By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    8 hours ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
    1 hour ago
    यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
    2 days ago
    सरकार निर्णयहरूमा कहिलेकाहीँ समस्या आउन सक्छ, त्यसमा करेक्सन गर्न सकिन्छ: रवि लामिछाने
    2 days ago
    श्रम शोषणविरुद्ध माइतीघरमा चिकित्सकको प्रदर्शन
    2 days ago
    दरबार हत्याकाण्ड दीपेन्द्रले गरेका होइनन्: केपी शर्मा ओली
    2 days ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    2 hours ago
    शेयर बजारमा उच्च अंकको वृद्धि
    3 days ago
    सुनको मूल्य बढ्दा चाँदीको घट्यो
    4 days ago
    बुधबार १४ अंकले बढ्यो नेप्से
    4 days ago
    सुनचाँदीको मूल्य बढ्यो
    5 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: कश्मिर राज्यको विवाद र इतिहाँस, कश्मिरको जनताले नै भारत मन पराउदैनन्
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > कश्मिर राज्यको विवाद र इतिहाँस, कश्मिरको जनताले नै भारत मन पराउदैनन्
काठमाडौँ - KTMलेख

कश्मिर राज्यको विवाद र इतिहाँस, कश्मिरको जनताले नै भारत मन पराउदैनन्

साझासवाल
Last updated: October 6, 2016 3:29 am
साझासवाल
25 Min Read
Share

हेम चन्द्र राई –

सम्राट कर्कोटो ( इस्वि ६२५-८८५ ) हिन्दुले कश्मिरमा शासन चलाए संगै अभिनभ गुप्ता ( इस्वि ९५०-१०२० ) उदाए । मिर सम्राट अशोकदेखि कुषाण सम्राट कनिष्कसम्म हिन्दु र बौद्ध संस्कृतिको केन्द्र तथा चक्रवर्ती सम्राट ललितादित्यको विशाल साम्राज्यमा संस्कृत र विद्याको केन्द्र मानिने प्राचीन कालको कास्मिर आज स्वतन्त्रता र स्वाधीनताको लडाइँमा मैदानमा छ । सिन्ध, झेलम र चेनाबजस्ता नदीबाट सिञ्चित तथा मुस्लिम, हिन्दु र बौद्ध धर्मावलम्बीको क्रीडाभूमि जम्मु–कास्मिर भारत र पाकिस्तानको स्वार्थको रणभूमि बन्दै गएको छ ।

Contents
    • हेम चन्द्र राई –
    • सम्राट कर्कोटो ( इस्वि ६२५-८८५ ) हिन्दुले कश्मिरमा शासन चलाए संगै अभिनभ गुप्ता ( इस्वि ९५०-१०२० ) उदाए । मिर सम्राट अशोकदेखि कुषाण सम्राट कनिष्कसम्म हिन्दु र बौद्ध संस्कृतिको केन्द्र तथा चक्रवर्ती सम्राट ललितादित्यको विशाल साम्राज्यमा संस्कृत र विद्याको केन्द्र मानिने प्राचीन कालको कास्मिर आज स्वतन्त्रता र स्वाधीनताको लडाइँमा मैदानमा छ । सिन्ध, झेलम र चेनाबजस्ता नदीबाट सिञ्चित तथा मुस्लिम, हिन्दु र बौद्ध धर्मावलम्बीको क्रीडाभूमि जम्मु–कास्मिर भारत र पाकिस्तानको स्वार्थको रणभूमि बन्दै गएको छ । कश्मिर अहिले भारत, पाकिस्तान र केही अंश चीनमा स्वसासित छ। अहिले भारतमा जम्मु काश्मिर, पाकिस्तानमा काश्मिर र चीनमा साइचेन, दिपसिङ तिब्बतको स्वसासित भाग मानेर राज गरिरहेका छन् । इतिहासमा हेर्ने हो भने कश्मिर राज्यमाथी सन १३३९ मा सान मिर पहिलो पटक धावा बोलेर आफ्नो जम्मु काश्मिर राज्यको स्थापना गरेका थिए । उनी पहिलो मुस्लिम कश्मिर राज्यको संचालक पनि हुन् । उनीहरुले १३३९-१५२६ सत्ता समाले । दोस्रो पटक मुस्लिम साम्राज्यलाई जितेर मुघल (पर्शियन) शासकहरुले सन १५२६-१५४० सम्म मुघलले काश्मिरमा राज्य सत्ता संचालन गरे । यसपछी अफगान  दुरानीले पाकिस्तानको भाग हुँदै सन १५८६-१७५१ सम्म सत्ता समाले । अफगान पछि शिख जातीले सन १७९९ देखि सन १८४९ सम्म काश्मिर राज्यसत्ताको अस्तित्व विश्व मानचित्रमा राखे । काश्मिरमा रजित सिंहले १२ अप्रिल १८०१-२७ जुन १९३९ सम्म सत्तासीन रहेकोे इतिहास भेटिन्छ । खरक सिंहले १९३९ मा शासन गरेका थिए । नैनिहाल सिंहले १८३९-१८४० सत्ता काश्मिरमा राज गरे । शेर सिंहले १८४१-१८४३ दुई साल सत्तामा रहेको इतिहास बताउँछ । त्यस्तै दिपिल सिंहले १८४३-१९४५ सम्म सत्तामा रहेको भनेर उल्लेख गरिएको छ भने गुलब सिंहले १६ मार्च १८४६-३० जुन देखि १८५७ सम्म शासन गरे । यहाँ काश्मिरको बारेमा सत्तामा बागडोर समाल्ने क्रममा आफ्नो छुट्टै स्थान बिशेष बेस बनाएर पनि काश्मिरमा सत्तामा आलिशान भएको उदाहरणहरु इतिहासमा हेर्दा मिल्छ । यो बीचमा केही राजनीति उतारचढावहरु पनि आएका छन्, जस्तो सन १८४६ मा कश्मिरमा पहिलो पटक एङ्लो शिख लडाई भएको थियो । यो सङ्गै दोस्रो पटक २९ मार्च १८४९ एङ्लो शिख लडाइँ आफ्नो साम्राज्य स्थापनाको लागि भएको थियो ।
  • कश्मिर राज्य 
  • के हो वास्तविक विवाद ?
  • आतंकबादी कसलाई मान्ने ?
  • जम्मु कश्मिर अजादको लागी कोको छन ?

