By using this site, you agree to the Privacy Policy and Terms of Use.
Accept
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
• मुख्य समाचार
• बैदेशिक रोजगार
बैदेशिक रोजगारShow More
अर्जेन्टिनालाई हराउँदै स्पेनले उचाल्यो फिफा विश्वकप २०२६ को उपाधि
16 hours ago
जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी
1 month ago
भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण
1 month ago
नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा
3 months ago
बिदेशी कामदार भर्ना गर्न TURAP प्रणाली अपनाउने योजनामा मलेसिया सरकार !
3 months ago
• राजनीति
राजनीतिShow More
कुनै पनि प्रदेशसभा प्रतिपक्षविहीन बन्नु हुँदैन: विश्वप्रकाश शर्मा
4 hours ago
४१.१७ अंकले बढ्याे सेयर बजार
6 hours ago
लेबल नभएका सामान बेच्नेलाई वाणिज्य विभागले कारबाही गर्ने
6 hours ago
प्रधानमन्त्री शाहले पुँजी बजार तथा बीमा क्षेत्रका सरोकारवालाहरूसँग छलफल गर्दै
9 hours ago
यस्तो तालले सरकार ५ वर्ष टिक्दैन: कुलमान घिसिङ
2 days ago
• अर्थ/विकास
अर्थ/विकासShow More
४१.१७ अंकले बढ्याे सेयर बजार
6 hours ago
सुनचाँदीको मूल्य बढ्यो
10 hours ago
शेयर बजारमा उच्च अंकको वृद्धि
3 days ago
सुनको मूल्य बढ्दा चाँदीको घट्यो
4 days ago
बुधबार १४ अंकले बढ्यो नेप्से
5 days ago
• समाज
• विश्व
• खेलकुद
• टिप्स
• प्रवास
• बिचित्र संसार
• मनोरञ्जन
Reading: हाम्रो राष्ट्रिय चाड वडा दशैं पर्व
Font ResizerAa
Sajha Sabal | साझा सवालSajha Sabal | साझा सवाल
Font ResizerAa
• Search Page
• 404 Page
• Search Page
• Search Page
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Pages
• Home
• Blog Index
• Contact Us
• Search Page
• 404 Page
• Personalized
• Personalized
• Personalized
• More Foxiz
• Login
• Contact
• Blog
• Buy Theme
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Personalized
• Read History
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
• Categories
• अर्थ/विकास
• सूचना प्रबिधि
Follow US
Sajha Sabal | साझा सवाल > Blog > प्रदेश समाचार > गण्डकी प्रदेश > पर्बत - PBT > हाम्रो राष्ट्रिय चाड वडा दशैं पर्व
पर्बत - PBTलेख

हाम्रो राष्ट्रिय चाड वडा दशैं पर्व

साझासवाल
Last updated: October 8, 2016 3:43 am
साझासवाल
13 Min Read
Share

-सुन्दरप्रसाद जोशी “वादल”

प्रारम्भः–
नेपालमा मनाउने राष्ट्र्यि चाडहरु मध्ये वडा दशैँ चाड प्रमुख हो । हिन्दुहरुले प्रत्येक बर्ष मनाउदै आइरहेका चाडहरुमा विशेषत चैत दशैँ, वडा दशैँ, भाई टिका (तिहार) नेपाल सम्वत , छठ र लोसार जस्ता चाडपर्व नै हुन । यी चाडहरु पर्व नै प्रमुख हुन। यी चाडहरु अलवा मुश्लिमहरुले मनाउने वकरत इद पनि हुन। यो चाड नेपालमा रहेका मुश्लिम धर्मका अनुयायीहरु मनाउने गर्दछन् ।
हिन्दुहरुको अहिले वडा दशैँ महान चाड घर आगनमा आइरहेको छ । यो चाड असत्य माथी सत्यको विजयको स्मरण तथा दैवी शक्तिको स्मरणले बढवा पाईरहेको छ । यस वडा दशै चाडमा नौ दिन सम्म देवी दुर्गा भवानीको पूजा आरधना गरी दशौ दिनको दिन महासरस्वती, महालक्ष्मी र महाकालीको पूजा गरी प्रसादको रुपमा रातो टिका, जमरा लगाई खुशियालि मनाउँदै एक आपसमा सु–स्वास्थ्य एवं प्रगतिको कामना साटा सात र मान्यजनहरु आफ्ना सन्तती, इष्ट मित्रहरुको आरोग्यको लागी देवी वाक्य उच्चारण गर्दै पूर्ण कलसको घडाका स्वच्छ जल अभिशेक गरी टिका प्रसाद, जमरा प्रदान गरिन्छ ।
आशिर वचन
“ॐ जयन्ती मंगला काली भद्र काली कपालिनी
दुर्गा क्षमा शिवधात्री स्वाहा स्वधा नमस्तुते ।।
वडा दशै पर्व आश्विन शुल्क प्रतिपदा का देखि सुरु मै नवमी सम्म नवरात्र, नव दुर्गा भवानीको पूजा आरधनाको साथ दशमी पनि मनाइन्छ ।
दशमीको दिन देव देवादिको दर्शनगरी टिका प्रसाद ग्रहण आर्शीवाद मागी घरका आफूभन्दा माथीको मान्य जन एवं वाजे, वजै , पिता, माता, दाजुहरु मान्यजनको बाहुलिवाट शुभ साईतमा आर्शीवाद सहित निधारमा रातो टिका, जमरा लगाई मिठा मिठा परिकारहरुको भोज एवं नँया नँया राम्रो सफा चोखो बस्त्र लगाई सुखको अनुभूति गरिन्छ ।
वडा दशैँ हाम्रो धर्म शास्त्र अनुुसार देव गणहरुले राक्षस गणलाई वध गरेको उपलक्ष्यमा हर्ष बढाई गर्दै विजयको ध्वजा फहराउदै असत्य माथीको सत्यको विजय  आसुरी शक्ति माथीको विजयको हर्षको रुपमा विजया दशमी पर्व मनाउदै आइएको छ ।
दशै वर्षमा दुइवटा मनाउदै आई रहेको छौं । चैत्र दशै र वडा दशैँ ।
चैत्र दशै –चैत्रमा अष्टमीको दिनमा मनाइन्छ भने वडा दशै आश्विन शुक्लपक्षमा मनाईन्छ, चैत्र दशैमा मान्यजनवाट टिका जमरा लगाउने चलन नभए पनि शतिm पीठहरुमा दर्शन पूजा अर्चना गरी टिका प्रसाद ग्रहण गरी मनाइन्छ । वडा दशैंको  अवसरमा प्रतिपदाको दिन पुजाकोठामा , जमरा कोठामा शुद्धरुपले जौ, तिल,मकै वालुवाको वेदी उमारी दशमीको दिन देवी भगवति,सरस्वति , लक्ष्मीको प्रसाद स्वरुप टिका जमरा लगाईन्छ ।
१) पितृ श्राद्ध
आश्विन शुल्क पक्ष प्रतिपदाको दिन देखि सोह्रस्राद्धको सुरुभै आफ्ना पितृको पार्वण श्राद्ध गरीन्छ,। हिन्दु धर्ममा त्रिऋण चुक्ता गर्नु पर्ने मानवको कर्तव्य मानिएको छ, यी तीन ऋण पितृ ऋण , ऋषि ऋृण , र देव ऋण चुकाउनु पर्ने उल्लेख भएको छ । आफ्ना दिवंङगत पितृहरुको स्मरण को लागि मुक्तिको लागी मृत्यृ तिथिका दिन यस वडा दशैंको पक्षमा प्रावण श्राद्ध गरीन्छ । यस सोह्र श्राद्धका दिन नदिनालाका तिर, समुन्द्रको तिर एवं मुस्ताङ जिल्लाको काग वेनीमा पुगी पितृ श्राद्ध गरीएमा पितृ ऋणवाट मुक्तहुने कुरा धार्मिक ग्रन्थमा उल्लेख गरेको पाइन्छ । हामी हिन्दु नेपालीहरु आफ्नो समय परिस्थिीतिको साथ पाएमा कागवेनीमा पुगी पितृ श्राद्ध गरी श्री  मुक्तिनाथ धामको पूजा दर्शन गर्ने गरीएको छ ।
