२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रचण्डको खोइरो नखनौ बरु आफ्नै खोरिया खनौं !!

२०७३, १ कार्तिक सोमबार ०२:२७


राम शरण पाण्डे | 

प्रचण्डको मात्र किन खेदो खनेको होला ? जुन कुराको सामान्य ज्ञान सम्म पनि छैन, त्यसको किन आलोचना गर्नु ? किन बिरोध गर्नु ? 

प्रचण्डले टिका लगाएनन् त के भो ? मान्छेको व्यक्तिगत चाहना फरक-फरक हुन्छ | ३५ वर्ष भएछ प्रकाश दाहालले पनि प्रचण्डको हातबाट टिका नलगाएको | बिचरा प्रकाश दाहाल बुबाको हातको टिका नलगाएरै होला, आज यो स्थानसम्म पुग्न सफल भएको | बर्षेनि टिका लगाउने, आशिर्बाद लिने, ढुंगा पुजा गर्ने, ढुंगालाई चाहि बिस्वाश गर्ने अनि प्रचण्डलाई चाही बिश्वास नगर्ने हामी कहाँ छौं ? प्रचण्ड कहाँ छन् ? प्रचण्ड पुत्र कहाँ छन् ? अरुको बिरोध मात्र गर्न जानेको हामी आफै चाही कति पछाडी छौं, भनेर कहिल्यै हेर्दैनौ | 

कर्म गरे मात्र फल पाइन्छ | दिनहु ढुंगा पुजा गर्ने र टिका लगाउने कहाँ छन् ? आफ्नो र परिवारको कुनै पनि प्रबाह नगरी दिन-रात खट्ने कर्म गर्ने प्रचण्ड कहाँ छन् ? अनाबस्यक बिना कारण किन जे कुरामा पनि प्रचण्डको बिरोध ? आफु केहि नगर्ने अनि गर्न पनि नसक्नेहरुले मात्र हो प्रचण्डको बिरोध गर्ने त | आफ्नो असफलताको ढाकछोप गर्न सफल व्यक्तिको अनावस्यक कुरा काट्यो, बस्यो ! अलिकति पनि लाज लाग्दैन है ? अझ आफु सिन्को नभाच्ने अनि दोष अरुलाई लगाउने गर्छन | अनि सफल मान्छेलाई देख्दा जल्छन् .| 

टिका लगाएर मन्दिर गएर ढुंगा पुजा गरेर राम्रो हुने हो भने सफल हुने हो भने त ज्ञानेन्द्र शाहले पुजा नगरेको, नढोगेको, टिका नलगाएको कुनै पनि मठ मन्दिर बाँकि छैन होला | आज ज्ञानेन्द्र कहाँ छन् ? अनि प्रचण्ड कहाँ छन् ? पारस साह कहाँ छन् ? प्रकाश दाहाल कहाँ छन् ? दुनियाँ नयाँ ढंगले धेरै अगाडी बढिरहेको छ | तर हामी भने तिनै पुराना रुढिबादी, परम्परामा अल्झेर पछाडी परेका हौँ | यदि नयाँ कुरा सकरात्मक छन भने हामी सबैले सजिलै ग्रहण गर्न सक्नुपर्छ | अनि पुराना चालचलन सामाजिक संरतीको लागि बाधक भए त्याग्न सक्नुपर्छ | 

आज प्रचण्ड थिए र त हामी अलि-अलि बोल्न सक्ने भएको छौं | लेख्न सक्ने भएका छौं | नेपाली समाजलाई प्रचण्डले गरेको योगदानलाई के प्रचण्डको मृत्यु पछि मात्रै सम्मान गर्ने हो ? चाहिने कुराको आलोचना पनि गर्नुपर्छ तर अनावश्यक टिका-टिप्पणीले आफ्नै भबिस्य पछाडी धकेलिन्छ | हो, नेपाली राजनीतिमा धेरै फोहोरी पात्रहरु छन् | तर राम्रा पनि त छन् नि | राम्रोलाई राम्रो भन्न हामीले किन हिच्किचाएको ? धेरैजसो नेपाली राजनीतिज्ञ फोहोरी छन् तर राजनीति आफैमा फोहोर होइन | जब राम्रा नियतका व्यक्ति राष्ट्र प्रेम र विकासको भाबले राजनीतिमा लाग्छन तब राजनीति स्वच्छ हुन्छ | त्यसैले राजनीतिमा रहेका खराब मनिसहरुलाई हटाउन असल मानिसहरुले राजनीतिमा प्रवेश गर्नुपर्छ | तर के प्रचण्ड खराब थिए त ? प्रचण्ड बिना आज देश गणतन्त्र सम्म आइपुग्थियो त ? आज के एउटी महिला राष्ट्रपति भएको देख्न पाउने थियौं त हामीले ? देश, समाजमा यति धेरै परिबर्तनहरु के प्रचण्डको नेतृत्व बिना सम्भब थियो त ? कमसेकम प्रचण्डले गरेका काम, देश र जनता प्रति खटेको खटाइलाई मुल्यांकन गर्न नसके पनि उनलाई खैरो खन्न छाडौं | 