कश्मिर अहिले भारत, पाकिस्तान र केही अंश चीनमा स्वसासित छ। अहिले भारतमा जम्मु काश्मिर, पाकिस्तानमा काश्मिर र चीनमा साइचेन, दिपसिङ तिब्बतको स्वसासित भाग मानेर राज गरिरहेका छन् । इतिहासमा हेर्ने हो भने कश्मिर राज्यमाथी सन १३३९ मा सान मिर पहिलो पटक धावा बोलेर आफ्नो जम्मु काश्मिर राज्यको स्थापना गरेका थिए । उनी पहिलो मुस्लिम कश्मिर राज्यको संचालक पनि हुन् । उनीहरुले १३३९-१५२६ सत्ता समाले । दोस्रो पटक मुस्लिम साम्राज्यलाई जितेर मुघल (पर्शियन) शासकहरुले सन १५२६-१५४० सम्म मुघलले काश्मिरमा राज्य सत्ता संचालन गरे । यसपछी अफगान  दुरानीले पाकिस्तानको भाग हुँदै सन १५८६-१७५१ सम्म सत्ता समाले । अफगान पछि शिख जातीले सन १७९९ देखि सन १८४९ सम्म काश्मिर राज्यसत्ताको अस्तित्व विश्व मानचित्रमा राखे । काश्मिरमा रजित सिंहले १२ अप्रिल १८०१-२७ जुन १९३९ सम्म सत्तासीन रहेकोे इतिहास भेटिन्छ । खरक सिंहले १९३९ मा शासन गरेका थिए । नैनिहाल सिंहले १८३९-१८४० सत्ता काश्मिरमा राज गरे । शेर सिंहले १८४१-१८४३ दुई साल सत्तामा रहेको इतिहास बताउँछ । त्यस्तै दिपिल सिंहले १८४३-१९४५ सम्म सत्तामा रहेको भनेर उल्लेख गरिएको छ भने गुलब सिंहले १६ मार्च १८४६-३० जुन देखि १८५७ सम्म शासन गरे । यहाँ काश्मिरको बारेमा सत्तामा बागडोर समाल्ने क्रममा आफ्नो छुट्टै स्थान बिशेष बेस बनाएर पनि काश्मिरमा सत्तामा आलिशान भएको उदाहरणहरु इतिहासमा हेर्दा मिल्छ । यो बीचमा केही राजनीति उतारचढावहरु पनि आएका छन्, जस्तो सन १८४६ मा कश्मिरमा पहिलो पटक एङ्लो शिख लडाई भएको थियो । यो सङ्गै दोस्रो पटक २९ मार्च १८४९ एङ्लो शिख लडाइँ आफ्नो साम्राज्य स्थापनाको लागि भएको थियो ।

कश्मिरमा ब्रीटिस इस्ट इन्डिया ३१ डिसेम्बर १६०० बेलायतमा स्थापना भएको कम्पनीले एसियायी मुलुकमा विभिन्न सानासाना राज्य सन्चालन गरेर बसेको राज्यलाई कहिले घाम नअस्ताउने मुलुक भनेर चिनिने  बेलायतले उच्च हिमालय, प्राकृतिक सुन्दर अनुपम क्षेत्रमा अमानवीय ढङ्गले आक्रमण गरेर आफ्नो अंग्रेज़ उपनिवेश साम्राज्य सुरु गर्‍यो । त्यो समयमा नेपाल, भारत, पाकिस्तान, काश्मिर, बङ्गलादेश, म्यानमार ( बर्मा ) शिकार बने । वीर गोर्खालीको अथाह शाहास, त्यागले नेपाललाई भने पटकपटक अत्याधुनिक हातहतियार सुसज्जित, धेरै ठुलो सङ्ख्यामा रहेको अंग्रेज़ले नेपाली ( गोर्खाली ) माथी साम, दाम, दण्डभेद सबै अपनाएर पनि जित्न सकेन । गोर्खाको एउटा राज्यबाट राजा पृथ्वीनारायण शाहले एकीकरण अभियान बि.स. १८०० बाट नै सुरु गरेर एउटा बिशाल नेपाल बलियो शक्तिशाली भएर एसियाको माझमा उभिएको थियोे । पाँच ठाउँमा मोर्चा खोलेर मात्रै दुई स्थानमा जालझेल छल्कपट तवरले जितेको अंग्रेज़ले पछि भारत र अन्य काश्मिर, पाकिस्तान, बङ्गलादेश , म्यानमार ( बर्मा ) आफ्नो एकक्षत्र उपनिवेश कायम गरेर आफ्नो साम्राज्य सन्चालन गरिएको थियो । पछि भारतमा शान्तिपुर्व र शशत्रपुर्ण भारतिय स्वतन्त्र सङ्ग्राम आन्दोलन भयो अन्ततः अंग्रेज़ भारतलाई स्वतन्त्र प्रदान गर्नुपर्ने बाध्य बन्यो । योसंगै भारत, पाकिस्तान सन १९४७ मा स्वतन्त्र भए तर कश्मिरको बारेमा भने अंग्रेज़ले कुनै पनि कदम सन्चालन गरेन । यानिकी यो क्षेत्र अंग्रेज़को पकटमा आउनुपुर्व काश्मिर राज्य छुट्टै अस्तित्वमा थियोे साथै भारतमा ६३० वटा राज्य आफ्नो अस्तित्वमा थिए जसलाई आक्रमण गरेर एउटा भारत बनाउन बेलायतले आफ्नो उपनिवेशको क्रममा सफल भएको थियो ।