हामी हिन्दुहरु पितृ ऋण चुकाए जस्तै ऋषि ऋण पनि चुकाउनु अनिवार्य छ । धर्म सस्कृति अध्ययन गरी आफ्नो सस्कृतिको गरिमालाई उत्तरोत्तर उन्नयनले प्रगति गर्दै लानुका साथै गुरुको सन्मुख नत मस्तक भएर ऋषि ऋणबाट मोचनको वारेमा लाग्नु पनि जरुरी छ ।
वडा दशैंमा त्रिऋण चुक्ता गरी मोक्ष प्राप्त गरे झैं आफ्ना नातेदार भाई साथी, इष्ट मित्र संग शुभ–कामना पनि आदान प्रदान गरीन्छ । जीवनलाई यस पर्वको समयमा दुःख र वोझको रुपमा होइन, दुःखको रुपमा नहेरी सुखद अवसरको रुपमा परिणत गरी हर्ष उमङ्गले आफ्नो सन्तनिको साथ आनन्द पूर्वक चाड मनाउने परि पाटि हामी नेपालीहरुको गौरवमय गाथाको रुपमा लिइन्छ । यो नै बडा दशैंको महान महत्व छ ।
२) जमरा प्रतिपदा
वडा दशैंको लागी नौ दिन अगाडी प्रतिपदाका दिन पुजा कोठामा शुद्धसँग लिपपोत गरी वालुवाको वेदिमा जौ तिल, मकै छरी , धडामा शुद्ध जलले मरी स्थापना तथा देवी देवताको तस्वीरहरुले सजाई श्री गणेश, सुर्य, महासरस्वति, महालक्ष्मी, महाकालीलाई आरधानाको साथ प्रतिपदा देखि महाअष्टमी सम्म पूजा पाठ गरीन्छ, जौ तिल बालुवाको वेदिमा छरिएको जमरा सुनौला रंगको आर्कषर्क हुन्छ । यस जमरा कोठामा जो कोहीलाई प्रवेश निषेध गरीएको हुन्छ । जमरा चोखो वालुवाको बेदिमा उमारीएको हुन्छ भने शक्ति पीठ र देव मन्दिरहरुमा पनि जमरा उमारीएको हुन्छ ।
जमरा कोठामा नौ दिन सम्म दुर्गासप्तसतीको पाठ , ध्रुप दीप नैवेद्य नव रात्रीको पुजाको लागी केराको पातमा नौ सिक्का चढाई ध्वजा जनै सुपारी समेत श्राध्दा पूर्वक अर्पण गरीएको हुन्छ ।
षष्ठीका दिन दुर्गा भवानी भगवतीको आरधना गरी निमन्त्रणा गरिन्छ । भोलिपल्ट नवमीको दिन  घर घरमा र शक्ति पीठहरुमा फुलपाति भित्राइन्छ । नवमीको दिन जमरा कोठामा राखिएको सुनौले जमरा श्री गणेश, सूर्य, महा सरस्वती, महालक्ष्मी महाकालीलाई अर्पण गरिन्छ । अधिकांश नेवारहरु भने भीमसेन मन्दिरमा प्रसादको रुपमा दिइने राँगोको वलि भिमसेनथानमा जमरा–फुल प्रसाद अर्पण गरिएको हुन्छ भने वलि नचढाउने घरमा भने वलिको स्वरुप मानि फुर्से कुभिण्डोको वलि दिने चलन चलि आएको छ ।
३) फुलपाती हर्ष वढाई ः
भगवतीको आरधना गरी षष्टिका दिन दिएको निमन्त्रणा भोलि पल्ट अर्थात सप्तमीका दिन वेल पत्र पूर्ण पूजाको सामाग्री, फुल अक्षता सहितको फुलपाती घर घरमा भित्राउने चलन छ । सेना प्रहरीले वैण्ड बाजा गाजा सहित सप्तमीको दिनमा फुलपाती भित्राउने चलन छ । अष्टमीको दिन मध्य रातमा भगवती मन्दिरहरुमा पूजा आजा गरी पशु वलि चढाइन्छ । सरकारी कार्यालय जिल्लामा रहेका प्र.जि.अ.लाई काल रात्री पूजााको लागि वलिमा चाहिने वोका सहितको लागि बजेट व्यवस्था भएको हुन्छ । राष्ट्रिय झण्डाको पूजा गरेर गाडी र हात हतियार (विश्व कर्मा पूजा) को पूजा गरी हर्ष वढाइका साथ तोप पड्काई धुमधामसङ्ग फुलपाती भित्राउने कार्य गरिन्छ । यो फुलपाती भित्राउन देवी शक्ति प्राप्त गर्न सेना प्रहरीको कार्यालय हातामा नै दुर्गा भवानीको मन्दिर स्थापना गरी दैनिकी पूजाको साथै वडा दशैको समयमा विशेष पूजा गर्ने गरिएको छ ।
