हेम चन्द्र राई | बिशाल चीन र भारतको बिचमा अवस्थित नेपाल एउटा सार्बभौमसत्ता, स्वतन्त्र, अखण्ड, इतिहासमा कहिले पनि कसैको गुलामीमा नपरेको मुलुक हो । शान्तिको अग्रदुत भगवान गौतम बुद्ध जन्मेको, विश्वको सर्बोच्च शिखर सगरमाथाको देश नेपाल हो । नेपाली इतिहासलाई अध्यन गर्ने हो भने आधुनिक काल बिस १८०० बाट सुरु भएको मानिन्छ । नेपाल विभिन्न बाइसे, चौबिसे पश्चिममा राजधानीमा ललितपुर, भक्तपुर, कीर्तिपुर पुर्वमा विभिन्न सानासाना राज्यको अस्तित्व थियो ।

जुन साना राज्यलाई एकीकरण गर्नका लागि शाहखलकको राजा पृथ्वीनारायण साहको पिता नरभुपाल साहले नुवाकोट छिमेकी राज्य आक्रमण गरेर सुरु गरेका थिए तर उनी असफल भए पछी पिताको मृत्यु पछी राजा पृथ्वीनारायण साहले नेपाल एकीकरण अभियान पिताको सपना र आफ्नो अभियान बनाएर नुवाकोट आक्रमण गरेर सन १७४४ (बि.स. १८०१) र क्रीतिपुर बिजय पश्चात् एकीकरण अभियान तिव्र बन्यो ।

जुन एकीकरण अभियान ७२ बर्षसम्म चल्यो । ती अभियानमा राजा पृथ्वीनारायण साह, बुहारी राजेन्द्र लक्ष्मी, कान्छो छोरा बहादुर साह, निकै जोडतोडले गरे यो अभियान अन्ततः राजा गिर्वाण युद्ध बिक्रम साहसम्म आएर रोकियो । हाल नेपाली सेनाले आफ्नो स्थापना सन १७६८ (बि.स. १८२५) लाई मान्दछ ।

इतिहासलाई अध्यन गर्ने हो भने नेपाली सेनाको संगठन बिस १६१६ हालको गोर्खामा रहेको लिगलिगकोटमा रहेको राजा द्रव्य शाहले आफ्नो सैन्य सङ्रचनमा भगिरथ पन्तलाई सेनापती बनाएर नै नेपाली सेनाको सुरुवात गरेको पाइन्छ । तत्कालीन समय तिलङ्ग, नुवाकोट बिजय पछि गोर्खाली सेना नाम दिईएको थियो ।

पछि राणा श्री ३ चन्द्र समसेरले गोर्खाली सेनालाई नेपाली सेनामा रुपान्तरण गरे । राजा त्रिभुवनको मृत्यु पछि बनेका राजा महेन्द्र साहले नेपाली सेनालाई शाही नेपाली सेना बनाए । जुन शाही नेपाली सेना जनयुद्ध, दोस्रो जनआन्दोलन पछि बनेको अन्तरिम संविधान मार्फत पुन चन्द्र समसेरले राखेको नाम नेपाली सेना नै पुन राखिएको छ ।

नेपाली सेनाले तत्कालीन समयमा मुलुकमा चलेको एकीकरण अभियान अमुल्य शाहसका साथ काम गर्दै आएको इतिहासमा सावित छ । नेपाली सेनालाई तत्कालीन समयमा राजा पृथ्वीनारायण समयमा शत्रुको किल्लामा मुकाबिला गरेर उसको राज्य कब्जा र कब्जा गरिएको राज्यमा शान्ति सुरक्षा प्रदान गर्नु भुमिका थियो । गोर्खाली सेनालाई विभिन्न राज्यमा आक्रमण गर्दा हातहतियार, युद्धको ज्ञान नहुदा पराजित हुनुपरेको यथार्थलाई नियालेर राजा देखि राणाकाल पनि विभिन्न आधुनिकरण सेनामा गरिएको पाइन्छ । रणबहादुरले फ्रेन्चबाट हतियार बनाउने कालिगड बिलाएर तोप, गोला, बारुद अन्य हतियारको मर्मत सम्मार गर्ने गरेको इतिहास पाइन्छ ।

