By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    2 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    मन्त्रिपरिषद्को बैठक बस्दै
    5 hours ago
    शिक्षा र स्वास्थ्यको ३ प्रतिशत समता कर हटाउने सरकारको निर्णय स्वागतयोग्य : गगन थापा
    22 hours ago
    वैदेशिक रोजगारका नाममा ठग्नेहरू जुनसुकै बेला कारबाहीमा पर्नेछन् : श्रममन्त्री यादव
    1 day ago
    तत्काल ३ प्रतिशत समता शुल्क लागू नगर्ने सरकारको निर्णय
    1 day ago
    जलस्रोत संरक्षणका लागि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    4 hours ago
    सुनचाँदीको मूल्य बढ्यो
    4 hours ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    1 day ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    ४१.१७ अंकले बढ्याे सेयर बजार
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > लेख > मन्दिरको भेटीबाट विद्यालय सञ्चालन
लेख

मन्दिरको भेटीबाट विद्यालय सञ्चालन

साझासवाल
Last updated: April 11, 2023 10:51 am
साझासवाल
8 Min Read
Share

चैत २८, अर्घाखाँची | -कृष्ण अधिकारी/भरत केसी | मन्दिरमा चढाइने भेटीबाट अर्धाखाँचीका दुई विद्यालयको खर्च व्यवस्थापनमा सहयोग पुगेको छ । प्रसिद्ध धार्मिकस्थल सुपादेउराली मन्दिरमा चढाइएको भेटीबाट यहाँका दुईवटा विद्यालयका शिक्षकलाई मासिक तलब र अन्य खर्चको व्यवस्थापन भई शैक्षिक क्षेत्रमा पनि राहत पुगेको छ । 

मन्दिरको आम्दानीबाट सन्धिखर्क नगरपालिका–७ खाँचीकोटको आदर्श माध्यमिक विद्यालय र शीतगङ्गा नगरपालिका–२, सीतापुरको शान्ति निम्न माध्यमिक विद्यालयका निजी स्रोतका शिक्षकले तलब पाइरहेका छन् ।

मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीका अनुसार आदर्श माविका लागि मासिक करिब रु ६५ हजार र शान्ति निमाविमा मासिक रु ५५ हजार रकम उपलब्ध गराइएको र अन्य विद्यालयमा समेत आवश्यकताअनुसार रकम उपलब्ध गराउने गरिएको छ । भेटीबाट अनाथ, असहाय र दैवी प्रकोपमा परेका परिवारलाई आर्थिक सहयोग गर्नाका साथै अन्य मठमन्दिर पौवा, बाटाघाटोे, बिजुली, खानेपानी, दैवीप्रकोप राहत लगायतका मानवीय सेवाका क्षेत्रमा खर्च गरिएको उहाँले बताउनुभयो । 

मन्दिरमा दैनिक आउने दर्शनार्थीहरूले चढाउने भेटी, सुपादेउराली मातालाई सम्झेर भाकल गरेबापत चढाइने भेटी नै मन्दिरको नियमित आम्दानी हो । भेटीबाट मन्दिरमा पुजारी, कर्मचारी, पूजापाठमा चाहिने सामग्री खरिदमा गरिने खर्चका साथै ती विद्यालयमा चार÷चारकोठे भवन पनि निर्माण गरिएको छ । मन्दिरकै भेटीले तीन वर्षको अवधिमा खाँचीकोट मन्दिर, विद्यालयमा शौचालय निर्माणका लागि खर्च गरिएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । 

भेटीको करिब ७५ प्रतिशत चन्दा विद्यालयमा जान्छ भने बाँकी २५ प्रतिशत मन्दिर व्यवस्थापनमा खर्च हुन्छ । उपहारबाट गरिब विद्यार्थीलाई आर्थिक सहयोग, छात्रवृत्ति र सहयोग उपलब्ध गराइएको छ । भक्तजनले चढाएको भेटीबाट मन्दिरको मासिक आम्दानी करिब रु २० लाखसम्म हुने गरेको उहाँले बताउनुभयो ।