१९४७ बाट दोस्रो अध्यायको रूपमा कश्मिरमा भारत र पाकिस्तान, चीनको आफ्नो भाग उपनिवेश गरेर आजसम्म सन्चालन गरिरहेका छन । जम्मुमा हिन्दुको बाहुल्यता छ, काश्मिरमा मुस्लिम र लड्दाखमा बुद्ध धर्मको बाहुल्यता रहेको छ । यो हिन्दु, मुस्लिम, बुद्ध धर्मका थलो काश्मिर भए पनि धार्मिक रूपमा मतभेद छैन उनीहरुमा आन्तरिक संघर्ष भने छैन । काश्मिरमा मुस्लिम समुदायको बाहुल्यता भएकोले उनीहरुको तीन वटा मत रहेकोे पाइन्छ । हिजो भारत र पाकिस्तान स्वतन्त्र हुँदै गर्दा एउटा हिन्दु धर्मका जम्मुको नागरिक भारतमा विलय हुन चाहन्थे भने मुस्लिम काश्मिरले आफ्नो छुट्टै राज्य चाहेको थियो भने अर्को मुस्लिम भएकोले पाकिस्तानमा विलीन हुने भन्ने पक्षमा र अर्को स्वतन्त्र हुने पक्षमा रहेका थिए। सन १९४१ मा कश्मिरमा ७७ प्रतिशत जनता मुस्लिम, १९ प्रतिशत हिन्दु र ३ प्रतिशत बुद्ध धर्मप्रति आस्थावान थिए । जब भारत पाकिस्तानको स्वतन्त्र पछि काश्मिरमा ८५ प्रतिशत मुस्लिम र १५ प्रतिशत हिन्दु नागरिक थियो । अहिले ९६ प्रतिशत मुस्लिम र ४ प्रतिशत हिन्दु रहेको छ । यहाँ बाहुल्यता मुस्लिम तर राज भने मुठ्ठीभरको हिन्दुले गरेका छन । ब्रीटिस इन्डिया ( १८५८-१९४७ ) एकीकृत शासन रहेको कश्मिरमा ६९ वर्षमा धेरै बलिदान भयो भारतले कब्जा जमाएका जम्मु – कश्मिरको आम नागरिक भारत बाट स्वतन्त्र पाकिस्तान शीत मिल्न वा छुट्टै मुलुक चाहान्छन । बेलायतको उपनिवेशमा ( सन १८५८-१९११ ) सम्म कलकत्ता र ( सन १९११ देखी आजसम्म नयाँ दिल्ली राजधानी बनाएर कश्मिरमा शासन चलायियो । जसको लागि उनिहरुले स्वतन्त्रताको लडाइँ लडेको पनि ६९ बर्ष भैसकेको छ तर उनीहरुको यो मागलाई भारतले आतंकबादी , आतंककारी भनेर दमन शोषण गरेर बिश्व समुदायलाई र कश्मिरमा रहेको मुस्लिम समुदायलाई बन्दुकको गोलि मुनि राखी रहेको छ । कश्मिरको जनता भारतलाई मन पराउदैनन उनीहरुले मुस्लिम भएकोले र सहयोग गर्नुको साथै आफ्नै स्वतन्त्र पाकिस्तानको राज्यमा समाहित भए पनि आफ्नै छुट्टै कानुनी अधिकार दिएको छ र कश्मिर जनताले जे चाहन्छन् त्यो स्विकार्ने बताएका छन त्यो भएकोले पनि पाकिस्तानमा मिल्न चाहन्छन ।

भारतको सिमारेखामा अन्याय अत्याचारको कुनै बयान गरेर साध्य छैन । सानासाना बालबालिकालाई बिधालयमा गोलि हानेर मार्ने, मुस्लिम समुदायको मस्जिदमा आक्रमण गर्ने, बलात्कार, हत्या, आतंक, लुटपाटको कुनै पनि कसर बाकी छैन । कुनै आन्दोलन भएको खण्डमा महिनौं सम्म कर्फ्यु लाग्छ भोकभोकै मर्नु परेको अवस्था छ तर यो कुरा कश्मिरको जनतालाई मात्रै थाहा छ । यो विवाद त्यो नै स्वतन्त्रको लागि थियोे र हुँदै पनि छ । यी तमाम राजनीति उथलपुथल सङ्गै कश्मिर पनि स्वतन्त्र बन्ने महत्वाकांक्षी आस बोकेका थिए तर भारत र पाकिस्तान बेलायतबाट स्वतन्त्र भए सङै कश्मिरमा पाकिस्तान हमला गर्‍यो त्यो हमला पश्चात जहाँ  शासक हरि सिंहले गरिरहेका थिए उनले तत्कालीन समयमा आफ्नो कश्मिर बचाउन भन्दै भारत शीत गुहार मागे भारतले सहयोग गर्ने तर शर्तमा मात्रै सहयोग गर्ने बतायो । कश्मिर चारैतिर बाट चपेटामा परेको अवस्था लाई नियाल्दै हरि सिंहले भारतले भनेको कश्मिर भारतमा गाभिनुपर्छ भन्ने सम्झौतामा अंतरिम सम्झौतामा हस्ताक्षर भयो जुन कश्मिर जनता , बुद्धिजीवीले अंतरिम सम्झौता तत्कालीन समयमा भएको यो पुर्ण होईन भनिरहेका छन भने भारतले त्यो सम्झौता लाई आधार मानेर आफ्नो संविधान धारामा ३७० अन्तर्गत स्थाई अंग मानेर कश्मिरमा भएको आन्दोलनलाई दबाईरहेको छ । यो नै परिस्थिति बाट आजको कश्मिर युद्ध मोर्चामा रहेको छ । जसलाई स्वतन्त्रताको आन्दोलन भन्न मिल्छ । 