४) शक्ति पीठ पूजा ः
वडा दशैको शुभ अवसरमा देश भर रहेका शक्ति पिठहरुमा विशेष पूजा गरिन्छ । पशुवलि देखि लिएर शान्तिका प्रतिक परेवा उडाई शक्ति पिठमा रहेको देवी देवतालाई खुसी तुल्याइन्छ । नेपालमा रहेका विभिन्न देव देवताहरुका साथै देवी भगवती मन्दिर र भुरे राजाहरुले स्थापना गरेको कोटहरुमा पनि बडादशैको समयमा विशेष पूजा आरधना सहित हजारौ पशु वलि दिई प्रसाद ग्रहण गर्ने चलन छ ।
दक्ष प्रजापतिका पुत्री सति देवी होममा हुमिई प्राण त्याग गरेपछि श्री महादेव विह्ल भै काँधमा बोकी ठाउँ ठाउँमा सति देवीको अंग पतन भई पिठ उत्पत्ती भएको पुराणहरुमा उल्लेख भएको छ । नेपालका विभिन्न ठाउँमा रहेका केही शक्ति पिठहरु श्री गुह्यश्वरी काठमाण्डौ, जाल्पा देवी नुवाकोट, भैरवी मन्दिर गोकर्ण, श्री दन्तकाली धरान, श्री छत्रेश्वरी सल्यान, कमलाक्षी सल्यान, श्री गलेश्वर धाम म्याग्दी, श्री जल्पादेवी दैलेख, श्री वागेश्वर देवी नेपालगञ्ज, काठमाण्र्डौको शोभा भगवति, दक्षिण काली, भद्रकाली, गोरखाको मनकामना, काभ्रेको पलान्चोक भगवति, नुवाकोटको भैरवी मन्दिर, पाल्पाको रणमुक्तेश्वरी भैरव स्थान, गोरखाको मनकामना, पोखराको विन्दवासीनि, झापाको छिन्न मस्ता देवी, बाराको गडीमाई, हेटौडा तथा वीरगंञ्जमा रहेको देवी मन्दिर, बाग्लुङ्गका कालिका भगवती मन्दिर, म्याग्दीको महारानी स्थान, पर्वतको दुर्लुङ्ग भूमेकोट, बाग्लुङ्ग बलेवाको भैरवस्थान तथा जिल्ला जिल्लामा रहेका कोटहरुमा पनि प्रतिपदा देखि दशमीका दिन सम्म श्रद्धा भक्तिका साथ देवी दुर्गा भवानीको आरधना सहित पूजा तथा पशु बलि दिने प्रचलन रहिआएको छ । यी मन्दिर पीठहरुमा दशैको अवसरमा दशौ दिन सम्म लाखौ लाख भक्तजनहरुले दर्शन गर्दछन् ।
५) विछोडको व्यक्तिहरुसँगको मिलन ः
यस वडा दशैको शुभ अवसरमा आय आर्जनको लागि सात समुन्द्र पुगेको होस वा कामको खोजिमा अन्यत्र गएको व्यक्तिहरु धेरै वर्षसम्म परिवारसँग भेटघाट हुन नसकी सम्पर्क विहिन भएका व्यक्तिहरु पनि यो वडा दशैकाअवसरमा घरपरिवार सम्झी सँगै वसी रमाइलोसँग दशै मनाउने इच्छा, आकांक्षाले आफ्नो घर परिवार पिता माता दाजुभाई इष्टमित्रलाई सम्झी घर फर्कि आउने इच्छा जाग्दछ । हाम्रो आस्था विश्वास देवी दुर्गा भवानीको आशिर्वादले विछोड भएका व्यीक्तहरु पनि घर आई रमाइलोसँग दशै मनाउने शक्ति देवी दुर्गा भवानीले प्रदान गरेको विश्वास गरिन्छ ।
६) बडा दशैं को टिका प्रसाद ः
दशै सम्पूर्ण नेपाली हिन्दुहरुको महान राष्ट्रिय चाड हो । यस चाडमा आ–आफ्नै औकात अनुसार खर्च गरि दशैको चाड मनाउँछन् । कमजोर व्यक्तिहरु पनि ऋण काढेर भएपनि दशैको चाड हर्षोउल्लासका साथ दशै चाड मनाउँदै आइरहेका छन् भने चाड मनाउन पहिला देखि नै रकम संकलन गरिराखेका हुन्छन् ।
विजया दशमीको दिन विहानै उठी नुहाई धुवाई गरि दशौ दिन अगाडि अर्थात प्रतिपधाका दिन स्थापना गरिएको देवी, बालुवाका बेडी बनाई उमारेको जमरा र स्थापना गरिएको घडाको जल, दियो बाली तामाको मानो अथवा भाडामा जम्मा भएको कालो मोहनी टिका, जमरा, रातो टिका, चामल, दही अक्षता मुछिएको शुभ साइतमा विजयादशमीको टिका मान्यजनबाट लगाई आशिर्वाद लिने र दिने गरिन्छ । देव देवताको मन्दिरमा पनि आशिर्वाद माग्दै टिका लगाईन्छ । आफू भन्दा कम उमेरका र नाताका व्यक्तिहरु मान्यजनको हातबाट टिका लगाउन जानेको भिड हुन्छ ।
दशैको अवसरमा मिठा मिठा परिकारहरु तयार गरिन्छ । प्रसाद स्वरुप शक्ति पिठहरुमा, कोटहरुमा,  देवी मन्दिरहरुमा बोका राँगाको बलि दिइन्छ । नेवार समुदायहरु भिमसेनको मन्दिरको मौलामा अष्टमीको दिन राँगाको बलि दिई मासुका परिकारहरु भित्राइन्छ । शाकाहारीहरु पनि यस दशैमा मिठा परिकारहरु, दही दुध घिउ र फलफूलहरु भोजको रुपमा खाने चलन छ ।
दशै साना देखि ठूला सम्मका व्यक्तिहरु  राम्रो नयाँ लुगा जुत्ता पहिरी हर्ष र उमंगले हसिलो चहकिलो अनुहारमा रमाएका हुन्छन् । हुनेले वढी तडक भडकले दशै मनाउँछन् भने नहुनेले पनि आफ्नो गच्छे अनुसार हर्षका साथ दशै पर्व मनाउने गर्दछन् तर हाल आएर सवै पर्वहरु वढी  तडक भडकले गर्दा धन खर्च वढी गर्ने चलनले भने आर्थिक संकट पर्न जाने अवश्य छ ।
यस पर्वमा मुख्य चौरमा र अधिकांश घरमा पिङ्ग राखी बच्चा देखि वृद्ध सम्म पिङ्गमा रमाउने गर्दछन् । धार्मिक कथन अनुसार वर्षमा १ दिन केही क्षण भएपनि पृथ्वी छोडीएमा धर्मको फल मिल्ने विश्वास राख्दछन् । साना केटाकेटीहरु र छोरी ज्वाइ, भान्जा भान्जीलाई टिकाको साथ नयाँ पैसाको दक्षिणा दिने चलन पनि छ । नयाँ नोटको लागि राष्ट्र वैंकबाट प्रत्येक वर्ष नयाँ नोट साट्ने व्यवस्था गरेको हुन्छ । तर नयाँ नोट सहज रुपमा भने जति नपाउँदा दक्षिणा दिन नपाएको पनि गुनासाहरु छन्
वडा दशै पर्वको नवौ दिन सम्मको हर्षोल्लास, देव देवीको पूजा, शक्ति पिठको दर्शन गर्न देवी मन्दिरमा ठूलो भिड हुन्छ । दशमीको दिन मुख्य भएकोले विहानै नुहाई धुवाई गरि शुभ साइतमा टिका प्रसादहरु तयार गरिन्छ । घटस्थापनाको दिन राखिएको जमरा चामल, रातो अविर, दहि मोलेर टिका तयार गरिन्छ । नवमीको दिन थालिएको दियोबाट उब्जीएको मोहनी कालो टिका जमरा कोठामा राखीएको घडाको पूर्ण कलशको जल, काचो नरिवलको प्रसाद, देवी दुर्गा भवानीलाई चढाएको रोट, नयाँ नयाँ नोट टिका थालीमा सजाई शुभ साइतमा टिका प्रसाद प्रदान गरिन्छ । दशैको टिका दशमीको दिन देखि शुरु भई टाढा टाढाबाट सो दिन आउन नसक्नेहरुको लागि कोजाग्रत पूर्णिामको दिन सम्म दशैको टिका लगाईन्छ । कोजाग्रतको दिनमा जमरा कोठामा बालुवाको वेडीमा उमारिएको जमरा स्थापना गरिएको देवी देवतालाई विदा गरि विजया दशै, बडादशै, टिका पर्वलाई विदा गर्दै अर्को वर्षको वडा दशैको सुखमय कामना सहित विजया दशमीको विदा गरिन्छ ।
नव दुर्गे भवानी तिमीमा शरण
बालक हामी सुवुद्धि देउ तिमिमा कामना
चैत्र दशै, बडा दशै, हाम्रो चाड पर्वको सम्झना
शरणा पर्दछौं हामी बालकहरु अन्जान
विजया दशमीको सवैमा छ मेरो हार्दिक शुभकामना

