रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर"/>
२०८२, ४ चैत्र बुधबार
कृषि गतिबिधी

नवलपरासीका किसान केराखेतीमा आकर्षित

२०७३, २२ भाद्र बुधबार ०२:३३

रबिन्द्र यादव/भदौ २२, नवलपरासी । केराखेतीबाट मनग्य आम्दानी हुनथाले पछि नवलपरासीका कृर्षकहरु केरा खेतीतर्फ व्यवसायिक रुपमा आकर्षित भएका छन् । उखुको राजधानीको रुपमा परिचित नवलपरासी हाल केराखेती गर्ने किसानको संख्या दिन प्रति दिन बढदै गइरहेको छ । नवलपरासीको नवलपुर क्षेत्रमा मात्र केराखेती हुँदै आएकोमा हाल जिल्लाको दक्षिणी सिमावर्ती क्षेत्रमा समेत व्यवसायीक रुपमा केराखेती सुरु भएको छ । 

यसपाली हावाहुरीका कारण केराखेतीमा केही नोक्सानी पुगेको पक्लिहवा-५ का कृषक अनवर अन्सारीले बताउनुभयो । अन्सारीले २५ विगहा केराखेती गर्नु भएको छ । नवलपरासीमा सिचाइको सुविधा नहुदा किसानहरु बढि समस्या झेल्नु परेको छ । 

केराखेतीमा चाहिने मल खाद्य, किटनासक औषधी, बीउ लगायत भारत बाट ल्याउदा झन समस्या थप्दै गइरहेको अन्सारीले बताउनु भयो, समयमा बीउ मल औषधी न पाउदा उत्पादन घटने गरेको देखिन्छ । 

नेपाल मै केरा सम्बन्धि सबै समाग्री उपलब्ध भए केरा खेती गर्ने किसानहरुको लागि सहज सुलभ हुन्थ्यो होला । नवलपरासीमा उखु खेती छाडेर किसानहरूले केराखेती गर्न आर्षित भएका हुन । उखु मिलले किसानलाई समयमा भुक्तानी नदिए पछि उखु खेती छाडेर केराखेती गर्नु परेको केरा नगदी बिक्री भएको भन्दै पाच विगहा केरा लगाउनु भएको गुठी परसौनी-५ घर भएका आशिक अन्सारीले बताउनु भएको छ । 

नवलपरासीको नवलपुर क्षेत्र बाहेक जिल्लाको गुठी परसौनी, पक्लिहवा, नर्सही, कुडिया, प्रतापपुर, रुपवलिया, गुठी सुर्यपुरा, बैदौली, सोमनी, ठुलो खरेटवा, भुजहवा लगायतका गाउँ विकास समितिहरुमा पाच सय भन्दा बढि विगहा केराखेती लगाइएको जिल्ला कृषि कार्यालय नवलपरासीले जनाएको छ । 

केरा तयार भए पछि व्यवपारी स्वम आफ्नो साधन स्रोत सहित आएर खेत बाटै किनेर लैजाने गरेको हुदा कृषकहरु खुशी भई केराखेती गर्न आकर्षित भएका हुन । नवलपरासीमा उत्पादन भएको केरा बुटवल पोखरा, नारायणघाट काठमाडौ जस्ता ठाउँमा लैजाने गरिएको छ ।


सिचाइको स्रोत न भएपछि आफ्नो तीन विगहा केरा सुकेको बताउनु हुन्छ वि स २०४२ साल देखि केराखेती गर्दै आउनु भएका मध्यविन्दु नगरपालिका वार्ड नम्बर ५ घर भएका लालकृष्ण भट्टराई । नवलपरासीमा किसानहरु केराखेती मा बढि आकर्षित भएपछि यस बर्ष उखु उत्पादन घटन सक्ने अनुमान लगाउन सकिन्छ । हाल यश क्षेत्रमा केरा बिमा व्यवस्था लागू हुन सकेको छैन भने जिल्लाको नवलपुर क्षेत्रमा बिमा लागू गरिएको छ । 

व्यवसायिक केरा खेतीलाई प्राथमिकता दिने हो भने भारतबाट केरा आयात गर्नु नपर्ने बताउनुभयो । नवलपरासीमा अहिले व्यवसायिक रुपमा १८ विगहा खेती गर्दै आउनु भएका मजिद मियाले बताए । वर्षेनी झन्डै केराको खेती विस्तार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी पुस्तक जलाएको घटनाको छानबिन गरी कारबाही गर्न गृह मन्त्रालयको निर्देशन १३ अंकले बढ्यो नेप्से सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने रास्वपा सांसद सुदन गुरुङको घोषणा इनिशा बिक हत्या प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा खबरदारीसहित प्रदर्शन क्यानडा पठाउने भन्दै रकम ठगी गर्ने एक जना महिला पक्राउ भ्रष्टाचारको अन्त्य र सुशासन कायम गरेर देखाउनुपर्ने आवश्यकता छ : डीपी अर्याल ओलीलाई समवेदना दिन गुन्डु पुगे उपराष्ट्रपति यादव रास्वपाको अभिमुखीकरण कार्यक्रममा रवि र बालेन अनुपस्थित सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु इनिशा बिक हत्या प्रकरण : फरेन्सिक रिपोर्टको पर्खाइमा प्रहरी दार्चुला केन्द्रविन्दु भएर भूकम्प सुनचाँदीको मूल्य बढ्यो नेपालको सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब पुग्यो रवि लामिछानेमाथिको रिटको सुनुवाइ आज पनि ‘हेर्दाहेर्दै’मा १ करोड १६ लाख नगदसहित नागार्जुनबाट दुई हुन्डी कारोबारी पक्राउ