अन्य राणासासकले बङ्गालबाट मुसलमान कालिगड बोलाएर हतियार बनाउने काम भएको थियो । वीर समसेरको छोरा गेहेन्द्र समसेरले नेपालमा पहिलो पटक स्वचालित हावाबाट चल्ने मेसिनसन बनाएका थिए । उनले गरेको योगदान इतिहासमा अझैसम्म नेपाली बैज्ञानिक भनेर चिनिन्छ । उनले वीरगन, धिरगन जस्तो हतियार नेपालमा आफैले बनाएका थिए । नेपाली सेना एउटा रास्ट्रको उच्च गौरव हो जसको लागि धेरै त्याग तपस्या मार्फत आजसम्म आएको छ ।

राजनैतिक रुपमा विभिन्न समयमा आफ्नो पाउ शक्तिको लागि निमोठ्ने काम नभएको होईन । शक्ति बागडोर, दरबारियाको सत्ताको महत्वाकांक्षी भावनाको कारण अमर सेनाका प्रमुखहरु कोत पर्व , भण्डारखाल पर्व लगायत विभिन्न बाहानमा निमोठ्ने काम नभएको होईन । सबैभन्दा नेपाली सेनालाई सुगौली सन्धीले नकाम पार्ने काम भयो । नाङ्गो खुकुरीको भरमा हिजो इतिहासमा पुर्वमा टिस्टा नदि सिक्किम, हालको बङ्गलादेससम्म पश्चिममा कास्मिरको गडवल, सतलज, कुमाउ, उत्तरमा तिब्बती किल्ला, दक्षिणमा बिहार, देहरादुन, दिल्ली, झारखण्डसम्म आफ्नो वीर स्वाभिमानको बिसाल नेपालको विश्व मानचित्रमा एकीकृत गरेको थियो ।

सुगौली सन्धिबाट नेपाली सेनालाई यस्तो नकाम बनाईयो कि न कुनै बहादुर काम नै । न कुनै उनीहरुलाई आधुनिकरण न उल्टै फ्रेन्चबाट आउने कालिगड बन्द, बनाउदै आएको हतियार कारखाना बन्द, कुनै पनि हतियारहरु निर्माण गर्न नपाइने असमान सन्धि भयो । कुनैबेला जर्मन सम्राट कैजर बिलियम, बेलायती अंग्रेज़ शासकलाई नेपाली वीर गोर्खाली नाम सुन्न साथ डराउने शत्रुहरु पछि सान बिनाको बोदो खुकुरी बनायो ।

नेपाली सेनाले इतिहास नेपाल एकीकरण पछि धेरै ससाना बिद्रोह आन्तरिक र विश्व युद्ध पहिलो, दोस्रो, नेपाल तिब्बत युद्ध, नेपाल तिब्बत चीन युद्ध, नेपाल अंग्रेज़ युद्ध आदि शीत मुकाविल गर्दै आएको गरिमामय त्यागलाई कम आकलन गर्न भने मिल्दैन ।

ती तमाम इतिहासलाई नजिकबाट अध्यन गर्दै सम्मानका साथ अहिलेसम्मको नेपाली सेनाको अवस्थालाई चित्रण गर्दा जनयुद्ध पहिलो शाही नेपाली सेना ४६ हजार संख्यामा थियो । जब जनयुद्ध सुरु २०५२ सालमा भयो सन २००१ (बिस २०५८) बाट बिद्रोही माओवादीलाई राज्यले आतंकबादी घोषणा गरेर आक्रमण गरेको थियो ।

