By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
  • मुख्य समाचार
  • बैदेशिक रोजगार
    बैदेशिक रोजगारShow More
    अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
    4 days ago
    जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
    1 month ago
    भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
    1 month ago
    नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
    3 months ago
    बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
    3 months ago
  • राजनीति
    राजनीतिShow More
    तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली
    2 hours ago
    अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल
    3 hours ago
    चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ
    8 hours ago
    श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या
    1 day ago
    कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला
    1 day ago
  • अर्थ/विकास
    अर्थ/विकासShow More
    सुनचाँदीको मूल्य बढ्यो
    8 hours ago
    केराको मूल्य निरन्तर उकालो, प्रतिदर्जन ३०० रुपैयाँ
    1 day ago
    सुनचाँदीको मूल्य बढ्यो
    1 day ago
    चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन
    2 days ago
    मंगलबार सुनचाँदीको मूल्य बढ्यो
    2 days ago
  • समाज
  • विश्व
  • खेलकुद
  • टिप्स
  • प्रवास
  • बिचित्र संसार
  • मनोरञ्जन
Reading: बलि प्रथा: शास्त्र सम्मत कि विरुद्ध ?
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
  • Search Page
  • 404 Page
  • Search Page
  • Search Page
  • Blog Index
  • Contact Us
  • Search Page
  • 404 Page
  • Pages
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Pages
    • Home
    • Blog Index
    • Contact Us
    • Search Page
    • 404 Page
  • Personalized
  • Personalized
  • Personalized
  • More Foxiz
    • Login
    • Contact
    • Blog
    • Buy Theme
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Personalized
    • Read History
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
  • Categories
    • अर्थ/विकास
    • सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > बागमती प्रदेश > काठमाडौँ - KTM > बलि प्रथा: शास्त्र सम्मत कि विरुद्ध ?
काठमाडौँ - KTMलेख

बलि प्रथा: शास्त्र सम्मत कि विरुद्ध ?

साझासवाल
Last updated: October 7, 2016 10:01 am
साझासवाल
5 Min Read
Share

(पूर्णप्रसाद मिश्र) | असोज २१, काठमाडौँ । पशु बलिका पक्षधर पशुको मुक्तिका लागि विधिपूर्वक बलि दिनु शास्त्रीय बताउँछन् भने बलिको विपक्षमा रहनेले देवीमाता भएकाले सन्तानको बलि नखाने तर्क गर्छन् । 

दसैँको मुख्य दिन नजिकिँदै जाँदा यसरी पशु बलिको पक्ष र विपक्षमा तर्क गर्ने क्रम बढेको छ । गृहस्थाश्रममा बसेर सुख सुविधा भोग गर्नेले अनिवार्य बलि दिनुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतम बताउनुहुन्छ । 

“राज्य सञ्चालनका लागि प्रभुशक्ति, मन्त्रशक्ति र उत्साह शक्तिको आवश्यकता पर्छ, यी शक्ति प्राप्तिका लागि राज्यले दुर्गा यज्ञका बेलामा अनिवार्य बलि दिनुपर्छ, प्रभुशक्ति राज्यको कोषवृद्धिसँग सम्बन्धित छ, राज्यमा राम्रो नीति निर्धारणका लागि मन्त्रशक्तिको आवश्यकता पर्छ, राज्यको रक्षा गर्ने सेना र प्रहरीको उत्साह बढाउन उत्साहशक्ति बढाइनुपर्छ भन्ने शास्त्रीय मान्यता छ”–उहाँले भन्नुभयो । 

दुर्जनको विनाश र सज्जनको रक्षाका लागि राज्यलाई उत्साह शक्तिको आवश्यकता पर्छ । दुर्जनबाट लोक रक्षाका लागि देवीलाई बलियो बनाउनुपर्छ भन्ने शास्त्रीय मान्यताका आधारमा बलि प्रथाको सुरुवात् भएको प्रा डा गौतमले बताउनुभयो । महाकाली शक्तिकी अधिष्ठात्रीदेवी भएकाले बलिको आवश्यकता पर्ने शास्त्रीय मान्यता भएको एकथरि धर्मशास्त्रविद्को भनाइ छ । 

