- दिनेश न्यौपाने |

सानो छँदा तिहार कहिले आउला  नयाँ कपडा अनि दिदिले पकाको सेलरोटी खान लाइ भाइ बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा  "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... - दिनेश न्यौपाने |

सानो छँदा तिहार कहिले आउला  नयाँ कपडा अनि दिदिले पकाको सेलरोटी खान लाइ भाइ बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा  "/>

२०८३, १५ जेष्ठ शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘तिहार आयो’ भनी बहिनीले फोन गर्दा मन भक्कानीएर आउँछ

२०७३, ३ कार्तिक बुधबार ०२:५३

- दिनेश न्यौपाने |

सानो छँदा तिहार कहिले आउला, नयाँ कपडा अनि दिदिले पकाएको सेलरोटी खानलाई भाइ-बहिनी संग झगडा गरिन्थ्योे । मेरो आफ्नो अछामिमा  सेल रोटीलाई बाबर लावन भन्ने गरिन्छ । दसैँको नयाँ लुगा अनि बुवा-आमाले हातमा बहिनीलाई दक्षिणा दिएस भनेर ५/५ रुपैया दिएपछिको खुसीको सिमाबेग्लै हुन्थ्यो अनि गाउका संगि साथीलाई देखाउदाको मजा नै बेग्लै थियोे । समय र परिस्थितिले त्यो खुसि अनुभब गर्न नि पाइन मैले मेरो परिवारमा प्राय आमा बा कहिलै मसंग बस्नु भएको छैन् । 

उहाँहरु भारतमै बस्नुहुन्छ । कहिले-काहि चाँड-पर्ब आउँदा घरको एउटा कुनामा गएर धुरुधुरु मन लाग्छ । मन भक्कानियर आउछ । कति बेला त सोच्छु सबैले सोचे जस्तै भैदिएको भए आखिरको किन रुन्थें, को दुखि हुन्थे, कति बेलै त यस्तो पनि सोच्छु के म मेरो आमा बुवाको छोरा नै होइन होला कि भनेर, यस्ता कुरा पनि मेरा दिमागमा आईरहन्छन् चाहे दशै आवस चाहे तिहार, चाहे कुनै दु:ख होस या सुखमा पनि आमा बुवाको एक कल फोन मेरो लागि आउदैन । दुइ बहिनी अनि म एक्लो दुई बहिनीको भाइ मैले सम्झेसम्म अहिले के तिहार के दशै मलाई यि कुरा नै कुनै खास लाग्दैनन् । 

दसैँमा साथिहरुका स-परिवार मावली जान्छन् । मावली बाजेको हातबाट टीका लगाएपछि भने फुक्का हुन्छन् । तिहारमा भने अधिकांश समय नाचगानलाई दिन्छन्ं । राति अबेरसम्म गाउँगाउँमा नाच डुलाएर सबै फुर्केका हुन्छन् । भाइटीकाको दिन पनि म त टीका लगाउन घरको आगमन म कहिल्यै भैन । तिहारमा परेको  दुःख रुदै आसु खसाल्दै आफ्नै काम काज सम्झीन्छु अनि बिस्तारै बिर्सन्छु । अरु सबै कुराले त त्यति मन नछुए पनि तिहार आयो भनी बहिनीले फोन गर्दा मन भक्कानीएर आउँछ । आँशुले बितेको तिहार सकिसकेपछि बाँकी रहेको समय आफ्नै काम काज सम्झीन्छु अनि बिस्तारै बिर्सन खोज्दै । 

सानोमा खेल्नु खानु र लाउनुको मात्र सुर हुन्थ्यो । कतिपय कुरा अनौठो र आश्चर्य लाग्थे । साथीहरु आमाको पछि लाग्दै रमाइ रहदा आफुलाई जहिले रुन मात्र मन लाग्छ । त्यो बेला म अहिलेको केटाकेटीजस्तो सबै बुझ्ने भैसकेको थिएन । समय बितेसँगै तथ्य कुरा कहिले कुन बेला थाहा पाएँ पत्तो भएन । यि चाँडपर्बहरु कहिलै नआउन जस्तै लाग्छ । तर, समयले डाँडो काटीहाल्छ । अहिले सबै थाप्लोमा आएको छ । चाडपर्व र भोजभतेर कसरी टार्नु भएको छ, ज्यान छिप्पिएको छ र न लुगाको सोख रह्यो न फिट नै हुन्छ । अब त धेरै खानु पनि भा छैन । तर, दसैँ आयो भन्दा ज्यानभित्रैबाट गद्गद् हुने ठाँउमा मनमा एक किसिमको उधेक लागेर आउछ । 

विगतझैँ यसपालि पनि आसु संगै दसैँ बित्यो यसरिनै तिहार  बित्नेभो । यो बेला दिदि बहिनी, गाउँले साथीभाइहरु सबैलाई सबै खुब सम्झेको छु । बहिनी एसपाली पनि म आउन सक्दै फोन नगरे है ? यी पिडाहरु त आफ्नै हुन ज होस म त रमाउछु तर हाम्रा समाजमा दशै तिहार आयो भन्दै गाउमा सबै साथिभाइहरु रमाउछन् कोही धेरै खर्च गर्दै राम्रा लुगा कपडा लगाउनु पर्छ राम्रा खानु पर्छ बर्षमा एक पटक मात्रै यो चाड आउछ रमाउनु पर्छ भन्छन् ।हुन त ठिकै पनि सकै सम्म त राम्रो खाऔ, राम्रा लगाऔ सबै आफन्तहरु संग भेटघाट गरौ, चाड पर्ब आउदा मात्रै कतिपय टाढा रहेका साथि संग भेट यहि समयमा मात्रै हुन्छ । 