कुश्मा पर्वत ।

Share This Article
Facebook Email Copy Link Print
Previous Article शुभलक्ष्मी सहकारीको अक्ष्यक्षमा श्रेष्ठ चयन
Next Article विकास निर्माणमा एक जुट हुन संसद जोशीको आग्रह
Leave a Comment Leave a Comment

Leave a Reply Cancel reply

You must be logged in to post a comment.

You Might Also Like

१४ करोड ४३ लाख को बजेट सार्वजानिक (पूर्ण पाठ सहित)

57 years ago

सकियो १६ दिने अभियान

57 years ago

यूथ एक्सजेन्जको लागि आदर्श बंगलादेश जाने

57 years ago
पर्बत - PBTसमाज

प्रेमिकाको हत्या गर्ने पर्वतको एक युवक पक्राउ

57 years ago

Sport News

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
• साझा सवाल

Socials

Facebook Twitter Youtube

Company

• About Us
• Blog
• Blog
• Buzzstream Home
• Contact
• Contact
• Contact Us
• CV MAKER
• Election-2082
• Elementor Page #277718
• Focus Home
• History
• Join Us
• Login
• Login
• Member Login
• MorningNews Home
• My Feed
• My Interests
• My Saves
• Read History
• Read History
• Recent News
• Register
• Register
• Sample Page
• Team
• Thank You
• Unicode
• तपाइँको ‘वैदेशिक रोजगार’ प्रक्रिया कति सुरक्षित ? कति असुरक्षित ?
• दाउन्ने क्षेत्रमा सडक चिप्लो हुँदा बुटवल–नारायणगढ सडक खण्ड अवरुद्ध
• भयमुक्त वातावरण निर्माण सरकारको उच्च प्राथमिकतामा छः गृहमन्त्री अर्याल
• श्रम स्वीकृति क्यालकुलेटर (Calculator)
• साझा सवाल

Made by ThemeRuby using the Foxiz theme. Powered by WordPress

Welcome Back!

Sign in to your account

Username or Email Address
Password

Lost your password?