जुन समय एक दसक अर्थात १३ फ्रेबुअरी १९९६ – २१ नोभेम्बर २००६ (१ फाल्गुन २०५२ साल- ११ बैशाख २०६३) १० बर्ष ९ महिना १ हप्ता, १ सम्म चलेको जनयुद्धमा नेपाली सेनाको ४,५०० माओवादीको ८,२०० दुबै गरि १७,८०० जनाको ज्यान गएको तथ्यांक रहेको छ । हाल मुलुक राजतन्त्रको अन्त गर्नमा माओवादी जनमुक्ति सेनाको पनि महत्त्वपूर्ण भुमिका लाई कम आकल्न मिल्दैन । मुलुक सङ्घिय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरिसकेको छ ।

माओवादी जनमुक्ति सेनाको बारेमा केही उल्लेख गर्दा सयुक्त बिस्तृत शान्ति सम्झौतामा अनुसार नेपाली सेना र माओवादी जनमुक्ति सेनालाई उहीँ प्रमाणीकरणको तीन भागमा बाडेर अन्मिनको मध्यस्थतामा शान्ति स्थापना गर्ने काम भयो । पहिलो प्रमाणीकरणमा ३२,२५० जनमुखी सेना क्यान्टोनमेन्टमा बसेका थिए ।

दोस्रो पटक हातहतियार, बम गोला, बारुद, साथै माओवादी जनमुक्तिसेनाको प्रमाणीकरण गरिदा १९,६३८ योग्य र ४,८०० अयोग्य अन्मिनाबाट प्रमाणीकरण भए । अन्तमा १५,६३० जनाले स्वेच्छिक अवकाश निस्किए भने ७० जना अफिसर सहित १,४२२ जना पुर्व माओवादी जनमुक्ति सेना हालको नेपाली सेनामा समायोजन भए ।

यो संगै नेपाल सेनाको हालको संख्या पुर्णतः ९५,००० रहेको छ । नेपाली सेनामा महिलाको चर्चा गर्दा पहिलो पटक नर्समा बिस २०१८ (सन १९६१) लिएको थियो । बिस २०२३ (सन १९६५) प्यारा फोल्डमा भर्ना लियो । शाही नेपाली सेनाको चिकित्सक क्षेत्रमा बिस २०२६ (सन १९६९) कानुनी रूपमा बिस २०५५ (सन १९९८) लिन थालेको हो ।

हाल सैनिक नियम अनुसार महिला सहभागीताको कोटा भए पनि महिलाको संख्या जम्मा ३,६६८ जना विभिन्न बिभाग, फिल्ड अफिसरमा एक जना ब्रीगेडियर रहेका छन । यी छोटकरीमा नेपाली सेनाको परिचय भयो अब भारत र पाकिस्तान बिच युद्धको ढोल पिटिरहदा नेपालको भने सैनिक शक्ति कस्तो छ त्यो जिज्ञासा लाई अध्यन गरौं ।

नेपाली सेनाको परमाधिपती - राष्ट्रपति बिद्यादेवि भण्डारी

प्रधान सेनापती - रबिन्द्र क्षेत्री

क्षेत्रफल – १४७,१८१ ब.किमी (९३ औं ठूलो देश)

जनसंख्या - २,६४,९४,५०४ जना (बि.स. २०६८ )

नेपाली सेना – ९५,०००

रिजर्भ नेपाली सेना - ६२,०००

उपलब्ध जनशक्ति - १,४६,०००

बार्षिक उपलब्ध सेनाको लागि शक्ति - ७५,०००

विश्व वरियतामा नेपाल - ९८/१२६

चीन र भारतबिच पर्ने बोडर लाईन - ३,१५९

नेपाली सेनासँग भएको स्थल हतियार

आर्मी फाईटिङ गाडी ( AFVs) - १,४८०

टोयट आर्टिलरी – १२०

हतियार एम - १६ – २०,००० थान

अन्य हतियारहरु – इन्डियन/बेल्जियम एसएलआर, एलएमजि, जिपिएमजि, एट्टि वान, एसएमजि, स्नाईपर राईफल, उन्सास, गलिल, एचएमजि, एमएमजि आदि ।

नेपाली सेनामा हवाई सुरक्षा हातहतियार उपकरण

जम्मा एअरपोर्ट - ३६ वटा नेपाली सेनाले उपयोग गर्न सक्ने

जम्मा एअरक्राफ्ट - २२ वटा

ट्रान्सपोर्ट एअरक्राफ्ट - २२ वटा

हेलिकप्टर - १८ वटा

नेपाल एउटा चीन र भारतबाट घेरिएको भुपरिभेष्टित मुलुक भएकोले कुनै जलसेना वा जलसेनाको लागि आवस्यक बन्दोबस्ती सामाग्री रहेको छैन । नेपाल एउटा शान्तिको लागि आह्वान गर्ने मुलुक भएकोले कुनै प्रकारको आणविक हतियार, रासायनिक हतियार रहेको छैन र आफुलाई आवस्यक पर्ने कुनै पनि आधुनिक हतियार निर्माणको कारखाना पनि रहेको छैन ।

इतिहास सुगौली सन्धि अघि हरेक साल ९ देखि ११ वटा थ्री नट थ्री राईफल, भरुवा एक नाले बन्दुकहरु बन्थे । सुन्दरीजलमा भएको कारखाना निर्माण काम हुन्थ्यो, गोलिहरु बनाईएको थियो । मुसलमान कालिगड राखेर नै हतियार मर्मतसम्भार नयाँ बनाउने काम बैज्ञानिक गेहेन्द्र समसेरसम्म भएको थियो । १९६० को सुगौली सन्धि पछि नेपाललाई सम्पुर्ण रूपमा बन्देज गरेर ब्रीटिस इस्ट कम्पनीसँग भएको सम्झौता पछि हात-खुट्टा-आँखा बाधेर रुखमा बाधेर राख्ने जस्तो काम मात्रै भयो ।

नेपाल हरेक प्रहरमा विश्व शान्तिको पक्षमा रहेकोले हालको नेपाली सेनालाई अझै समानुपातिक, समाबेसी, हरेक वर्गले गौरव हुने किसिमबाट सङ्ठित हुनु आवश्यक छ र अर्को कुरा हिंजो नेपाली सेना राजाको सेना थियो आज जनताको सेना बनेको छ र जनताको सेना हुनाले नेपाली सेनाको दायित्व रुकमांगत कटुवाल जसरी राजनीतिमा छाए, त्यो नैतिकताबाट होईन ।

लोकतान्त्रिक, व्यावसायिक र इतिहासमा भएको अमुल्य योगदानलाई सधैं माथमा राखेर हाल सयुक्त राष्ट्रसंघ मिसनमा समाहित हुँदा जसरी बिश्वास विश्व समुदायको जितेर नेपाल नेपालीहरुको गौरव बढाएको छ, त्यो अझै उच्च र प्रगाढ हुनुपर्छ ।

मैले यो लेखमा नेपाली सेनाले नेपाल-नेपालीको लागि केही गरेको छैन भनेर अवमूल्यन गर्न खोजेको भने होईन । नेपाली सेनाले सयुक्त रास्ट्रसंघ शान्ति मिसनमा बिस २०१५ (इजिप्टको सिन्हाईबाट) साल देखी नै सुरु गरेको हो । आजसम्म ५० हजार भन्दा धेरै शान्ति मिसनमा नेपाली सेनाले भाग लिएका छन् ।

आन्तरिक द्वन्द्वमा फसेको अफ्रिकाको सुडान, हैटी, लेबनान कार्यरत छन् । शान्ति मिसनमा नेपाली सेनाले आजसम्म ५५ वीरगति प्राप्त, ५७ पुर्णरुपमा अङ्गभङ्ग भएको यथार्थले बताउँछ । 'हटि हैन डटि लड्ने' बानी भएको नेपाली ती वीर तमाम अग्रजलाई सम्झदा पक्कै पनि एउटा साधारण नेपाली हुँ भनेर गर्व गर्न लायक धेरै उदाहरण छन् ।