नेपालको तितो सत्य इतिहासमा हिजो देखि आजसम्म पनि राजनीति गर्नेहरुले देश र जनतालाई सहनै नसक्ने पिंडा दिएका छन् र राजनीतिलाई लुटिखाने धन्दा बनाएका छन् | हाम्रो देशको मै हु भन्ने राजनीति गर्नेहरुले पनि माखो मारेका छैनन् | कि छन् ? अनि के अब प्रचण्ड बाचुन्जेल लुट्न नपाइने भो भनेर प्रचण्डको बिरोध गरेको ? प्रचण्डको मृत्युमा मात्र आफ्नो भबिस्य देख्नेहरुको छटपटाहट प्रचण्डले टिका नलगाउदा फेरी एक पटक देखियो | भनिन्छ नि, अन्याय सहनु हुँदैन, अन्यायको बिरुद्दमा लड्नुपर्छ | हाम्रो समाजमा अन्याय सहनेलाई कायर पनि भन्ने गर्छन तर जिबनमा कहिलेकाँही अन्यायसंग लडेर होइन, सहेर पनि बिजय हाशिल गर्न सकिन्छ | प्रचण्डले अन्यायको बिरुद्द लडेर एउटा लडाई त जितिसकेका छन् | अबको पालो भनेको सहने हो | कुरा काट्नेले काट्दै गर्छन बिरोध गर्नेले गरिरहन्छन् | प्रचण्डको योगदानको कदर भएको छैन ठुलो अन्याय भएको छ प्रचण्डलाई | देश र जनताको अन्यायको बिरुद्द लडेर जित्नु भयो अब तपाई आफैलाई भएको अन्याय बिरुद्द भने सहेर जित्नु होला, जितिपनि रहनु भएको छ | जहिले पनि बिजयी देख्न पाइयोस सुभकामना छ | प्रचण्डको माहानताको ब्याख्या धेरै लामो हुन्छ | कसैले झुटो आरोप लगाउदैमा बिरोध गर्दैमा प्रचण्डको भुत्ला पनि झर्दैन | एउटा तितो यथार्थ जहाँ सत्यता लुकेको छ, हामी समयलाई पर्खन्छौं तर समयले हामीलाई कहिल्यै पर्खिदैन | नेपालको राजनीतिमा पनि धेरै समयको पर्खाइपछि प्रचण्डको जन्म भएको हो | समय परिस्थितिले जन्माएको प्रचण्डलाई सदुपयोग गरौँ, दुरुपयोग नगरौं | अब फेरी अर्को प्रचण्ड जन्मन धेरै गार्हो छ, हामी बाचुन्जेल नजन्मन पनि सक्छ, समयले त हामीलाई पक्कै पर्खिदैन | आफ्नै जीवनमा जन्म भएको प्रचण्डलाई काम गर्न दिउ | हौसला दिउ | साथ दिउ | झिनो मसिनो कुराहरुमा अल्झिएर अरुको उक्साहटमा प्रचण्डको बिरोध नगरौं | 

हो, हामीले हाम्रो सस्कृतिलाई बचाउनु पर्छ, जोगाउनु पर्छ, प्रबर्दन गर्नुपर्छ तर जोगाउनु पर्छ, बचाउनु पर्छ भन्दैमा तडक-भडक, बेथिति-विसंगतिलाई अगाल्नु हुदैन | केहि परिमार्जन गर्नुपर्छ, समय सापेक्ष बनाउनु पर्छ | प्रचण्डले टिका नलगाएर के गल्ति गरे ? समाजमा चली आएको चलनचल्ति र संस्कृति अनुसार खाने, पिउने, रमाउने नगर्नुस भनेर त प्रचण्डले कसैलाई पनि रोकेका छैनन् त, कि छन् ? सबै नेपालीको दशैं रमाइलो र सहज होस् भनेर धेरै राम्रो-राम्रो कामहरु गरेका छन् | तेस्को चाई खै त प्रशंशा ? फेरी यो धर्म भन्ने, चाड पर्ब भन्ने, टिका भन्ने, मान्ने-नमान्ने व्यक्तिको स्वतन्त्रता भित्र पर्ने चिज हुन् । यो कसैले लादेर लादिने चिज पनि हैन । यसमा कसैले बिरोध गर्न जरुरी पनि छैन र यसलाई बहशको विषय बनाउन जरुरीपनि छैन नि । दशैंमा सरकारी बिदा छदै छ त | सबै कुराहरुको सन्तुलन मिलाएर छुट्टी माने भो नि ! किन प्रचण्डको खोइरो खन्न पर्यो ? म सरकार प्रमुख छु, म प्रधानमन्त्री भएको बेला दशैं बिदा दिन्न त भनेका छैनन् नि प्रचण्डले | कि कसैलाई भनेका छन् ?? अनाबस्यक चर्चा गर्न बन्द गरौँ | सकारात्मक कुरा गरौँ | प्रचण्डलाई गालि गर्ने समयको सदुपयॊग गरौँ, आफ्नै कुनै काम गरौँ, बरु खोरिया खनेर साग रोपौं, तर, प्रचण्डको खोइरो नखनौं |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