अर्घाखाँचीको प्रसिद्ध धार्मिक आस्थाको केन्द्र सुपादेउराली मन्दिर धार्मिक पर्यटकीय गन्व्यका रूपमा विकास भएको छ । धार्मिक आस्था राखेर सुपादेउरालीको दर्शन गर्न आउने दर्शनार्थीको आकर्षण बढ्दै जाँदा धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास भएको हो । 

शक्तिपीठका रूपमा परिचित सुपादेउराली मन्दिर वरपरको मनोरम प्राकृतिक दृश्य र विभिन्न संरचना निर्माणले पर्यटकीय गतिविधि बढ्न थालेको छ । वरिपरि चट्टानले बनेको पहाडको बीचमा अवस्थित मन्दिरबाट प्राकृतिक वातावरण र हरियाली मनोरम दृश्यावलोकन गर्न पाइन्छ । सुपादेउरालीमा छिमेकी जिल्ला गुल्मी, कपिलवस्तु, पाल्पा, रुपन्देही, प्यूठानलगायत देशभर तथा भारतबाट समेत तीर्थालुको बाक्लो उपस्थिति हुने गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ । मन्दिरमा खासगरी फागुन, चैत, वैशाख जेठ, असोज, कात्तिक र मङ्सिरमा दर्शनार्थीको भीड लाग्ने गर्दछ ।

सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोटमा नरपानी र फलमेको दुई अग्लो महाभारतको बीचमा रहेको यस मन्दिरमा एकादशी, औँसी र पूर्णिमा बाहेकका दिनमा भाकल गर्न पाइन्छ । विशेषगरी शनिबार भाकल गर्नेहरूको भीड लाग्ने गर्दछ । जे भाकल ग¥योे त्यो पुग्ने जनविश्वासले गर्दा पनि यस तीर्थस्थलको महिमा र गरिमा बढ्दै गएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत अर्घाखाँचीको गोरुसिङ्गे–सन्धिखर्क सडकखण्डअन्तर्गत ४७ किमी दूरीमा महाभारत पर्वत शृङ्खलाको ठूलाठूला पहाडको खाँेचमा प्राचीन शैलीमा यस मन्दिर निर्माण गरिएको छ । 

वडा नं ७ का वडाध्यक्ष चुराबहादुर केसीले वडा तथा नगरपालिकामार्फत यस क्षेत्रको पर्यटकीय प्रवरद्धनका लागि गुरुयोजना निर्माण गरेर काम अघि बढाइएको बताउनुभयो । मन्दिर क्षेत्रमा निर्माण भएका भवनहरूको स्वरुप एकैखालको कायम गर्ने, मन्दिर क्षेत्रमा पार्किङ, पार्क निर्माण, धर्मशाला निर्माण, खाँचीकोटको विकास, मसिनाको लेकमा पर्यटक पु¥याउन आवश्यक पूर्वाधार विकास लगायतका विषय गुरुयोजनामा राखिएको छ । उहाँका अनुसार सुपादेउराली मन्दिर आउने पर्यटकलाई जिल्लाका अन्य धार्मिक शक्तिपीठको भ्रमणका लागि लैजाने गरी समन्वयको काम पनि भइरहेको छ । 

यस मन्दिरमा भाकल र पूजापाठ गर्दा मनोकाङ्क्षा पूरा हुने जनविश्वासका कारण दैनिक हजारौँको सङ्ख्यामा भक्तजन आउने गरेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष फर्सबहादुर खत्रीले बताउनुभयो । सुपादेउराली र नरपानी आउने पर्यटकलाई जङ्गबहादुर जन्मेको मथुरादरबार, न्वारन गरेको बल्कोट पौवा, पाणिनि तपोभूमि, अर्घादरबार, मालारानी मन्दिर, नृसिंहस्थान लगायतका धार्मिक तथा ऐतिहासिक प्राकृतिक स्थलमा लगेर पर्यटनबाट युवालाई स्वरोजगार बनाउन सकिने प्रशस्त आधार रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष खत्री बताउनुहुन्छ । 