कश्मिर राज्य 

भारतमा रहेको जम्मु – कश्मिर राज्यको क्षेत्रफल २,२२,२३६ किमि ( ८५,८०० ) स्कुयर मिटर रहेको छ । जसको सुरुवात २६ अक्टोबर १९४७ बाट भारतले आफ्नो आधिपत्य जमाएको थियोे । भारत प्रशाशित कश्मिरमा जनसंख्या १,२५,४१,३०२ ( २०११ ) रहेको छ । जसको राजधानी अक्टोबर देखि मार्चमा जम्मु , मार्च देखि अक्टोबर सम्म श्रीनगरमा रहनेछ । जम्मुकश्मिर लाई भारतले २२ जिल्लामा बिभाजन गरेको छ । यहाँको बोल्ने भाषाहरु – हिन्दी , काश्मिरी , ड्रोग्री , पन्जावी लद्दाखी हुन भने लद्दाखमा – उर्दु , तिब्बती , बैटी भाषा बोलिन्छ । यहाँ बाहुल्यता मुस्लिम जनसंख्याको छ तर सरकार हिन्दु अल्पसंख्यकको रहेको छ । पाकिस्तानमा रहेको कश्मिरलाई ” अजाद जम्मु कश्मिर राज्यको रूपमा ” परिचीत छ । २४ अक्टोबर १९४७ बाट पाकिस्तान खडा जसको क्षेत्रफल १३,२९७ किलोमीटर अर्थात ५,१३४ स्कुयर मिटर रहेको छ । १० जिल्ला रहेको यो क्षेत्रको जनसंख्या ४५,६७,९८२( २००८ ) रहेको छ । यहाँ सरकारी भाषा उर्दु हो साथै , पहरी , मिरपुरी , गोज्री , हिन्दिको , पन्जावी र पसुतो भाषा बोलिन्छ । यहाँ सरकार आफ्नो स्वतन्त्रमा रहेकोछ । चीनले कब्जा साईचिन , दीपसङमा आफ्नो आदिपथ्य तिब्बत स्वसासित क्षेत्रमा गरेको छ । जहाँ बौद्ध धर्मका जनसंख्याको बाहुल्यता थियो । एक मुद्दा एकत्रित हुन नसक्नुले अर्थात जम्मु कश्मिरको पुर्व भारत पाकिस्तान स्वतन्त्र हुनेबेलामा निर्णायक नेतृत्व प्रदान नहुनाले आजसम्म पछि परिरहेको छ जम्मु काश्मिर स्वतन्त्र आन्दोलन । भारत र पाकिस्तानमा जम्मा २,३५,५५३ किलोमीटर अर्थात ८६,७७२ स्कुयर मिटर जमिन कब्जामा रहेकोे छ । १,७१,०९,१८४ भन्दा बढी जनसंख्या भारत र पाकिस्तान कश्मिरमा रहेका छन । यसमा चीनले ३७,५५५ किलोमीटर अर्थात १४,५०० स्कुयर मिटर  क्षेत्रफल दिपलिङ , साईचिन  तिब्बतमा रहेकोे छ । 

के हो वास्तविक विवाद ?

भारत र पाकिस्तानबीच सन् १९४७ देखि कास्मिरको विषयलाई लिएर विवाद रहदै आएको छ । भारत र पाकिस्तान लामो बेलायती उपनिवेशबाट छुट्टीएर जादा हिन्दु र मुस्लिम बाहुल्य क्षेत्रमा छुट्टाछुट्टै मुलुक हुने भयो जस अनुसार हालको पाकिस्तानलाई पश्चिम पाकिस्तान , बङ्गलादेशमा पुर्वी पाकिस्तान मानेर मुस्लिम बाहुल्य भएकोले पाकिस्तानले आफ्नो स्वतन्त्र मुलुक पायो । बाकी कश्मिर , नेपालको मेची पारी पुर्वका , कालीपारी पश्चिमका कोशी , कालापानी , सुस्ता दक्षिण क्षेत्रमा फैलिएको गोर्खालीले जितेको इलाका सबै विभिन्न प्रपन्च रचेर ब्रीटिस इस्ट इन्डिया कम्पनी ( नेपाल भारत बेलायत ) सुगौली सन्धि मार्फत नेपाली भुभाग अनाधिकृत रूपमा भारतको अधीनमा गयो । भने कश्मिर भारत र पाकिस्तान बिच लडाइँ जारी रह्यो । सुरुको चरणमा कश्मिरको जनताले आफू स्वतन्त्र हुनुपर्ने माग गरे जस अनुरुप भारत र पाकिस्तान हिन्दु भारतमा र मुस्लिम पाकिस्तान जाने भन्ने उर्दी भयो तर त्यो व्यवहारिक थिएन आफ्नो पुर्खौली भुमी सम्पत्ति , पहिचान , कला सस्कृती छोडेर सबै कश्मिरको जनता पाकिस्तान जान इङ्कार गरे र उतै बसे । लडाइँ खासमा कश्मिर जनताको थियो तर भारतले त्यो आन्दोलनलाई कहिले बैधानिक मानेको छैन सत्य यो होकि कश्मिर जनतामा भएको अत्याचारको विपक्षमा पाकिस्तान नैतिक र भौतिक सहयोग कश्मिरको लागि भएको छ भने भारतलाई पाकिस्तानको कश्मिरीहरुलाई गरेको सहयोग आतंकबादी उक्साएको , आफ्नो जमिनमा आँखा लगाएको आतंकबादीको मुलुक उपमाले हेर्ने गरेको छ । कश्मिर अजादी फौजले भारतको सेना माथी विभिन्न समयमा आन्दोलन , सैन्य कार्वाही गरेको छ र त्यो कार्वाहीमा पाकिस्तानी सेनाको पनि सहयोग रहेको छ । 

