2026-10-17 10:26 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सुजातालाई खुला पत्र

सुजाताजी, सर्वप्रथम नमस्कार, 

सार्है दुःख लाग्यो, हजुर अस्वस्थको समाचार सुने र अझै धेरै दुःख हजुर उपचार क्रममा सिंगापूर जानू भएको छ अरे । थाहा छ सुजाताजी ? दुई दिनदेखि ब्यथाले च्यापेको बहिनीलाई गाउँमा गाडी पुग्न नसकेर निजी चार्टेड जहाज गरेर गोरखाबाट काठमाडौँ ल्याउनु पर्छ, खाना नपाएर भोको बनेकी सुत्केरी महिलाले आफ्नो बच्चालाई दूध पिलाउन नसकेर बच्चा सहित नदीमा आत्महत्या गर्नुपर्छ, पाल मुनि बसेका ति लाखौँ परिवारहरु आज डेढ बर्ष पुग्न लाग्दा पनि तपाईजस्ता सांसद माथि आश गरेर बसिरहेका छन् । दुबईको बुर्जखलिफाको माथिल्लो तल्लाबाट एउटा नेपाली दाजुले आमालाई सिटामोल र जीवनजल मात्रै पाए पनि निको हुने थियो भनेर हार-गुहार गर्दैछन्, पैसाको मूल्य गरीबलाई थाहा हुन्छ तर सुजाताजी पैसाको आवश्यकता तपाई जस्तालाई पनि हुँदो रहेछ है । तपाईसँग मेरो एउटा प्रश्न छ, सुजाताजी ! प्रत्येक स्तन क्यान्सर भएको दीदी-बहिनीलाई सिंगापूर पठाउने ब्यवस्था मिलाउन सकिन्छ ? नेपालमा स्तन क्यान्सरको उपचार हुँदैन की तपाईलाई नेपालका चिकित्सक माथि भरोशा छैन ? म तपाईको सु-स्वास्थ्यको कामना गर्छु तर दुःख मलाई के छ भने जून रोगको उपचार देश भित्र हुन सक्छ तर फेरी बिदेशमा किन ? स्वास्थ्य क्षेत्रकै सुधारका लागि नौ फेर १४-१५ दिनसम्म डाक्टर के.सी अनसन बस्दा पनि सरकारले वास्ता नगर्ने किन ? तपाइँ जस्ताले सहयोग नगर्ने किन ? संसदले तत्काल ५० लाख दिने निर्णयले ३ करोड नेपाली जनताको स्वस्थलाई बेवास्था गरेको आभाष भएको छ । 

सुजाताजी, ५० लाख हैन, १ करोड लैजानुस्, जनतालाई केहि दुःख हुँदैन तर त्यति पैसा माग्ने हेसियत तपाईमा हुनु पनि पर्ने हो, तपाईलाई ५० लाख दिंदा म जस्तो युवाको टाउको दुख्नु स्वाभाविक नै हो किनकि म जान्न चाहन्छु तपाईले देशलाई दिएको योगदान, देशले के पायो तपाई बाट ? र किन तपाईलाई ५० लाख दिंदा मेरो टाउको नदुख्ने ? 

नेपाली जनता उदार हृदयका छन्, त्यों उदाहरण धुर्मुस सुन्तलीको एकीकृत नमूना बस्ती बनाउन अथवा चितवनको कांदामा चेपाङ बस्तीमा अनुभूति भई सकेको छ । देशको उच्च पदमा बसेर जनताको सेवा गर्न आउनुभएको तपाई आफ्नो उपचार गर्नलाई जनताको पसीनाबाट आएको करलाई प्रयोग गर्दै हुनुहुन्छ । म यस्लाइ के भनम्- तपाईको संकृण् सोच अथवा सिंहदरवारको परम्परा । तपाईलाई मात्र के दोष दिनु, सिंहदरबारमा बस्ने प्रत्येक सांसदलाई मेरा यी आँखाले ग्रस्त रोगीहरु देख्न थालेको छ, कुनै हृदय रोगी, कुनै प्रेसर रोगी, कुनै शुगर रोगी र कुनै भ्रष्टाचार रोगी । 

सुजाता एउटा कुरा भनम्, जब देशको जनताले तपाईको देश बिकास र योगदानलाई स्मरण गरेर दुई हात माथि गरेर ताली बजाउछ, तब तपाईले यो पैसा प्रयोग गर्दा पीड़ा हुँदैन हामीलाई । आज फेरी दुःख साथ भन्नु परेको छ, तपाई ५० लाख राज्यकोषबाट आफ्नो उपचारको लागी लैजानु भयो र उता डा. केसी फेरी ३ करोड जनताको सु-स्वास्थको लागि १० औं पटक अनसन बस्नु भएको छ । फरक यति छकि तपाईलाई केहि भयो भने कसैलाई केहि फरक नपर्ला तर उहाँलाई केहि भयो भने स्वास्थ्यको नाममा जनता लुट्ने लुटेरा र भ्रष्टाचारीहरुको घरमा मासु-भात पाक्छन् । 

सुजाताजी, तपाईसँग मेरो केहि बैर भाव छैन तर म एउटा बिबेकशील नेपाली भएको नाताले तपाईको राम्रो काममा सबै भन्दा अगाडि आएर ताली बजाउने छू र नराम्रो काममा कड़ा आलोचना गर्ने छु । तपाईको सु-स्वास्थको कामना गर्दै बिदा हुँदैछु । 

जय नेपाल

जय-जय नेपाल

प्रकाश क्षेत्री (नवलपरासी) 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु