स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रक"/>
2026-08-15 05:05 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्र प्रेस र यसको औचित्य

स्वतन्त्र समय र अर्थ कसैको हस्तक्षेप वा अधिनमा नरही स्वतन्त्र रुपमा काम गर्ने शक्ति र अधिकार हो । यहि आधारमा प्रेस स्वतन्त्रता भनेको कुनै अवरोध विना आमसञ्चार माध्यममा पत्रकारले स्तन्त्रता रुपले काम गर्न सक्ने वातावरणलाई प्रेस स्वतन्त्रता भन्न सकिन्छ । 

प्रेस स्वतन्त्रता राज्य सर्वज्ञानिक आधिकारीको हस्तक्षेप विना छाप्न र प्रकाशन गर्न पाउने अधिकार नै प्रेस स्वतन्त्रता हो । आम सञ्चार जसले सम्पूर्ण जनसामुदायलाई सूचनाको हक प्रदान गर्दछ । अधिकार र काम कर्तव्यको नीति सिकाउछ ,समाज र राष्ट्रकै विकास परिवर्तनमा सहयोग पु¥याउदछ । जसले मानव अधिकारको कुरालाई उठाइ त्यसको उत्थानको कार्यमा समेत संलग्न रहेको हुन्छ । आम सञ्चार तथा पत्रकारिता सूचना सम्प्रेसन गर्ने माध्यम भएकोले राष्ट्रकै चौथौँ अंगको रुपमा स्थापित कुरालाइृ वर्तमान समयमा मर्नु न वाँच्नको अवस्थमा पु¥याइरहेको छ । 

नेपालको वर्तमान स्थितिले प्रेसमाथि आँच पु¥याउने काम गरिरहेको छ । समाचार संकलक पत्रकार तथा सञ्चारकर्मीहरु सुरक्षको हवि बन्न पुगेको छ । स्वतन्त्रपूर्वक सूचना तथा समाचार सम्पेसन गर्न नसकेको अवस्था सिर्जना भएको छ । पत्रकार तथा सञ्चारकर्मीहरु दिनप्रतिदिन अपहरण र हत्याको सिकार बनन पुगेको छन् । नेपालमा रहेका सबै वर्ग र प्र्रकारका प्रेस मिडियाहरु त्रसित बन्दै गएको छ । यसले त मानव अधिकार र स्वतन्त्रतालाइृ गुमाएको अनुभूति प्राप्त गर्दछ । नेपालमा विभिन्न कालखण्डमा प्रेसलाई बचाई राख्न विभिनन नीती नियम बनाइयो वस्तावमा त्यो नीति लागु हुन सकेन ।

वि।सं। २०५२ साल फागुन १ गतेबाट नेकपा माऔवादीले शास्त्रा आन्दोलन ग¥यो जसका कारण विद्रोही र सरकारबाट प्रेस स्वतन्त्रता हानन हुने कार्य भयो । यसै गरी २०६१माघ १ गते राजा ज्ञानेन्द्रले प्रत्यक्ष शसान आफ्नो हातमा लिए पछि स्वतन्त्र प्रेसको दाचि उठाईयो । विभिन्न एफ्।एम बाट समाचार प्रसारणमा रोक लगाइयो । सञ्चारकर्मीहरु धेरैले ज्यान गुमाए । द्धोन्द्धकालिन समाजदेखि वर्तमान समयसम्म श्रमजीवी पत्रकार तथा प्रेसहरुले सुरक्षाको अनुभूति गर्न पाएको छैन । जहसम्म  प्रेस स्वतन्त्र हुन्छ त्यहामात्र परिवर्तन र प्रगतिको स्थितिमा आउन सकिन्छ । प्रजातन्त्र अर्थात् लोकतन्त्र आएपछि प्रेसले स्वतन्त्रताको प्रत्यभूति गरेको थियो । प्रजातन्त्रलाई गतिशिल र जीवनता बनाउन पनि प्रेस स्वतन्त्रको आवश्यक हुन्छ । जहाँँ प्रजातन्त्र हुन्छ त्यहाँ अभिव्यक्ति हुने गर्दछ ।

प्रेस स्वतन्त्रविना खुल्ला समाजको निर्माण हुन सक्दैन । प्रेस स्वतन्त्र नै अन्य सबै स्वतन्त्रको मुट्टु हो । प्रेस स्वतन्त्र समाज निर्माण गर्ने आधारशिला खम्बा भएकोले सबैले प्रेस स्वतन्त्रताको सम्मान गर्नुपर्छ । सरकारी प्रशासनले पनि यसलाई ध्यानमा राखि प्रेसमाथि अपराधिक क्रियाकलापमा संलाग्न ब्यक्तिहरुलार्इृ कुनै पनि संरक्षण र छुटकारा नदिई कडा कारवाही गर्नुपर्छ । प्रेस स्वतन्त्र भनेको व्यक्तिको अधिकार हो,जनताको अधिकार हो । यसलाई सबै पक्ष राजनीतिक दल तथा सरकारी बाट संरक्षण र सम्बद्धनमा साथ दिनुपर्छ । 

भीम लामा

युवा अधिकारकर्मी तथा पत्रकार 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
हाम्रो युवा नेता हुन् गगन भाइ, सभापति भन्न मन लागेको छैन: कृष्ण सिटौला देउवाकै नेतृत्वमा कांग्रेस एकता सम्भव छ: प्रकाशशरण महत गगन थापाबाट कांग्रेस पार लाग्दैन, पार्टी धरासायी भयो : मोहन बस्नेत देउवाको नेतृत्वमा कांग्रेस एकढिक्का हुन्छ: रमेश लेखक कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति लिनुपर्ने सेयर बजारमा ७ अंकको गिरावट उजुरीकै भरमा कसैलाई दोषी करार गर्न मिल्दैन: गृहमन्त्री गुरुङ हाम्रो सभापति देउवा हुन्, उहाँकै नेतृत्वमा कांग्रेस हिँड्छ : शशांक कोइराला देउवाले गरे कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलाको उद‍्घाटन रोल्पाका पहिरो प्रभावितलाई सहयोग गर्न स्वदेश-विदेशका नेपालीलाई वर्षमानको अपिल भैरहवा र पोखरा विमानस्थल छिट्टै पूर्ण रूपमा सुचारु हुन्छन्: सभामुख अर्याल प्रधानमन्त्री शाह र नेकपा नेता पुनबीच भेटवार्ता १५औँ महाधिवेशन मंसिरअघि नै गर्नुछ: विश्वप्रकाश शर्मा सुनचाँदीको मूल्य घट्यो क्यानडा पठाइदिने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै किशोर श्रेष्ठको बन्दी प्रत्यक्षीकरण रिट न्यायाधीश ढकालको इजलासमा यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर सुदूरपश्चिमका मुख्यमन्त्री शाहले दिए राजीनामा रोल्पा पहिरोमा ७ जनाको निधनप्रति रास्वपाद्वारा दुःख व्यक्त