करिब ६९ वर्षअघि २७ अक्टोबर १९४७ मा कश्मिरको अन्तिम शासक हरि सिंहले कास्मिर भएको आक्रमण बाट बच्न भारत शीत सहयोग माग्यो भारतले भारतमा कश्मिर गाभिनुपर्ने सम्झौता तत्कालीन समयमा गराएर सहयोग लिए भारतमा विलय गराउन एक सन्धीमा हस्ताक्षर गरे तर कास्मिरका जनताको ठूलो हिस्सा भने स्वतन्त्रताका पक्षमा थियो । कास्मिरका शासकले आफूलाई कहिल्यै स्वतन्त्र नबनाउनु र जनताले कहिल्यै पनि भारतीय आधिपत्यको स्वीकार गर्न नसक्नु अहिलेको कास्मिर विवादको जरो हो । एक हिन्दु राजाको अधीनमा रहेको मुस्लिम बहुल क्षेत्र न त भारतमा मिसिन चाहन्थ्यो न त पाकिस्तानमा नै । पुँछ इलाकाका बासिन्दाको झुकाव पाकिस्तानतिर थियो भने घाँटी र जम्मुमा प्रो–इन्डियन नेसलन कन्फ्रेन्सको झुकाब हुन गयो भने त्यहाँका नेता शेख अब्दुल्ला भारतका पूर्वप्रधानमन्त्री जवाहरलाल नेहरूका मित्र थिए । शेख अब्दुल्लाले स्वतन्त्र कास्मिरको अभियान सञ्चालन गरे तर उनको जीवनकालमा कास्मिर स्वतन्त्र हुन सकेन, किनकि उनी आफैंचाहिँ भारतीय शासकवर्गबाट स्वतन्त्र थिएनन् । अहिले पनि कास्मिरमा मुस्लिम संगठनहरू स्वतन्त्रताको लडाइँमा निरन्तर लागेका छन् । जुन दिन भारतीय संविधानको धारा ३७० समाप्त हुन्छ, त्यसदिन कास्मिर भारतको रहनेछैन ।  त्यसपछि कास्मिर के हुन्छ ? यो पनि स्पष्ट छैन । यसकारण कास्मिर विवाद एक ऐतिहासिक भूलको परिणाम हो । कास्मिरको सुरक्षाका लागि भनेर ६९ वर्षअघि गएको भारतीय सेनालाई कास्मिरी जनताले अहिले पनि आफ्नो मुख्य दुस्मन ठान्छन् । त्यसकारण आज कास्मिरमा शान्ति स्थापना सदासय र संवदेनशील सोचाइबाट मात्रै सम्भव छ । समस्याको जड कुरो यही छ कि कास्मिरी जनताले विलय तत्कालीन भएको र दीर्घकालमा स्वतन्त्र नै हुने आँकलन गरेका थिए भने भारतले त्यसलाई पूर्ण विलयको रूपमा लिएको थियो । कास्मिरका राष्ट्रवादीहरू त्यो एक अन्तरिम व्यवस्था भएकाले समयसँगै समाप्त हुनुपर्ने धाराणा राख्छन् भने भारतीय संविधानको धारा ३७० अनुसार कास्मिर यो संविधानको स्थायी अंग हो । कास्मिरमा निर्वाचन हुन्छ र त्यहाँका ठूलो संख्यामा जनताको बहिष्कारका बाबजुद आवधिक निर्वाचन हुने गर्छ र सोही आधारमा भारतको अधिकार भित्र पर्दै आएको छ । एकअर्काका परम शत्रु एसियाका आणविक शक्ति सम्पन्न मुलुक भारत र पाकिस्तानबीच कास्मिरको विषयलाई लिएर पटकपटक लडाइँ हुँदै आईरहेको छ । कास्मिरमा सुरु भएको पछिल्लो आन्दोलनसँगै भारत र पाकिस्तानबीच एकअर्कालाई आरोपप्रत्यारोप भैरहने गरेको धेरै भैसकेको छ । हाल स्वतन्त्र कश्मिरको लागि आन्दोलन गरिरहेका आम नागरिकलाई आतंकबादी , आतंककारी , पृथकतावादी उपमा भिराउदै जसको मलजल गरेको भनेर पाकिस्तानलाई कडा शत्रुको रूपमा हेर्दछ । कास्मिरको विषयलाई विश्वकै सबैभन्दा ठूलो प्रजातान्त्रिक मुलुकको उपमा पाएको भारतले नै पहिले राष्ट्रसंघमा पुर्यायो र राष्ट्रसंघले नै जनमत संग्रहबाट निर्णय गर्नुपर्ने भनी दिएको सुझावलाई अहिले सम्म पनि कार्यान्वयन गरेन । फलस्वरुप कास्मिर भारत पाकिस्तानको युद्धको लागि नयाँ नयाँ बहाना बन्ने स्थल बन्न पुगेको छ । लोकतन्त्रको सम्मान गर्छौ भन्ने भारतले कास्मिरी जनताको आवाजलाई जहिले पनि बन्दुकको नालबाट दबाउने कोशिस गरिरहेको छ, जसका कारण कास्मिरी जनताको स्वतन्त्रताको आन्दोलनमाथि बेलाबेलामा दमन भई नै रहेको छ । पछिल्लो कास्मिर आन्दोलन त्यसैको परिणाम हो ।

