हुदा कृषकहरु खुशी भई केराखेती गर्न आकर्षित भएका हुन । नवलपरासीमा उत्पादन भएको केरा बुटवल पोखरा, नारायणघाट काठमाडौ जस्ता ठाउँमा लैजाने गरिएको छ ।


सिचाइको स्रोत न भएपछि आफ्नो तीन विगहा केरा सुकेको बताउनु हुन्छ वि स २०४२ साल देखि केराखेती गर्दै आउनु भएका मध्यविन्दु नगरपालिका वार्ड नम्बर ५ घर भएका लालकृष्ण भट्टराई । नवलपरासीमा किसानहरु केराखेती मा बढि आकर्षित भएपछि यस बर्ष उखु उत्पादन घटन सक्ने अनुमान लगाउन सकिन्छ । हाल यश क्षेत्रमा केरा बिमा व्यवस्था लागू हुन सकेको छैन भने जिल्लाको नवलपुर क्षेत्रमा बिमा लागू गरिएको छ । 

व्यवसायिक केरा खेतीलाई प्राथमिकता दिने हो भने भारतबाट केरा आयात गर्नु नपर्ने बताउनुभयो । नवलपरासीमा अहिले व्यवसायिक रुपमा १८ विगहा खेती गर्दै आउनु भएका मजिद मियाले बताए । वर्षेनी झन्डै केराको खेती विस्तार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान एनपिएलः लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै सुनचाँदीको मूल्यमा सामान्य गिरावट क्रिस लिनको अर्धशतकमा सुदूरपश्चिमले चितवनलाई दियो १७० रनको लक्ष्य नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत ज्यापू दिवस संस्कृति, पहिचान र माटोप्रतिको सम्मान हो : उपप्रमुख डङ्गोल