राज्य सञ्चालन गर्ने क्षत्रीयमा बलि दिनैपर्ने मान्यता छ । बलि पनि तीन प्रकारका हुन्छन् । सात्विक बलि, राजस बलि र तामस बलि । चन्दन, अक्षता, फूल, अघ्र्य, पञ्चामृत र पायसले पूजा गर्ने विधिलाई सात्विक बलि भनिन्छ । सात्विकका साथै पशुपक्षीको रगत, मासु दिएर सन्तुष्ट गराउने विधिलाई राजस बलि भनिन्छ । 

सात्विक र राजस दुबै विधिसहित रक्सीसमेत चढाएर गरिने पूजा विधिलाई तामस बलि भनिन्छ । गुह्येश्वरी मन्दिरमा तामस विधिबाट बलि दिने परम्परा छ । पशुबलि दुर्गापक्षमा देवी स्थापना गरिएको स्थानमा विधिपूर्वक पशुमुक्तिका लागि भनेर सङ्कल्प र प्रार्थना गरी दिने विधि छ । मासु नखाने (शाकाहारी) ले पनि बलि दिएर सुँघेर छोड्ने परम्परा समेत छ । 

केही वर्षअघि शाकाहारी अग्निहोत्री तीर्थराज आचार्यले पशुपति मन्दिर परिसरमा सोमयोग यज्ञ गर्दा बोकाको बलि दिई सुँघेर छोडिदिनुभएको घटना धर्मशास्त्रविद् प्रा डा गौतमको स्मरणमा अझै ताजा छ । अहिले नेपालमा चलेको तन्त्र र वैदिक मिश्रित विधि भएकाले शक्तिपीठमा बलि दिनुपर्छ भन्ने मान्यता प्रबल छ । 

पशु अविवेकशील प्राणी हो, उसले मुक्तिको चाहना गरेको हुन्छ । विवेकशील प्राणी मानवले मुक्ति पाउन तीर्थ, व्रत, दान, धर्म, उपकार अनेक साधना गर्नसक्छ तर अविवेकशील प्राणीलाई विधिपूर्वक बलि नदिने हो भने कहिल्यै मुक्त हुन नसक्ने धार्मिक विश्वास छ । 

“अविवेकशील प्राणीलाई मुक्ति दिन मठ मन्दिरमा विधिपूर्वक बलि दिनुपर्छ, मुक्त हुनका लागि बलि हुन पाउनु पशुको अहोभाग्य हो, अदालतले जस्तोसुकै आदेश गरे पनि यो प्रथा बन्द हुन सक्दैन, शास्त्रीय मान्यता रोक्नुहुँदैन, विकृति रोक्नुपर्छ”– प्रा डा गौतमले भन्नुभयो । 

कालिका पुराणमा भनिएको छ – 

यज्ञार्थे बलयः सृष्टाः स्वयमेव स्वयम्भुवा । 

अतस्त्वां घातयान्येद्य तस्माद्यज्ञे बधोऽबधः ।। 

अर्थात्, पशुलाई बलि यज्ञका लागि सृष्टिकर्ता ब्रह्माले सृष्टि गरेका हुन् । म तिमी पशुलाई छेदन गर्छु, यो तिमीलाई बध गरेको होइन । 

बलि अघि शस्त्र अस्त्रको पूजा गरी राम्रोसँग छेदन गर्नुपर्छ भन्ने मान्यता छ । 

पूर्व नायब बडा गुरुज्यू एवम् राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा डा माधव भट्टराई पशुबलिको विरोध गर्ने हो भने गाउँ टोलदेखि शाकाहारी अभियान चलाउनुपर्ने बताउनुहुन्छ । “३६५ दिन गाउँ सहरमा काटिने पशुको विरोध नगर्ने तर दसैँ र मठ मन्दिरमा विधिपूर्वक गरिने पशुबलिको विरोध गर्नु संस्कृतिमाथिको आक्रमण हो, म जन्मसिद्ध शाकाहारी हुँ, तर पशुबलि शास्त्रसम्मत छ”– उहाँले भन्नुभयो । 

हजारौँ वर्ष अघिदेखि बलि प्रथा चलेको हो । देवपूजा, पितृपूजा र विशिष्ट अतिथिको सत्कार गरी तीन सन्दर्भमा बलि दिने परम्परा चल्दै आएको हो । शास्त्रमा जहाँ बलिको प्रशङ्ग छ, त्यहाँ मासु नखानु राम्रो भनिएको छ । खाने हो भने देवता र पितृलाई चढाएर खाए दोष लाग्दैन भनी उल्लेख गरिएको उहाँले बताउनुभयो । 

‘देवान् पितृन् समभ्यच्र्य खादन् मांसम् न दोषवाक्’ 

भरसक काटमार नगर्नु, मासु नखानु महा फलदायक हुन्छ तर मानिसको प्रवृत्ति मासु खाने हुनेभएकाले विधिपूर्वक बलि दिएर चढाएर खाने शास्त्रीय व्यवस्था भएको हो । 

बलिप्रथाको विरोधमा अभियान चलाइरहनुभएका संस्कृतिविद् एवम् पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा गोविन्द टण्डन शास्त्रले बलि प्रथालाई हटाउनुपर्छ भन्ने मान्यतालाई प्रोत्साहन दिएको बताउनुहुन्छ । 

“मानिसमा हुने बोकाको जस्तो काम भावना, भेँडाको जस्तो मोह, ऊँटको जस्तो मात्सर्य र मानिसमै हुने मदजस्ता पशुतालाई बलि दिने भनिएको हो, पशुलाई होइन, राणा र राजाको दरबारमा बलि प्रथाको साक्षी बसेकाले बलिलाई शास्त्रसम्मत भनी व्याख्या गरिरहेका छन्” – उहाँले भन्नुभयो । 

बलि प्रथाका नाममा धर्म निरपेक्ष राज्यले निर्दोष पशु बलि दिनु नहुने डा टण्डनको भनाइ छ । बलि प्रथाविरुद्ध अभियान सुरु भएपछि हाल बजारमा खसीबोका भन्दा नरिवलको सङ्ख्या बढेको देखिन्छ । पशु बलि यथावत् रहे पशुसँग भन्दा मानिससँग डराउनुपर्ने अवस्था आउने भएकाले वर्षभर पशुबलिविरुद्धको अभियान चलाइएको संयोजक विकेश श्रेष्ठले बताउनुभयो । रासस  

Share This Article
Facebook Email Copy Link Print
Previous Article धनगढीमा रामलिला महोत्सव हुँदै, ५१ फिट अग्लो रावणको पुत्ला बनाईने
Next Article रंगेली प्रहरीद्धारा मन्दिर सरसफाई
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

काठमाडौँ - KTMमुख्य समाचारराजनीति

संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ

1 month ago
काठमाडौँ - KTMसमाज

आगामी तिन दिनको मौसम पूर्वानुमान : यी स्थानमा बर्षा र हिमपातको सम्भावना

57 years ago
काठमाडौँ - KTMविश्व

सन् २०१६ मा विश्वभरी ५७ पत्रकार मारिए

57 years ago
काठमाडौँ - KTMसमाज

युरोपेली देशहरुमा सङ्क्रमितहरुको सङ्ख्यामा फेरि बृद्धि

57 years ago
साझा सवाल

साझा सवाल — नेपाली समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी प्रदान गर्ने विश्वसनीय डिजिटल सञ्चार माध्यम।

  • ठेगाना: बालुवाटार, काठमाडौं, नेपाल
  • फोन नम्बर: +977-01-4412988 | +977-9802398980
  • इमेल: [email protected]
  • सूचना विभाग दर्ता नं.: २४२२-२०७७/२०७८

हाम्रो एप डाउनलोड गर्नुहोस्

GET IT ONGoogle Play Download on theApp Store

द्रुत लिंकहरू

  • गृहपृष्ठ
  • हाम्रो बारेमा
  • विज्ञापन
  • नियम र शर्तहरू
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
अध्यक्षअनिल अधिकारी
सम्पादकगोमा पण्डित
समाचार डेस्कमनिषा अधिकारी
अपडेट डेस्कदिपक महत+9779802398983

विज्ञापनको लागि

मार्केटिङ म्यानेजर सुरज अधिकारी मोबाइल: +977-9802398981
सम्पर्कको लागि मनोज अधिकारी मोबाइल: +977-9802398982
Copyright © साझा सवाल. सर्वाधिकार सुरक्षित।
Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?