गत जुलाई ८ मा हिज्बुल मुजाहिद्दिनका कमाण्डर बुरहान बानीको भारतीय सेनाले गोली हानी हत्या गरेपछि कास्मिरी जनताले ज्यादतीका विरुद्ध आन्दोलन गरे । त्यसको पाकिस्तानले समर्थन गर्यो भने भारत जनताको आन्दोलनमाथि बर्बर दमनमा उत्रियो । अवस्था कहाँसम्म पुग्यो भने आन्दोलनका क्रममा ८० जनाभन्दा बढी (सरकारी तथ्यांक) सर्वसाधारण आन्दोलनका क्रममा मारिए भने सयौं युवाहरु आँखामा लागेको चोटका कारण दृष्टिबिहीन बन्न पुगेका छन् । स्पाइनल कर्ड इन्जुरीजस्ता गम्भीर प्रकारका र अन्य गोली लागेर घाइते भएका सर्वसाधारणको संख्या हजारौं रहेको छ ।१९ सेप्टेम्बर स्वतन्त्र जम्मु कश्मिरको आन्दोलन संगठनको हमला बाट ४ नेपाली सहित १८ भारतिय सेनाको उरिमा हमला भयो जहाँ १८ जना मारिए । यो घटनापछि दुवै देशले सिम्ला सम्झौता पछि भएको ३ जुलाई १९७२ LOC ( line of control ) ७ सय ७८ किलोमिटर लामो नियन्त्रण रेखा क्षेत्रमा युद्धसामग्री र सैनिक संख्या बढाएका छन् । जसले युद्धमा होमिने दुबै आणविक हातहतियारले सम्पन्न दुबै मुलुक गरमागरम अवस्था रहेको छ । यो इतिहासमा नियाल्दा धेरै उदाहरण छन कि कुनै बेला ३५ लाख भियतनाम अमेरिका र भियतनाम लडाइँमा चीनले भियतनामको राजनेता होची मिन्हलाई सहयोग प्रदान गरेको थियो । अफगानिस्तानलाई स्वतन्त्र दिलाउन अमेरिकाले सैन्य सबै सहयोग गरेको थियो । यो लडाइँ तबसम्म जारी रहन्छ जबसम्म जम्मु कश्मिर लद्दाख पुर्ण रूपमा भारतले छोड्दैन । अर्को कुरा भारतले कश्मिर मात्रै होईन नेपालको दुई तिहाई भुभाग , भुटान , म्यानमार ( बर्मा ) को जमिन समेत उपनिवेश गरिरहेको छ । इतिहासमा जबसम्म फिर्ता हुँदैन कुनै न कुनै रुपमा भारतलाई दक्षिण एसियामा राम्रो नजरले इतिहास , जनताले मान्ने छैन । साथै शान्तिको अग्रदुत भगवान गौतम बुद्ध जन्मेको एसिया शान्ति कहिले स्थापना हुनेछैन । एसियाली मुलुकमा शान्तिको लागि बाधक भनेको नै भारत हो । बिकासले , क्षेत्रफल , शक्तिशाली हिसाबले अरु माथि जबसम्म जवर्जस्त राजनीति हुन्छ तवसम्म शान्तिको अभाव रहिरहनेछ ।

आतंकबादी कसलाई मान्ने ?

भारतले कास्मिरमा संघर्षरत मुस्लिम समुदायलाई आतंकवादीको संज्ञा दिने गरेको छ । केही दिनअघि भएको आक्रमणमा पनि उसले आतंकवादीको संलग्नता रहेको बताएको थियो भने पाकिस्तानले उरी घटना कास्मिर आन्दोलनमाथिको ज्यादतीको प्रतिक्रिया भएको टिप्पणी गरेको थियो । त्यतिमात्रै होइन कास्मिरको संघर्षलाई समर्थन गरेकोमा पाकिस्तानको र केही मुस्लिम संगठनलाई समेत आतंकवादको पक्षमा रहेको भारतले बताउँदै आएको छ ।

कास्मिर आन्दोलनका क्रममा भारतले पाकिस्तानमाथि आतंकवादलाई समर्थन गरेको, आतंकवादी देश भएको आरोप लगाउनु कुनै नौलो कुरा नै होइन । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफदेखि प्रधानसेनापति राहिल सरिफसम्मले कास्मिरमा भारतीय सुरक्षाकर्मीको दमनबाट सर्वसाधारण मारिएकोमा निन्दा गरे । यसलाई भारतले आतंकवादमाथिको समर्थन भन्यो तर कास्मिरको आतंकवाद कास्मिरभन्दा बाहिर फैलिएको छैन । यो आतंकवाद भारतीय शासकको छलछामपूर्ण नीतिविरुद्धको आतंकवादको रुपमा आफ्नो पहिचान बनाएको छ यसर्थ, कास्मिरका आन्दोलनकारी समुदाय चरमपन्थी संगठन इस्लामिक स्टेट (आईएस), अलकायदा, तालिवान, अल नुसरा फ्रन्टदेखि बोको हरामजस्ता आतंकवादी संगठन होइन ।