बाइसे–चौबिसे शाहवंशीय राजाको पालामा निर्माण भएको मन्दिरमा २०४० देखि दैनिक पूजा गर्न थालिएको हो । विसं २०६० मा बाबा नरनारायणले झन्डै डेढ करोडको लगानीमा काठमाडौँ र भक्तपुरका ऐतिहासिक सम्पदामा प्रयोग भएका प्राचीन निर्माण सामग्रीबाट मन्दिर निर्माण गरेपछि दर्शन गर्न आउने भक्तजन बढेका हुन् । पर्यटकीयस्थल सुपादेउराली मन्दिरमा तीर्थालुको घुइँचोसँगै नरपानी, शीतगङ्गा लगायतका अग्ला पहाड घुम्ने पर्यटक बढ्दो छन् । भारत र नेपालको तराईबाट दैनिकजसो पहाड चढेर शीतलता लिने, बास बस्ने र पहाडका हरियाली मनोरम दृश्यावलोकन गरेर आनन्द लिने यतिबेला पहाड पर्यटकको रोजाइ बनेको छ । 

भारतीय तीर्थालुका लागि धार्मिक पर्यटकीयस्थल सुपादेउराली पछिल्लो समय तीर्थस्थल बनेको छ । तराईसँग जोडिएको जिल्ला भएकाले पर्यटक पहाड चढ्दा सहजै छ । नेपाल–भारत सीमा नाका कृष्णनगरबाट धेरै भारतीय पर्यटक गोरुसिङ्गे हुँदै सुपादेउराली मन्दिर दर्शन गर्न आउने गर्छन् । 

भारतको सिद्धार्थ नगरबाट चैत १७ गते पानीमा भिज्दै मोटरसाइकलमा सुपा देउराली मन्दिर दर्शन गर्न आएका आलोक मिश्रा मन्दिरको दर्शन पनि आफूलाई निकै आत्मसन्तुष्टि प्राप्त भएको बताउनुभयो । उहाँले सुपा देउराली माताका बारेमा धेरै सुनेको र दर्शनका लागि आउने अवसर धेरै समयपछि मिलेको बताउनुभयो । “माताको दर्शन गर्न पाउँदा भिजेको पनि कुनै परवाह भएन”, उहाँले भन्नुभयो, “सुपा देउराली माताका बारेमा धेरै सुनेको थिएँ आज दर्शन गर्न पाउँदा आनन्द प्राप्त भयो । फेरि परिवारसहित समय मिलाएर आउँछु ।”

कपिलवस्तुबाट सुपा देउराली मन्दिरको दर्शनका लागि पुगेकी याशोधा थापालाई बर्सेनि मन्दिरमा पूजाआजा नगरी मनले मान्दैन । उहाँ भन्नुहुन्छ, “कम्तीमा वर्षमा एक पटक त आउँछु नै, कुनै वर्ष त दुई÷तीनचोटि पनि आउँछु ।” 

स्थानीयवासी ओमबहादुर थापाले सुपादेउराली मन्दिर दर्शन गर्न र नरपानी आएका पर्यटकलाई भुलाउन पर्यटकीय संरचना निर्माण गर्नुपर्ने बताउनुहुन्छ । उहाँले सुपा देउराली मन्दिर क्षेत्रमा आउने पर्यटकलाई घुम्ने, रमाउने र भुलाउन खालका संरचना निर्माण गर्ने र व्यवस्थित गरेर संरचना बनाएमा धेरै युवाले स्थानीयस्तरमै काम पाउने उहाँले बताउनुभयो ।