तर चाड पर्ब त अर्को बर्ष पनि आउछन् नि के जिवन एक चोटि सकीयो भने फेरि फेरि आउदैन नि चाड पर्ब आयो भन्दैमा एकै खायर एकै लाएर रमाउनु मात्रै जिन्दगी हो त ? हामीले मनाउने कतिपय चाड पर्ब आफ्नो जिन्दगी कहिले ठाडो नउठ्ने गरि मनाई रहेका छौ । तिज आउछ हाम्रा दिदि बहिनी महंगा गहना किन्छन्, महंगा लुगा कपडा किन्छन् आय सा्रेत केहि हुदैन अर्काको देखा सिखी रिन जोखो गरि भए पनि एक बर्षको तिज मनाउछन् बर्षमा आउने एक दिनको तिज त रमायौ आखिर परिणाम अर्को बर्ष आउने तिजमा साहुले घर जग्गा सबै कब्जा गरिरकेका हुन्छन् अनि त्यो बर्ष के तिज आउदैन ? अब त्यो बर्षको तिजमा कहाँ जाने रिण खोज्न ? अब त्यसैको केहि समय पछि दशै आउछ, । 

अब दशै त झन हर्ष उल्हासका साथ मनाउनु पर्छ भन्ने सोच पलाउछ । बर्षमा एक चोटि मात्रै आउने दशैमा छोरा छोरि टाढा गएका हुन्छन् उनिहरु घर फर्किन्छन् । उनिहरुलाई पनि राम्रो लुगा चाहियो , आय स्रोत नभए पनि खर्च धेरै आइ सक्छ । हामी खान पानमा पनि ध्यान दिदैनौ अनि धेरै चिल्लो , मसालेदार खान्छौ अनि बिरामी हुनछौ । घर परिवारमा सबै बिरामी परे भने पछिको अवस्था बिचल्ली अवस्था सुरु हुन लाग्छ । जेनतेन त्यो समस्या पार लाग्यो ,अब फेरि नेपालीको अर्को ठुलो चाँड तिहार सुरु हुन्छ कति पय हाम्रा दाजु भाईहरु लाई त तिहार पनि दिपावली रे ? अब दिपावलिलाई हाम्रा दाजु भाईले त घरमा भएको पैसा, गहना, घर जग्गा भन्दा पनि दिपावली नै ठुलो हुन्छ् । जाँड रक्सी, जुवा तासको बिग बिगीमा दिपावलि सुरु हुन्छ् । 

तिहार सुरु भए देखि हामीले कहिले खाने कुरामा लगाएत ज्यान घनको कुनै प्रबाह नगरी जुवाको खालमा बस्छौ । कतिपय दाजु भाईलाई जुवा र तासले बन बास बनाइ सकेको हुन्छ, घरमा परिवारको चिल्ली बिचिल्ली भैसक्छ । अनि एका तिर धनको त पुर्ण रुपमा नास भैसक्छ । त्यस पछिको सबै पिडा सहन सक्न असहजै हुन्छ । हाम्रा दाजु भाई त्येहि तनाबमा अत्याधिक जाड पिउछन् घरमा छोरा,छोरिको अवस्था तहसनहस सुरु हुन्छ । अब बिकल्प बिदेशीनुको कुनै बिकल्प रहेन । बिदेशमा गए पनि सुख काँहा छ ? हामीले सधै रेडियो, टेलिभिजन, पत्रपत्रीका, कतिपय दाजु भाईको बिदेशमा मृत्यु भयको सुनेकै हुन्छौ  । 

यसको प्रमुख कारण मात्रै यहि हो आखिर यि सबै कुरामा हामीले सचेत भै सभ्य र आफ्नो गच्छ्य अनुसार चाड पर्ब मनाउने हो भने हामीले किन बिदेश जानु पर्छ ? के हाम्रो देशमा पनि धेरै आय आर्जनका स्रोतहरु प्रसस्त मात्रामा छन् । थोरै भए पनि आफ्नो गाउघरमा आफ्नो परिवार संग बसेर खुसियालि जिवन जिउन पनि सकिन्छ । चाड पर्बहरु एक बर्षमा एक पटक मात्रै आए पनि अर्को बर्ष पनि आउछ तर एक चोटि उजाडिएको जिवन सहज बनाउन धेरै समय लाग्छ । त्यसैले हामीले यि चाड पर्बहरुलाई ख्याल गर्न जरुरी छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्यमा वृद्धि कांग्रेसले संसद्‌मा पार्टीको भूमिका थप प्रभावकारी बनाउने स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे यो सरकारसँग जनता निराश हुन थालिसके : कांग्रेस एक खर्ब ८१ अर्बको पेट्रोलियम पदार्थ आयात मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु कांग्रेस संसदीय दलको बैठक सुरु विदेश पठाइ दिन्छु भन्दै लाखौ ठगी गरेको आरोपमा ६ जना पक्राउ एमालेका अध्यक्ष ओलीद्वारा इदको शुभकामना सुनचाँदीको मूल्य घट्यो मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै