2026-08-15 05:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलाई यसकारण राष्ट्रपति भण्डारी मन पर्दैन

रामनारायण पण्डित | नेपाली राजनीतिका सबैभन्दा लोकप्रिय र प्रतिभावान व्यक्ति मदन भण्डारीलाई २०५१ जेष्ठ ३ गते दासढुंगामा रहश्यमय ढंगले हत्त्या गराइयो । जसले गर्दा  बिध्या भण्डारीका सम्पूर्ण खुशीहरु खोसिए, उनको सिन्दुर पुछियो । श्रीमान गुमाउनुको पीडा सायद सब्दमा बयान गर्न सम्भव छैन होला । त्यो भन्दा पनि ठूलो घाटा त नेपाल र नेपाली जनतालाई भयो । मुलुक समृद्ध पार्ने मदन भण्डारीको योजनाको पनि त्यहि दिन हत्त्या भयो । यदी मदन भण्डारी जीवित  हुनु भएको भए आज मुलुकले यो दुर्दशा भोग्नु पर्ने थिएन र सत्र हजार नेपालीको अकालमा ज्यान पनि जाने थिएन । आजको विषम परिस्थितिमा मदन भण्डारीको अभाव झन् खड्कीएको छ । मदन भण्डारीले भारतीय बिस्तारबाद र हेपाह प्रबृत्ति बुझेर स्पस्ट नीति र कार्यदिशा तय गर्नु भएको थियो । सायद भारतलाइ यो कुरा पट्टकै मन परेको थिएन । तर अहिलेका नेता भारत परस्त भएर नै मुलुक झन् झन् संकटमा फस्दैछ । त्यसैले आज पनि हामी दु:ख र श्रद्धाका साथ् बेला बखतमा मदन भण्डारीलाई सम्झिने गर्दछौं । 

बिभिन्न तथ्य र घटना क्रमले पनि मदन भण्डारीको दुर्घटना होइन हत्त्या नै भएको हो भन्ने कुराको पुस्टि गरेको छ । घटना पश्चात एमालेद्वारा गठित २ वटा भिन्ना-भिन्नै आयोगले पनि हत्त्या नै हो भन्ने ठहर गर्यो । एमालेले सत्य-तथ्य बाहिर ल्याउन र हत्यारा पत्ता लगाउनका लागि तत्कालिन गिरिजा सरकारलाइ दवाव दिन देशभर भिषण आन्दोलन चलायो । आफू सरकारमा गए हत्यारा पत्ता लगाई छाड्ने उद्घोष पनि गर्यो । हत्याराको घर कता फर्केको छ हामीलाई थाहा छ, हामी सत्तामा पुगेपछि तिनलाई छोड्दैनौ भनेर केहि एमाले नेताहरुले भाषण पनि छाटें रे । बिडम्बना मदनको नाम बेचेर एमाले धेरै चोटी सत्तामा पुग्यो, तर छानबिनका लागि कुनै ठोस पहल भने गर्न सकेन वा गर्न चाहेन । यदी एमाले देश बनाउने संकल्प गर्छ र देशको सबै भन्दा ठुलो र जिम्मेबार पार्टी बन्न चाहन्छ भने मदन भण्डारीको हत्त्याको बिषयमा आफुलाई स्पस्ट पार्ने पर्ने हो । यदी मदनको हत्त्याको छानबिन नगर्ने हो भने सबै भन्दा ठुलो घाटा एमालेलाई नै हुनेछ र छानबिन गर्ने हो भने सबै भन्दा ठुलो फाइदा एमालेलाई नै हुनेछ । किनकि छानबिनले एमालेको इज्जत अझै बढ्ने छ र जनताको नज़रमा जिम्मेबार पार्टी देखाउने छ, जसले गर्दा मतदाता पनि बढ्ने छन् । 

मदन भण्डारीले पार्टीमा पुर्याएको योगदानको कदर गर्दै एमालेले मदन श्रीमती बिध्यालाई सांसद उमेरद्वार बनायो । जनताले मदन भण्डारीलाई गरेको मायाँले होला बिध्याले धेरै चोटी चुनाब पनि जितिन र आज मदनकी धर्मपत्नी स्वयम् गणतन्त्र नेतालको राष्ट्रपतिको रुपमा आशिन छिन् । तर छानबिनका लागि कुनै आवाज उठाउदिनन् । सिन्दुर ठूलो कि पद ठूलो बुझ्नै सकिएन । जसको कारण राष्ट्रपतिको पद र त्यति महामहीमको सम्मान पाइएको छ, सायद भण्डारीले त्यहि पुरुषलाई बिर्सेर बसेकी छन्, हैन भने खै मदनभण्डारीको मृत आत्मलाई न्याय गरेको ? जब-जब जेष्ठ ३ गते आउँछ, एमाले जबजका प्रब्रदक मदन भण्डारीलाई सम्झिने गर्छ र घटनाको छानबिन गर्ने उद्घोष पनि गर्छ । अनि दुई-चार दिन पछि सम्पूर्ण कुरा बिर्सन्छ वा बिर्सेको भान पार्छ । एमालेले छानबिन गर्न नचाहनुको पछाडी के कारण हुन सक्ला ? आफ्नै पार्टीका महासचिबको हत्याको छानबिन गर्न नसक्ने पार्टीले नेपाली जनतालाई कसरी न्याय दिलाउला ? यस्तो प्रबृत्तिले एमालेको उचाइ बढ्न दिदैंन । नेपाली जनताले एमालेसँग सोध्दै छन्, मदन भण्डारीको हत्त्याको छानबिन किन नगरेको भनेर ? यसले एमालेका आलोचकहरुलाई कुरा काट्ने मौका दिन्छ र एमालेको नीति र नियत माथी शंका गर्ने ठाउँ बनाउछ । यदी एमाले आफुलाई देशको जिम्मेबार र नम्बर १ पार्टी बनाउन चाहन्छ भने जनतालाई यो कुराको जवाफ दिनै पर्छ । आफ्ना पुज्य नेताको हत्याको छान-बिन नगर्ने हो भने मदनको आत्माले शान्ति पाउला ? एमालेको बोली र आचरण माथि जनताको विश्वास रहला ? बिध्या भण्डारीज्यु केहि त बोलिदिनुस् । मलाई हजुरको ‘खामुसी’ (शान्तपन) पट्टकै मन पर्दैन । संबिधान बनाउन र शान्ति प्रक्रियामा तपाईको पनि ठुलो योगदान छ, यस कुराको भने कदर गर्छु म ।

कांग्रेस, फोरम र माओबादी प्रति जनताको विश्वास पट्टकै छैन, अनि एमालेले पनि आफूलाई देश र जनताप्रति जिम्मेवार बनाउन सकेन भने अब कसको भरोशा गर्ने ? यो देश कसले चलाउने ? यो देश कसले बनाउने ? त्यसैले कि एमालेले भन्न सक्नु पर्यो, हत्त्या होइन दुर्घटना रहेछ भनेर, होइन भने छानबिनका लागि पहल गर्नुपर्यो । मदन भण्डारीले नेपाली राजनीतिको कहिलै नभत्किने बलियो जग त बनाइदिनु भयो तर बलियो घर बनाउन पाएनन् । २०४६ सालको जनाअन्दोलनका परिकल्पनाकार पनि मदन भण्डारी नै थिए । जसले भण्डारीको हत्त्या गरायो, त्यो नै जिम्मेबार छ, नेपालमा अस्थिरता हुनुमा । किनकि जबजको सिदान्त नै प्रयाप्त थियो नेपालको आधुनिक बिकासका लागि । नेपाल नबन्नुको दुइमात्र कारण छन् । हाम्रा नेताहरुमा इमान्दारिता र क्षमता नहुनु तर मदन भण्डारीमा इमान्दारिता पनि थियो र क्षमता पनि थियो, अनि देश बनाउने दृद संकल्प पनि थियो । माक्सबाद, लेनिनबाद र माओवाद भन्दा जबज नेपाली माटो सुहाउदो छ । त्यसैले यस्तो अमुल्य योगदान पुर्याएका मदन भण्डारीको हत्त्या जति ढिला भए पनि छानबिन हुनैपर्छ । देशको सबैभन्दा जिम्मेवा पार्टी ठान्ने एमालेले आफुलाई अब्बल साबित गर्ने हो भने आफ्नो प्रिय नेताको हत्यारा पत्ता लगाउन पहल कदमी लिनै पर्छ । र राष्ट्रको सर्बोच्च पदमा आसिन बिध्या भण्डारीले पनि मुख खोल्नै पर्छ । 

उल्टो मन्दिरमा जुत्ता लगाएर गएको अनि आफ्नो सुरक्षा गार्डलाई जुत्ता बोकाएको जस्तो बिबादमा तानिनु भयो । जुन पार्टीको भएपनि राष्ट्रपति भनेको सम्पूर्ण देशबासीको हो । त्यसैले मलाई राष्ट्रपति बिबादमा तानिएको र कसैले कुरा काटेको पट्टकै मन पर्दैन । बिरोधिहरु एक-एक कमजोरी खोजेर बदनाम गर्नका लागि तयार भएर बसेका छन्, राष्ट्रपतिज्यु, सजग रहनु होला – हरेक मान्छेका गल्ति, कमजोरी र विवशताहरु हुन्छन, तर राष्ट्रपति हुँदा पनि हत्याको बिषयमा छानबिन गराउन नसके फेरी कहिले गराउनु हुन्छ ? राष्ट्रपति हुँदापनि मदन भण्डारीको हत्त्याको बिषयमा आवाज उठाउन सक्नु भएन र पहल कदमी लिन सक्नु भएन भने तपाईंको इज्जत र प्रतिष्ठामा आँच आउँदैन र ? अनि जनताले किन छानबिन हुन सकेन भनेर सोधे भने के जावाफ दिनु हुन्छ त् ?  त्यसकारण मलाई तपाइँ पटक्कै मन पर्दैन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त