यस तीर्थस्थलको स्थापनाका सम्बन्धमा विभिन्न किंवदन्ती पाइन्छ । मन्दिर परिसरमा भगवान् रामकी पत्नी सीताले बनाएको चुलो, जाँतो, विभिन्न शिलासमेतले यसको अस्तित्व त्रेतायुगदेखि नै भएको विश्वास गरिन्छ । किंवदन्तीअनुसार खाँची घर भएका एक व्यक्ति धन कमाउन भारत जानुभन्दा अघि सुपादेउराली मातासँग राम्रो जागिरको प्रार्थना गर्दै राम्रो होस् र फर्केर आउँदा भेटी चढाउनेछु भनी ढोग गरेर गएको र भारत बसाइमा उनले राम्रै धन कमाएर फर्केर आउँदा भेटी नचढाई मन्दिरमाथिको जङ्गलको बाटो हुँदै जाँदा जङ्गलबीच बाटोमा सुपामाईले पहाडको चट्टानमा लाहुरेलाई टाँसेको किंवदन्ती छ । मन्दिरमा दर्शन गर्न आएका धेरै भक्तजनहरूका लागि लाहुरे टाँसेको पहाड पनि निकै आकर्षण बनेको छ । 

त्यस्तै, बाइसे चौबिसे राज्यका समयमा खाँचीकोट राज्यका राजकुमारी र भारतको बलराम पुरकी राजकुमारबीच विवाह गरी घरतर्फ ल्याउँदा बाटोमा केही कुरा ढाँटछल गरी विवाह गरेको हल्ला दुलहीले सुनिछन् । डोलीमा बोकेर ल्याएकी दुलहीलाई हालको मन्दिर भएको स्थानभन्दा करिब ५० मिटर दक्षिणमा ल्याई पु¥याउँदा रगतको थोपा झरेछ । अनि सुपा देउराली मन्दिर रहेको ठाउँमा आई डोलीमा हेर्दा दुलही मृतावस्थामा भेटिइसो घटनापछि खाँचीकोटमा विभिन्न रोगब्याधी महामारी फैलियो । पछि एकजना खनाल थरका ज्योतिषीले धामीझाँक्री गर्दा त्यहाँ दैवी शक्ति उत्पत्ति भएको र कालो पाठी बलि दिनुपर्छ भनेपछि त्यही समयदेखि हालसम्म त्यस राज्यका राजा ठकुरी (शाह) राजाका रजौटा खड्का, कब्दार र नेवार थरका समुदायले कूल पूजा गर्दै आएको पाइन्छ । खनाल थरका बह्माण मूल पुजारी रहेको यस मन्दिरमा दैनिक व्यवस्थापनमा दुई, पुजारी दुई र सहयोगी एक गरी पाँचजना खटाइएको समितिले जनाएको छ । 

Share This Article
Facebook Email Copy Link Print
Previous Article अर्थतन्त्र लयमा ल्याउन सरकारले सम्पूर्ण तागत लगाउँछ : प्रधानमन्त्री दाहाल
Next Article वैवाहिक बलात्कार आरोपमा न्यायाधीश भुवन गिरी पक्राउ
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

कपिलवस्तु - KPLकाठमाडौँ - KTMदाङ्ग - DNGरुपन्देही - RPDलेख

५ नं. प्रदेशको राजधानी कपिलवस्तु नै किन ? बुटवल र दाङ राजधानी भए के हुन्छ ?

57 years ago
लेख

फिल्टर र बोतलको पानिको भरमा बाचिरहेको जलजला क्याम्पस

57 years ago
गुल्मी - GLMलेख

पत्रकार सुनारको वास्तविक आत्मकथा: कान्छी श्रीमतीदेखि वलात्कारीसम्म

57 years ago
काठमाडौँ - KTMलेख

फेरि पनि हामी जनता भन्दैछौं नेता ज्यू, नमस्कार !

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?