भारतले चरमपन्थी र आतंकवादी भनिरहेको हिज्बुल मुजाहिद्दिनलगायतका संगठन भारतको आँखामा आतंकवादी भएपनि स्वयम् कास्मिरी जनताको आँखामा स्वतन्त्रता आन्दोलनका अगुवा योद्धा हुन् । सोही कारण कास्मिरको आन्दोलनविरुद्ध त्यहाँका जनता उत्रिदैनन् । अहिले पनि भारतले साढे दुई महिनाभन्दा लामो समयदेखि कफ्र्यु, यातायात र सञ्चारमा समेत प्रतिबन्ध लगाइदा पनि कास्मिरी जनता स्वतन्त्रताका लागी लडी रहेकै छन् । शक्तिशाली , बिकासमा अघि भएको खण्ड मै आफुलाई शेर मानेर दक्षिण एसियामा राज गर्ने भारत नै एउटा आतंकबादी जन्माउने , अशान्ति निम्ताउने मुलुक हो । जसले मुस्लिम समुदायलाई अतिवादी हुनमा उक्साउने , नेपाललि राजनीतिमा आफ्नो वाद लाद्ने , भुटान , बङलादेशमा समेत अहोरात्र मुलुकमा लडाइँ , झैझगडा निम्ताउने आफुले भने जस्तो नहुदा नाकावन्दी , सहयोग रोक्ने , सरकार गिराउने कार्य भारतले बिगत नेहरु देखि नै।हुदै आईरहेको छ ।

जम्मु कश्मिर अजादको लागी कोको छन ?

मोर्चा , आन्दोलन , युद्धमा ।

लामो उपनिवेशबाट स्वतन्त्र भारत र बिस्वको पहिलो मुस्लिम मुलुक पाकिस्तान हुँदै गर्दा कश्मिर को जनताको पनि ठुलो आस थियो अब स्वतन्त्र हुने भनेर तर त्यो भएन बरु कश्मिर पटकपटकको  युद्धभुमीमा परिनत गराईयो । २४ अक्टोबर १९४७ मा पाकिस्तानले अजाद जम्मु कश्मिरको एक भाग लियो यो संगै भारतले धेरै जम्मु कश्मिर , लद्दाख लगायत क्षेत्रहरु  २६ अक्टोबर १९४७ मा लियो । चीनले पहिले नै दिपलिङ , अक्साई चीन विभिन्न समयमा तिब्बतमा समाहित गरेको थियोे । जसको लागि कश्मिर स्वतन्त्रताको लागि सङ्ठनहरु भारतको विरुद्धमा स्वतन्त्र कश्मिरको लागि आक्रमण सुरु गरे । जो निम्नलिखित छन ।

१, हिज्बुल मुजाहिदीन सङ्ठन – यसको स्थापन सन १९८९ मा महमद असद दारले स्थापना गरेका थिए । जसको शिर्ष नेता तथा कमान्डरहरु शेख अब्दुल वहिड , अशरत दार , अब्दुल मजिद दार , अलि मुहमद दार , गुलम रोसोल दार , महमद युसुफ खान र बुर्हन मुजफिर वाइनी ( बुर्हन वाईनी ) हुन । बुर्हन वाईनिलाई ८ जुलाई मा भारतीय सेनाले मारे तब कश्मीरमा आन्दोलन चर्कियो । जसको १०,००० आफ्नो सेना रहेको छ । उनीहरुको लडाइँ अजाद जम्मु कश्मिरको लागि शान्ति प्रक्रिया र हिंसात्मक दुबै रहिआएको छ ।

२, जम्मु कश्मिर लिबरेसन फ्रन्ट ( JKLF ) –  यो सङ्ठनको स्थान २९ मे १९७७ मा इङ्गल्याण्डको बर्मिङघम भएको थियो । जसको सस्थापक अमनुल्लह खान र मबोल भाइले गरेका हुन । उनीहरुको उदेश्य जम्मु कश्मिरलाई एउटा स्वतन्त्र राज्य स्थापना गर्नु  रहेको छ । यो सङ्कठनलाई कश्मिरको जनता , पाकिस्तानले सपोट गरेको भए पनि भारतले आतंकबादी संगठन मान्दै आएको छ । यो सङ्गठनले विभिन्न समय मोर्चाबद्द लडाइँ लडेका छन । साथै छिटफुट भारतिय सेना माथी हमला जारी राखेकाछन ।

३, लश्कर ए तोइवा – यो संगठनको स्थापना सन १९८६ मा भएको थियोे । जसको सदस्य ५०,००० मानिन्छ भने लिडर हाफिज महमद सायिद हुन । यो संगठनले पनि आफ्नो आतंकबादी गतिविधि संगै कश्मिरमा भएको मुस्लिम समुदायको भारतले गरेको अत्याचार बिरुद्ध सहयोग तथा स्वतन्त्र कश्मिरको।लागि समर्थन गरेको छ ।

४, हरकत उल जिहाद अल इस्लामी – यो संगठनको स्थापन सन १९९० मा भएको थियोे । मुस्लिम समुदायमा भएको अत्याचारको विरुद्धमा कश्मिरकि स्वतन्त्रको लागि समर्थन गरेको छ ।

५, जैस ए महमद – यो संगठनको स्थापन सन २००२ मा भएको थियो । जसको नेतृत्व मसुद अजरले गरेका छन जसको २,००० सदस्य रहेकोे अनुमान गरिन्छ र कश्मिर स्वतन्त्र आन्दोलनको समर्थन गरेको छ । 

६, हर्कत उल महमद – यो संगठनको स्थापना १९८५ मा भएको थियो । लिडर तज्लुर रेहमन खालिल हुन । उनले पनि कश्मिर आन्दोलनको समर्थन गरेका छन ।

७, अल बुर्ड – सन १९९८ म स्थापना भएको संगठनको लिडर अर्फिन भाइ , जशिद रिहल र भक्त जमिन खान हुन । उनीहरुको पनि कश्मिर आन्दोलनमा समर्थन रहेकोे छ ।

८, दुखतरन ए मिल्लत – सन १९९३ म स्थापना यो सङ्गठनको लिडर असिया अन्द्राबी हुन । यो संगठन शीत ३५० सदस्य रहेको बताइन्छ । कश्मिर अजादको लागि यो सङ्गठनले पनि समर्थन र सहयोग गरेको छ ।

९, अल पार्टिज ह्युमियट कन्फ्रेन्स – पाकिस्तानको राजनैतिक सबै २६ दलको  सयुक्त संगठनको ९ मार्च १९९३ मा स्थापना भएको हो । कश्मिरना भएको मुस्लिम समुदायकि बर्बरताको बिरुद्धमा उनीहरुको चाहना अनुसार स्वतन्त्र वा पाकिस्तान मिल्न लागि सक्ने साथै सबै तवरले सहयोग समर्थन गरेको छ । यो कारण पनि भारतले कश्मिरमा पाकिस्तानको समर्थन राजनीति दलको अनिवादी मुस्लिम संगठनको भएकोले आतंकबादी मान्दै र पाकिस्तान आतंकबादीको देश आरोप लगाउदै आई रहेको छ ।

१०, पाकिस्तान सहयोग – कश्मिर जनताको बाहुल्यता मुस्लिम भएकोले त्यहाँको जनता पाकिस्तान शीत गाभिन समेत चाहनेको सङ्ख्या भएकोले पाकिस्तानले कश्मिर आन्दोलनलाई नैतिक र भौतिक सहयोग प्रदान गर्दै आएको छ । उसले बताएको छकी कुनै दिन कश्मिर लाई स्वतन्त्रता प्रदान गरेर नै छाड्ने छ यो पाकिस्तानको कश्मिर जनताको लागि प्रतिबद्धता हो । जसको लागि विभिन्न चरणमा युद्धमा समेत होमिएको छ । पाकिस्तानले कश्मिर आन्दोलनलाई जनताको राय म्यान्डेट लाई भारत मान्नुपर्ने धारणा पहिला देखि नै राखेर र अन्तर्राष्ट्रिय समुदायमा पनि उठाउदै आईरहेको छ कश्मिर समस्या बारेमा । अहिलेसम्म हजारौंको बलिदान , अंगभंग भएका छन तर स्वतन्त्र वा भारत बाट छुट्टिएर पाकिस्तानको नक्सामा बसेर आफ्नो स्वाभिमान लाई बचाउन चाहन्छन कश्मिरको जनता । कश्मिर आन्दोलनमा आन्दोलन गर्ने सङ्गठन केहि अतिवादी मुस्लिम कानुन सुन्नी लाद्ने पनि सपोट गरिरहेका छन कुनै स्वतन्त्रको आवाज बुलन्द गर्नेछन् । जुन भारतले अन्तर्राष्ट्रिय समुदायमा फैलाएको इस्लामिक स्टेट आईएस , तालिवान , बोको हराम अतिवादी मुस्लिम आतंकबादी सङ्गठन मात्रै छैनन् । भारतले गरेको यो प्रपन्चले अझै आतंकबादी , अतिवादी मुस्लिम सङ्गठनहरुको जन्म हुँदै गइरहेको तथ्यांकले देखाउछ । जुन स्वतन्त्रको आन्दोलनमा अलकायिदा , नुस्रा फ्रन्ट तालिवान आदिले प्रसय पाईरहेका छन । उनीहरुले समेत नैतिक समर्थन गरेकाछन यो आन्दोलनलाई जुन कश्मिर आफ्नो स्वतन्त्रको लागि लडिरहेका आन्दोलनमा भारतले आतंकबादी संज्ञ दिन सजिलो भैरहेको छ ।

[email protected]

Share This Article
Facebook Email Copy Link Print
Previous Article कालीगण्डकी लोकमार्गको निर्माण तीव्र
Next Article भारत-पाकिस्तान तनाब, भारतीय सैनिक क्याम्पमा फेरी अर्को हमला
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

अर्थ/विकासकाठमाडौँ - KTM

भारतले उपलब्ध गराएको कोरोना बिरुद्धको खोप काठमाडौँ आइपुग्यो

57 years ago
कन्चनपुर - KNCकाठमाडौँ - KTMसमाज

निर्मला हत्या प्रकरणमा २६ प्रहरीमाथि छानबिन हुँदै

57 years ago
अर्थ/विकासकाठमाडौँ - KTM

आगामी वर्षको बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्र प्रस्ताव गर्न अर्थमन्त्रीको आग्रह

57 years ago
काठमाडौँ - KTMपत्रपत्रिकाबाट

विदेशबाट नेपाली फर्काउने प्रक्रिया अलपत्र

57 years ago

Sport News

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

  • About Us
  • Blog
  • Blog
  • Buzzstream Home
  • Contact
  • Contact
  • Contact Us
  • CV MAKER
  • Election-2082
  • Elementor Page #277718
  • Focus Home
  • History
  • Join Us
  • Login
  • Login
  • Member Login
  • MorningNews Home
  • My Feed
  • My Interests
  • My Saves
  • Read History
  • Read History
  • Recent News
  • Register
  • Register
  • Sample Page
  • Team
  • Thank You
  • Unicode
  • तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
  • दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
  • भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
  • श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
  • साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?