नाङ्गो खुकुरीको भरमा बिशाल ब्रीटिस अङ्ग्रेज सेना ३४,००० माथी मात्रै पुग-नपुग १२,००० नेपाली सेना छोराछोरी, श्रीमतीहरु ढुङ्गामुढा गरेर नालापानी, कालापानी, सतलज, देहरादुन, मकवानपुरमा मुकाविला गर्दै लडेको त्यो इतिहासले दाइनो भएको छाती पनि अङ्ग्रेज बैरीले बहादुर गोर्खाली मानेर सम्झदा धक्क छाती ठुलो भएको महसुस हुन्छ ।

आज बहादुर, गोर्खालीको देश भनेर मलेसिया, भारत, अर्जेन्टिना, बेलायत, ब्रुनाई, सिङ्गापुर, इन्डोनेसिया, थाइल्यान्ड, म्यानमार (वर्मा) चीन, फिलिपिन्सल, जर्मन, अफगानिस्तानले मात्रै होईन विश्वसामु इतिहासले चिनाएको छ । अब नेपाली सेनाले हिजो केहि गरेको जनताको लागि भुलहरु, सत्ताको लागि उनिहरुलाई खेलाईएको प्रपन्चबाट एक कदम अगाडि बढ्दै नयाँ नेपालको लागि नेपाली सेनाको सङ्ख्या घटाएर बिकास निर्माणमा लगाउने, महत्वपुर्ण क्षेत्रमा सुरक्षा प्रदान गर्ने र विश्व समुदाय सामु नेपाली सेना लोकतान्त्रिक, व्यावसायिक बहादुर छवि कायम हुन जरुरी छ । जसरी एउटा युद्धमा जनताको असहयोगले हार हुन्छ त्यो कुरालाई मध्य नजर गर्दै समाबेसी हुन जरुरी छ ।

राजनैनिक दलले पनि नेपाली सेनाको इतिहासको ओज गरिमालाई उच्च सम्मान गर्दै सेनालाई बिलकुल राजनीतिमा तान्ने काम राम्रो होईन । नेपाली सेनाले विभिन्न स्थानमा गरेको बिकासको कामहरु निकै नेपाली जनतालाई सम्झनयोग्य छन् । आगामी दिनमा पनि नेपाल सरकारले नेपाली सेनालाई राष्ट्रिय महत्त्व, हितका बिकासको परियोजना जस्तो माथिल्लो कर्णाली, फास्ट ट्रयाक (काठमाडौ निजगढ सडक), बुढीगण्डकी जलविद्युत परियोजना काम नेपाली सेना, सरकार, नेपाली जनताले सेयरिङमा गर्न सक्दछन्, त्यो अभियानमा बरु सहमति गरौं ।

भारतलाई दिनुभन्दा नेपाली सेना, नेपाली जनता, नेपाल सरकार आफैले त्यो काम गर्न सक्छ । हिजो भारतको सिपाही बिद्रोह दमन गर्न नेपाली सेनालाई अङ्ग्रेजले गुहार माग्दा ५,००० सिपाही ५०० जना गिरफ्तार गर्ने काम नेपाली सेनाले गरेको थियो । इतिहास महान छ अध्यन गरेर बिगतमा भएको एतिहासिक कामको सम्मान र कमि-कमजोरीलाई सच्चाउदै जानुको विकल्प छैन ।

अहिलेको स्थितिमा नेपाल सरकारले पाकिस्तानको सपोर्ट गरेको भएपनि न पाकिस्तान, न भारतसँगनै लडाइँ लडेर केही पाउनु छ । इतिहासमा जे जति लड्यो, पायो, अनि गुमायो । त्यो इतिहासमा सिमित हुन कहाँको चौथो आणविक हतियार भएको भारत र कहाँको १३ औं आणविक विध्वंस हतियार भएको पाकिस्तानसँग ९८ औं स्थानमा रहेको नेपाली सेनाले शक्ति दाज्ने काम गर्नु ।

प्रतिक्रिया: [email protected]